Open top menu
Monday, May 23, 2016


१० जेठ,इलाम/  ईलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला (निरज) उपाधि नजिक पुगेका छन् । आज चौथो दिनको पहिलो राउण्डको खेलमा हिमाल लामालाई पराजित गरेपछि उनि उपाधी नजिक पुगेका हुन् । लामाले ३१ औं चालमा गरेको ड्र अफरलाई ठाडै अस्विकार गरेका उनले ८५ औं चालमा लामालाई हार स्विकार्न बाध्य बनाएका थिए । जितसँगै भुपेन्द्रको ६.५ अंक भएको छ । पराजित हिमलको भने ४.५ अंक रहेको छ ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेका ओलम्पियाड सजिन महर्जनले पुरुषोत्तम चौलागाईलाई पराजित गरेका छन् । महर्जनको ५.५ अंक पुगेको छ । त्यस्तै पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाई क्षितिज भण्डारीले पाखा लगाए । जितसँगै उनको ५ अंक भएको छ । तेस्रो बोर्डमा खेलेका फिडे माष्टर मनिष हमाल र क्यान्डिडेट माष्टर केशब श्रेष्ठले बराबरी खेल्दा झापा दमककै प्रकाश नेपालले रबिन्द्र शाक्यलाई चित ख्वाए ।

प्रतियोगितामा यि तीनै जनाको समान ४.५ अंक रहेको छ । अन्य खेलमा फिडे माष्टर बिलमलाल श्रेष्ठ,विजय डंगोल,क्यान्डिडेट माष्टर प्रचण्डमान मालाकार र बाबुराजा महर्जनले आ–आफ्नो खेलमा जित निकाल्दै थप एक÷एक अंक बटुलेका छन् । उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा सातौ राउण्डको बराबरीसँगै सिन्दीरा जोशी आफ्नो अग्रतालाई कायमै राख्न सफल भएकी छन् । उनको ५.५ अंक रहेको छ । उनले पहिलो बोर्डमा सुजना लोहनीसँग बराबरी खेलेकी हुन् ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेकी शान्ता थापाले मोनालिसा खम्बुसँग बराबरी गर्न सफल भइन् । खम्बु,लोहनी र थापाको समान ४.५ अंक रहेको छ । उनीहरुलाई अनिसा न्यौपाने,अस्मिता अधिकारी,विनिता कपाली र विना जैसवालले पच्छ्याइ रहेका छन् । 

Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments