Open top menu
Thursday, July 21, 2016

५ श्रावण, २०७३ /  नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएसँगै मेरिलेबोन क्रिकेट क्लब एमसिसी माथि ४१ रनको जित हासिल गरेको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २ सय १७ रन बनाएको थियो। नेपालका स्पिनरहरूले उत्कृष्ट बलिङ गरेपछि २ सय १८ रनको लक्ष्य पछ्याएको एमसिसीले ४२।२ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रनमात्र जोड्न सकेको थियो ।

नेपालले इङ्ल्यान्ड भ्रमणलाई साउन २९ र ३१ मा नेदरल्यान्डविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका रूपमा लिएको छ । नेपाल–बेलायतबीचको दौत्यसम्बन्ध स्थापनाको दुई सय वर्षगाँठमा यो क्रिकेट भएको हो ।

एमसिसीका जिए एडैरले शतक प्रहार गरे पनि टोलीलाई जितको हकदार बनाउन सकेनन् । ओपनर एडैरले १ सय २३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै १ सय रन बनाए । उनलाई वसन्त रेग्मीले राजु रिजालको हातबाट क्याचआउट गराए। अन्य ब्याट्सम्यानले नेपाली स्पिनरसामु खुलेर खेल्न सकेनन् । आइएम विल्किन्सलेले २० र एस क्लार्कले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विल्किन्सनलाई सोमपाल कामीले बोल्ड गरे भने ओपनर क्लार्कशक्ति गौचनबाट बोल्ड हुन पुगे। बलिङ्गतर्फ वसन्त रेग्मी र सागर पुनले ३–३ , सोमपाल कामीले २ तथा सन्दिप लामिछाने र शक्ति गौचनले १–१ विकेट लिए । 

त्यसअघि टस जितेको नेपालले तेस्रो ओभरमै ओपनर अनिल मण्डललाई २ रनमा गुमाएको थियो । ४ बल खेलेका अनिल केपी डुचको बलमा कट एन्ड बोल्ड भएका थिए । त्यसपछि ब्याटिङ आएका शरद भेषावकरले पनि लामो इनिङ खेल्न सकेनन् । १३औं ओभरको पाँचौं बलमा शरद एस क्लार्कको बलमा बोल्ड भए । ४० बल खेलेका शरदले ५ चौका प्रहार गरे । पछिल्लो समय टोलीमा शरद लयमा देखिए । फिनिसरका रूमा खेल्ने शरदले नामिबियाविरुद्धको खेलपछि टोलीको इनिङ सम्हाल्ने जिम्मेवारी पाएका छन् । त्यसमा उनी सफलहुँदै आएका छन् ।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको इनिङ सम्हाले । यिनीहरूले तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । २३औं ओभरको पहिलो बलमै ज्ञानेन्द्र केथ फिलिप डचको बलमा कट एन्ड बोल्ड भएका थिए । ६३ बल खेलेका उनले ५ चौकाको मद्धतमा ३९ रनको योगदान गरे ।लगत्तै पारस पनि पवेलियन फर्किए । २८ बलमा २ चौका र १ छक्का प्रहार गरेका पारस ३० रन बनाउँदा एमएस रनगोल्डको बलमा एस क्लार्कबाट समातिए। राजु रिजाल २४ रनमा आउट भए । ३५ बल खेलेका उनले २ चौका  प्रहार गरे। विनोद भण्डारी ९ रनमा आउट हुँदा सोमपाल ९२०० रनआउट भएका थिए । वसन्तले अविजित २४ रन बनाए । इङ्ल्यान्ड भ्रमणमा नेपालले यसअघि चार अभ्यास खेल खेलेको थियो । सबै खेलमा नेपाली टोली विजयी भएको थियो ।
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments