Open top menu
Thursday, July 21, 2016

 ६ श्रावण ,२०७३ /  नयाँ सिजन सुरु हुनुपूर्व इङ्लिस प्रिमियर लिगका स्टारहरूलाई आफ्नो व्यवहारमा सुधार गर्दै रेफ्रीप्रति सम्मान गर्न चेतावनी दिइएको छ। खेलाडीले अपशब्द प्रयोग तथा आक्रामक व्यवहारबाट रेफ्रीलाई दुर्व्यवहार गर्ने घटनाहरू बढ्दै जान थालेपछि इङ्ल्यान्ड फुटबल संघ एफए, प्रिमियर लिग र फुटबल लिगले बुधबार यस्तो चेतावनी जारी गरेका हुन्। 

खेलाडी र प्रशिक्षकले रेफ्रीलाई घेरेर प्रभावित गर्न खोज्ने, शारीरिक रूपमा छुने र विभिन्न रूपमा निराश पार्ने घटनाका कारण इङ्लिस फुटबलको सर्वोच्च निकायले आफू हैरान भएको जनाएको छ। खेलाडी र प्रशिक्षक सानो उमेरका बालबच्चाहरूको आदर्श हुने भएकाले उनीहरूले जस्तो व्यवहार देखायो, बालबालिकाले त्यही सिक्ने भएकाले पनि खेलाडीहरू सच्चिनुपर्ने बताइएको छ।


अप्रिलमा वेस्ट ह्यामविरुद्धको खेलमा विवादास्पद रूपमा रातो कार्ड पाएपछि लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डेले रेफ्री जोनाथन मोसलाई गरेको व्यवहार गत सिजनमा ठूलै चर्चाको विषय बनेको थियो। मोसले डाइभिङ गरेवापत भार्डेलाई रातो कार्ड देखाएका थिए। यसैगरी टोटेनह्याम र चेल्सीबीच बराबरीमा सम्पन्न महŒवपूर्ण खेलमा पनि खेलाडी र प्रशिक्षकको व्यवहार रेफ्रीप्रति राम्रो थिएन। जसका कारण दुवै क्लबलाई ठूलो जरिवाना गरिएको थियो। 

एफएले ल्याएको नयाँ नीतिअनुसार यो सिजनदेखि रेफ्रीलाई अपशब्द प्रयोग गर्ने खेलाडीले सोझै रातो कार्ड सामना गर्नुपर्नेछ। यसैगरी आक्रामक रूपमा शरीर छुने गरी केही अपिल गरेमा पनि सोझै रातो कार्ड देखाइने छ। थुप्रै खेलाडीले रेफ्रीलाई घेरेर अपिल गरेमा पनि रेफ्रीले कम्तीमा एक खेलाडीलाई पहेँलो कार्ड देखाउनुपर्नेछ। प्रिमियर लिगका कार्यकारी अध्यक्ष रिचार्ड सुडामोरले आउँदो सिजनदेखि अनुशासनको मामलामा शून्य सहनशीलताको नीति लिइएको बताए।  

खेलाडीजस्तै रेफ्रीलाई पनि कुनै विवादका घटना हुँदा खेलाडी वा प्रशिक्षकलाई छोएर व्यवहार नगर्न निर्देशित गरिएको छ।  
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments