Open top menu
Monday, May 23, 2016


९ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल
प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला (निरज)को अग्रता कायमै रहेको छ । आइतबार दोस्रो राउण्डमा पहिलो बोर्डमा ब्लाकबाट खेलेका उनले पुरुषोत्तम चौलागाईसँग बराबरी खेलेपनि एक अंकको अग्रता कायमै रहेको छ । उनको ५.५ अंक रहेको छ । पहिलो राउण्डमा ओलम्पियाड सजिन महर्जनलाई माथ दिएका निरौलाले चौलागाईसँग भने आशातित प्रदर्शन गर्न सकेनन् । चौलागाईले निरौलालाई कडा चुनौति दिएका थिए । निरौलासँग बराबरी खेलेका  चौलागाई र हिमाल लामाको ,तथा सजिन महर्जनको समान ४.५ अंक रहेको छ ।

 दोस्रो राउण्डमा तेस्रो बोर्डमा खेलेका महर्जनले रिजेन्द्र राजभण्डारीलाई पराजित गरेका हुन् । तीनै जनाले निरौलालाई पच्छ्याइ रहेका छन् । दोस्रो बोर्डमा खेलेका लामाले पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाइ पराजित गरेका थिए । पराजय भोगे पनि तण्डुकारको ४ अंक रहेको छ । उनीसँगै फिडे माष्टर मनिष हमाल र राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितिज भण्डारीको पनि ४ अंक रहेको छ । त्यस्तै फिडे माष्टर बिलमलाल श्रेष्ठ र सुमित पन्त समान ३.५ अंकका साथ उनीहरुलाई पच्छ्याइ रहेका छन् । यता अर्का फिडे माष्टर सुजेन्द्र प्रसाद श्रेष्ठ भने झापा दमककै प्रकाश नेपालसँग चित खाएका छन् । यो सँगै एकल अग्रता कायम गरेका भुपेन्द्र माथी च्याम्पियन बन्नका लागि बाँकी तीन खेलमा कम्तिमा एक जित र एक बराबरी गर्नु पर्ने छ । 

प्रतियोगितामा आश गरिएका खेलाडी गणेशमान दुवाल,प्रचण्डमान मालाकार र जनार्दन श्रेष्ठ भने सोचे अनुसारको खेल देखाउन सकेका छैनन् । उता चौथो महिला राष्ट्रिय बुद्धिचालमा भने पुर्व नेपाल चयाम्पियन विना जैसवाल अन रेटेड सुजना लोहनीसँग स्तब्ध भएसँगै यस बर्ष पनि च्याम्पियन बन्ने उनको सपना अधुरै हुने भएको छ । उनको ३ अंक छ भने लोहनीको ४ तथा शिर्ष स्थानमा रहेकी सिन्दिरा जोशीको ५ तथा मोनालिसा खम्बु र शान्ता थापाको समान ४.५ अंक रहेको छ । 

 त्यस्तै संगिता जैसवालको ३.५ तथा विनिता जैसवाल,सुरुचि थिङ र अभा पुडासैनिको समान ३ अंक रहेको छ । पुरुष तथा महिला तर्फ अन्तिम पाँचमा रहने खेलाडी अजरबैजानमा हुने ओलम्पियाडका लागि छनोट हुनेछन् । प्रतियोगिता शिवानी एयरको मुख्य प्रायोजन तथा नेपाल निर्माण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह–प्रायोजनमा भइरहेको छ । होटल समिटको हलमा भइरहेको प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन् । 

Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments