बंलगादेश र श्रीलंका बिचको दुई टेष्ट म्याचको श्रृंखला बराबरीमा सकिएको छ । श्रीलंका विरुद्धको दोस्रो टेष्टमा बंगलादेश ४ विकेटले विजयी  भएसँगै  श्रृंखला एक / एक को बराबरीमा सकिएको हो ।
              Sri Lankan Test captain Rangana Herath (L) and Bangladesh Test captain Mushfiqur Rahim

श्रीलंकाले  प्रस्तुत  गरेको  एक  सय  ९१ रनको  लक्ष्य  पाहुना  टोली  बंगलादेशले  ५७.५  ओभरमै  पुरा गर्यो । बंगलादेशको  जीतमा  अक्रामक  ब्याट्समेत  तथा ओपनर  तमिम इक्वालले  ८२,  सविर  रहमानले   ४१, कप्तान  तथा  विकेट  किपर  मुसफिकर रहिमले अविजित  २२ तथा  अलराउण्डर सकिब अल हसनले  १५ रनको  योगदान  दिए ।

बंगलादेशले  पहिलो  इनिङ्गमा  सकिब  अल  हसनको  एक  सय १६,  मोसादेक हुसेनको  ७५,  सौम्य सरकारको  ६१  तथा मुसफिकर रहिमको  ५२ रनको मद्दतमा १३४.३  ओभरमा  ४ सय ६७ रन बनाएको थियो ।

घरेलु  टोली  श्रीलंकाले  भने  पहिलो इनिङ्गमा  दिनेश चण्डीमालको एक सय  ३८  तथा  सुरंगा लकमलको  ३५  रनको  मद्दतमा  ११३.३ ओभरमा  ३ सय  ३८ तथा दोस्रो इनिङ्गमा ओपनर दिमुथ करुनारत्नेको एक सय २६ तथा दिलरुवान परेराको ५० रनको मद्दतमा ११३.२ ओभरमा ३ सय १९ रन जोडेको थियो । प्लेयर अफ दि सिरीज सकिब अल हसन भए । पहिलो टेष्ट श्रीलंकाले २ सय ५९ रनले जितेको थियो ।

६ चैत्र,२०७३