Open top menu
Thursday, March 16, 2017

इण्डिया विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्गमा पाहुना टोलि अष्ट्रेलियालाई कप्तान स्टेभन स्मिथ र आक्रामक ब्याट्स मेन ग्लेन म्याक्सवेलले बचाएका छन् । एक सय ४० रन जोड्दै ४ विकेट गुमाइ सकेको पाहुना टोलिलाई यि दुईको जोडीले पहिलो दिनको खेल सकिंदा सम्म ९० ओभरमा ४ विकेटको क्ष्यतिमा २ सय ९९ रनको स्थितिमा पुर्याएका छन् । 
स्मिथले २ सय ४४ बलको सामना गर्दै १३ चौकाको सहायतामा एक सय १७ तथा म्याक्सवेलले एक सय ४७ बलको सामनामा ५ चौका र २ छक्काको सहायतामा ८२ रन जोडेका छन् । यसअघि राँचिमा टस जितेर ब्याटिङ्ग थालेको पाहुना टोलिले ओपनर डेविड वारनरलाई १९ ,म्याट रेनसलाई ४४, सन मार्सलाई २ तथा पेटर हेण्ड्सकोम्बलाई १९ रनमै गुमाएको थियो । 
 वारनर आउट हुँदा पाहुना टोलिले ९.४ ओभरमा मात्र ५० रन जोडेको थियो । बलिङ्गतर्फ उमेश यादवले २ तथा रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले एक र एक विकेट लिए । भोलि दोस्रो दिनको खेल शुरुहुँदा पाहुना टोलि २ सय ९९ रनबाट खेल्न शुरु गर्नेछ । 
 भोलिको पहिलो बलको सामना म्याक्सवेलले गर्ने छन् । चार टेष्ट म्याचको श्रृंखला एक र एकको बराबरीमा छ ।
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments