Open top menu
Saturday, May 21, 2016



८ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला निरजले एकल अग्रता कायम गरेका छन् । शनिबार दोस्रो दिनको खेल सकिदा सम्म उनले लगातार जित निकाल्दै चार अंक सहित एकल अग्रता कायम गरेका हुन् । 

पहिलो बोर्डमा ब्लाक बाट खेल खेलेका उनले नेपाल च्याम्पियन केशब श्रेष्ठलाई ६३ मुभमा हार स्विकार्न बाध्य बनाएका थिए । पराजित श्रेष्ठलाई पुरै समय सम्म कडा चुनौति दिएका उनको यो अग्रतासँगै च्याम्पियनको सम्भाबना झन बढेको छ । यसअघि शनिबार नै  तेस्रो बोर्डमा खेलेका निरौलाले १८ सय ८५ रेटेड कमल श्रेष्ठलाई घुँडा टेकाएका थिए ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेका बिलमलाल श्रेष्ठ र फिडे माष्टर मनिष हमालले बराबरीमै चित्त बुझाए । तेस्रो बोर्डमा खेलेका सजिन महर्जनले क्षितिज भण्डारीलाई पाखा लगाउँदा चौथो बोर्डमा खेलेका हिमाल लामाले पनि जित निकाले । उनले कमल श्रेष्ठ विरुद्ध सहज जित हात पारेका थिए । त्यस्तै पाँचौ बोर्डमा खेलेका पुरुषोत्तम चौलागाईले बाबुराजा महर्जनलाई चित ख्वुवाउँदा पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारले अबिरल राईलाई पाखा लगाए । अन्य खेलमा सुजेन्द्र प्रसाद श्रेष्ठले विकाश कुलुजुलाई,जनार्दन श्रेष्ठले मदन रायामाझीलाई,रविन्द्र शाक्यले विजय जातिलाई,प्रचण्डमान मालाकारले रुद्र खनियालाई,विक्रम जातिले दिपक महर्जनलाई   पराजित गरेका छन् । प्रतियोगितामा सजिन महर्जन ३.५ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । छ खेलाडी तीन अंकका साथ उपाधी होडमा कायमै रहेका छन् ।

 उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा अस्मिता अधिकारी र मोनालिसा खुम्बु समान ३.५ अंकका साथ अग्र स्थानमा रहेका छन् । यस अघि अपराजित रहदै शिर्ष स्थानमा रहेकी सिन्दीरा जोशी अस्मितासँगको पराजयसँगै ३ अंकका साथ दोस्रो स्थानमा झरेकी छन् । उनीसँगै सुरुची थिङपनि बिसेखा जैसवाललाई पराजित गर्दै ३ अंक बनाउँन सफल भएकी छन् । त्यस्तै शनिबार सम्पन्न अन्य खेलमा संगिता जैसवाल,शान्ता थापा,अन्जु शाहा र पुनम प्रसाइले आ–आफ्नो खेलमा जित हातपार्दै थप एक अंक बटुलेका छन् । आइतबार पनि दुई खेल हुनेछन् । 

Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments