Open top menu
Saturday, July 2, 2016


१७ असार /  पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । उसले पोल्याण्डलाई  पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । यो सँगै पोर्चुगल युरोकपको सेमिफाइनलमा चौथो पटक पुगेको छ ।  

निर्धारित समय र अतिरिक्त समय सम्म दुवै टिमले १–१ को बराबरी खेलेपछि भएको  पेनाल्टी सुटआउटमा पोल्याण्ड चुक्यो । पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टीलाई पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले रोकेका थिए । पोर्चुगलका रिकार्डो करिज्माले विजयी पेनाल्टी प्रहार गरे ।

तर खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्डका लेवान्डोस्कीले दोश्रो मिनेटमै गोल गरेर पोल्यान्डलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा यो उनको पहिलो गोल थियो। पोर्चुगलविरुद्ध पोल्यान्डले युरो इतिहासकै दोस्रो छिटो गोल गरेको छ। युरो इतिहासकै सबैभन्दा छिटो गोल भने ६७ सेकेन्डमा ग्रिसविरुद्ध रसियाका डिमिट्री किर्चेन्कोले सन् २००४ मा गरेका थिए।    

खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै बराबरी गरेपछि पोल्याण्डले पहिलो हाफ सम्म बराबरी खेल्यो। त्यसपछि दोस्रो हाफमा पनि आफ्नो उत्कृष्ट खेललाई निरन्तरता दिएको उसले थप गोल भने गर्न सकेन् । पोर्चुगलका क्रिष्टिआनो रोनाल्डो सो खेलमा निक्कै फिका देखिएका थिए । 


अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टिम शुक्रबार आमने सामने हुनेछन् । 
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments