Open top menu
Wednesday, March 22, 2017

उत्तम रिजाल,  आयरल्याण्ड विरुद्धको चौथो वण्डेमा अफगानिस्तानले २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । इण्डीयाको नोयडामा जारी खेलमा टस जितेर ब्याटिङ्ग गरेको अफगानिस्तानले आफ्ना आक्रामक र भरोसादार खेलाडीलाई सस्तैमा गुमाएपछि कम लक्ष्य दिएको हो ।

उसले खेल सकिन एक बल अगाबै सबै विकेट गुमायो । अफगानिस्तानले आफ्ना ६ ब्याट्समेनलाई दोहोरो अंकको रन जोड्न नपाउँदै गुमायो । ओपनर मोहम्मद सहजाद एक रनमा आउट हुँदा उस्मान घानी तीन रनमा पेवेलियन फर्किए । त्यसपछि अर्का आक्राम ब्याट्समेन राहत शाहले खाता खोल्नै भ्याएनन् । ११ रन जोड्दा ३ विकेट गुमाएको उसले ८३ रन जोड्दा थप ४ विकेट गुमाएको थियो । त्यसपछि १४२ रन जोड्दा आठौं विकेट गुमाएको थियो । 

उसका लागी सफिकउल्लाहले सर्बाधिक ४२ तथा मोहम्मद नाबी र दौलत जद्रानले समान ४१ रनको योगदान दिए । जद्रान अविजित रहेका थिए । कप्तान अस्घर तनिकजाइले ३५ रनको योगदान दिएका थिए । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा केविन ओब्रेनले ४, जाकोब मुल्डरले ३ र एण्डी म्याकब्रेनले २ विकेट लिए । पाँच म्याचको श्रृंखलामा अफगानिस्तान २–१ ले अघि रहेको छ । 
 

९ चैत्र, २०७३
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments