Open top menu
Thursday, July 21, 2016

 ६ श्रावण ,२०७३ काठमाडौं /  रियो ओलम्पिक खेल्ने तयारीमा रहेका शिरीष गुरुङले २१ औं राष्ट्रिय खुला तथा अन्तरविद्यालय उमेर समूहको पौडी प्रतियोगितामा बुधबार दुई राष्ट्रिय कीर्तिमान बनाएका छन्। शिरीषले कीर्तिमान बनाएको दिन उनकै साथी सोफिया शाहले ५ स्वर्ण पदक जितिन्। 


शिरीषले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा ब्याकस्ट्रोकको १०० मिटर र ५० मिटरमाकीर्तिमान बनाएका थिए। उनले अघिल्लो दिन १०० मिटर फ्रिस्टायल, २०० मिटर व्यक्तिगत मिड्ले, १०० मिटर बटरफ्लाई र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेका थिए। तर कीर्तिमान भने बनाउन सकेका थिएनन्।  


शिरीषले आफ्नै नामको कीर्तिमानमा सुधार गरेका हुन्। राष्ट्रिय कीर्तिमानमा वर्चस्व राख्दै आएकाशिरीषले १०० मिटर ब्याकस्ट्रोक १ मिनेट १२ सेकेन्डमा पूरा गरेका थिए। यसअघि उनले सन् २०१५ मा काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय पौडी च्याम्पियनसिपमा १ मिनेट १२.०९ सेकेन्डको कीर्तिमान राखेका थिए।

शिरीषले ५० मिटर बेस्टस्ट्रोकमा ३२.६२ सेकेन्डको कीर्तिमान सुधार्दै ३१.९८ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेका थिए। ओलम्पिकछात्रवृत्तिमा थाइल्यान्डमा प्रशिक्षण गरेर फर्किएका शिरीषसँग लन्डनमा रहेकी गौरिका सिंह वाइल्ड कार्डमार्फत रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छन्।


गौरिकाले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्य पदक जितेकी थिइन्। व्यक्तिगततर्फ नेपाली पौडीमा पदक जित्ने १३ वर्षीया गौरिका पहिलो खेलाडी हुन्। शिरीषले बुधबार २०० मिटर फ्रिस्टायल र ५० मिटर फ्रिस्टायलमा पनि स्वर्ण पदक जितेका थिए। उनले २ मिनेट १७ सेकेन्डमा २०० मिटर पूरा गर्दै स्वर्ण जित्दा २६.५६ सेकेन्डबाट ५० मिटरको दुरी पार गरेका थिए ।

सोफियाले २०० मिटर महिला व्यक्तिगत मिड्लेमा स्वर्ण जित्दा ३ मिनेट ००.४१ सेकेन्ड लगाइन्। लिंकन स्कुलकी सोफियाले १०० मिटर ब्याकस्ट्रोक, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर फ्रिस्टायल र १०० मिटर बटरफ्लाईमा स्वर्ण जितिन्। उनले १०० मिटर ब्याकस्ट्रोकको स्वर्ण जित्दा १ मिनेट २१.०४ सेकेन्ड लगाइन्। ५० मिटर ब्याकस्ट्रोक ३६.४४ सेकेन्ड र १०० मिटर बटरफ्लाई १ मिनेट २३.८७ सेकेन्डमा पूरा गरेकी थिइन्।  


यसैगरी यु–१० गर्ल्सको ५० मिटर ब्याकस्ट्रोक ४३.८१ सेकेन्डमा पूरा गर्दै डुअना लामाले स्वर्ण जितिन्। सोही इभेन्टको ब्वाइजमा नासिर हुसैनले ४०.८७ सेकेन्डबाट स्वर्ण जिते। यु–१२ गर्ल्स ५० मिटर ब्याकस्ट्रोकमा समिरा निर्सागाले ४६.५३ सेकेन्डबाट स्वर्ण जितिन्। २०० मिटर बेस्टस्ट्रोकमा किरण कार्कीले स्वर्ण जितेका थिए। उनले २ मिनेट ४८.३४ सेकेन्डमा दुरी पार गर्दैस्वर्ण जितेका थिए। किरणले १०० मिटर बेस्टस्ट्रोकमा पनि आफ्नो प्रभुत्व राख्दै स्वर्ण जितेका थिए। उनले उक्त इभेन्ट १ मिनेट १५.३४ सेकेन्डमा पूरा गरेका थिए।
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments