Open top menu
Wednesday, March 22, 2017

अफगानिस्तान विरुद्धको चौथो वण्डेमा आयरल्याण्ड ३ विकेटले विजयी भएको छ । अफगानिस्तानले प्रस्तुत गरेको  २ सय २१ रनको लक्ष्य उसले खेल सकिन १९ बल अगावै पुरा गर्यो ।
ओपनर ब्याट्समेन पउल स्टर्लिङ्गलाई  २८, एड जोयसलाई २४ तथा कप्तान विलियम पोटरफिल्डलाई  ६ रनमा गुमाउँदा ३ विकेटको क्ष्यतिमा आयरल्याण्डले मात्र  ५९  रन जोडेको थियो । त्यसपछि दबाबमा रहेको उसले एक सय  ३० रन जोड्दा  ६ विकेट  गुमाएर पराजयतर्फ  धकेलिएको उसका लागी विकेट किपर  गेरी विल्सल  र  केबिन ओब्रेनले  ६६ रनको साझेदारी गरेपछि टोली जितको नजिक पुगेको थियो । ६७ बलको सामना गरेका विल्सन  ३ चौकाको सहायतामा  ४१  रनमा आउट भए ।

त्यसपछि  क्रिजमा आएका जर्ज डकरेल  र ओब्रेनले टिमलाई जीत दिलाए । अविजित यात्रा तय गरेका डकरेलले १० बलको सामनामा ५ तथा ६० बलको सामना गरेका ओब्रेनले विष्फोटक ब्याटिङ्ग गर्दै ८ चौका र २ छक्काको सहायतामा ७२ रन जोडे । उनले ४७ औं ओभरको पाँचौ बलमा चौका प्रहार गरेसँगै आयरल्याण्डले २ सय २४ रन बनाएको थियो । ओब्रेन नै म्यान अफ दि म्याच घोषित भए । बलिङ्गतर्फ मोहम्मद नाबीले ४ तथा रसिद खानले २ विकेट लिए ।
यसअघि इण्डीयाको नोयडामा टस जितेर ब्याटिङ्ग गरेको अफगानिस्तानले आफ्ना आक्रामक र भरोसादार खेलाडीलाई सस्तैमा गुमाएपछि अफगानिस्तान एक सय २० रनमा समेटिएको थियो ।

उसले खेल सकिन एक बल अगाबै सबै विकेट गुमायो । अफगानिस्तानले आफ्ना ६ ब्याट्समेनलाई दोहोरो अंकको रन जोड्न नपाउँदै गुमायो । ओपनर मोहम्मद सहजाद एक रनमा आउट हुँदा उस्मान घानी तीन रनमा पेवेलियन फर्किए । त्यसपछि अर्का आक्राम ब्याट्समेन राहत शाहले खाता खोल्नै भ्याएनन् । ११ रन जोड्दा ३ विकेट गुमाएको उसले ८३ रन जोड्दा थप ४ विकेट गुमाएको थियो । त्यसपछि १४२ रन जोड्दा आठौं विकेट गुमाएको थियो । 
उसका लागी सफिकउल्लाहले सर्बाधिक ४२ तथा मोहम्मद नाबी र दौलत जद्रानले समान ४१ रनको योगदान दिए । जद्रान अविजित रहेका थिए । कप्तान अस्घर तनिकजाइले ३५ रनको योगदान दिएका थिए । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा केविन ओब्रेनले ४, जाकोब मुल्डरले ३ र एण्डी म्याकब्रेनले २ विकेट लिए ।
जितसँगै पाँच म्याचको श्रृंखला २–२ को बराबरीमा पुगेको छ । पाँचौ तथा अन्तिम म्याच पर्सी शुक्रबार नोयडामा हुनेछ ।

९ चैत्र, २०७३

Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments