Open top menu
Monday, May 23, 2016



१० जेठ,इलाम/  बुद्धिचालमा काठमाण्डौंको एकल दब्दबा सकिएको छ । इलाममा जारी १९ औं राष्ट्रिय प्रतियोगिताको सोमबार आठौ राउण्डको खेल सकिएसँगै झापा दमकका भुपेन्द्र निरौला (निरज) एक खेल अगावै नेपाल च्याम्पियन भएपछि काठमाण्डौंको एकल दब्दबा समाप्त भएको हो । अहिले सम्म राजधानी बाहिरका कोहिपनि नेपाल च्याम्पियन बनेका थिएनन् । उनको ७ अंक रहेको छ । उनलाई पच्छ्याइ रहेका ओलम्पियाड ललितपुरे सजिन महर्जन पुर्व नेपाल च्याम्पियन क्यान्डिडेट माष्टर केशब श्रेष्ठसँग चित खाएपछि भुपेन्द्र एक खेल अगावै नेपाल च्याम्पियन बन्न सफल भएका हुन् । यससँगै आगामी ओलम्पियाडका लागि छनोट हुनेपनि उनी पहिलो खेलाडी भएका छन् । पहिलो बोर्डमा खेलेका भुपेन्द्रले भने आठौं राउण्डमा क्षितिज भण्डारीसँग अंक बाडेका थिए । यद्यपी उनले खेलमा एक अंकको स्पष्ट अग्रता लिएका थिए । भण्डारीको ५.५ अंक रहेको छ ।

 दोस्रो बोर्डमा पराजय भोगेका महर्जनको पनि पराजयको बाबजुद ५.५ अंक नै रहेको छ । महर्जनले श्रेष्ठलाई पराजित गरेको भए खेलको निणर्य नौं औं तथा अन्तिम राउण्डबाट मात्र आउने थियो । झापा दमककै प्रकाश नेपाल फिडे माष्टर मनिष हमाललाई बराबरीमा रोक्न सफल भए । उनले तेस्रो बोर्डमा खेलेका थिए । बराबरीपछि प्रकाश र मनिषको समान ५ अंक भएको छ । त्यस्तै चौथो बोर्डमा खेलेका फिडे माष्टर विलमलाल श्रेष्ठ र पुरुषोत्तम चौलागाईले पनि बराबरी खेलेका छन् । क्यान्डिडेट माष्टर रिजेन्द्र राजभण्डारी भने हिमाल लामासँग पराजित भए । जित हासिल गरेका लामाको ५.५ अंक भएको छ । यो सँगै अजरबैजानमा हुने आगामी ओलम्पियाडमा सहभागि हुने बाँकी चार खेलाडीको टुङगो अन्तिम राउण्डबाट मात्र लाग्ने भएको छ । अन्तिम राउण्डका टप ५ बोर्डमा रहने खेलाडी गर या मरको अवस्था रहने छन् । उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा पुर्व च्याम्पियन विना जैसवाल पराजित हुदै ओलम्पियाडका लागि छनोट हुने सम्भाबनाबाट टाढा भएकी छन् । उनको चार अंक मात्र रहेको छ । शिर्ष स्थानमा  रहेकी सिन्दीरा जोशीको ६.५,दोस्रो स्थानमा रहेकी मोनालिसा खम्बुको ६,तेस्रो स्थानमा रहेकी शान्ता थापाको ६,चौथा स्थानमा रहेकी सुजना लोहनीको ५.५ पाँचौ स्थानमा रहेकी संगिता जैसवालको र छैटौ स्थानमा रहेकी विसेखा जैसवालको समान ४.५ अंक रहेको छ । त्यस्तै सुरुचि थिङको ४ अंक रहेको छ । अन्तिम राउण्ड मंलबार विहान ७ बजेबाट शुरुहुनेछ ।

Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments