Open top menu
Saturday, August 8, 2015

२४ साउन/  नेपालका भूकम्पपीडितको सहयोगार्थ आज मलेसियामा  च्यारिटी क्रिकेट खेल ‘ब्याट फर नेपाल’ हुँदैछ । मलेसिया क्रिकेट संघले घरेलु मैदानमा नेपालका लागि च्यारिटी खेलको आयोजना गरेको हो । नेपालमा गत वैशाख १२ मा गएको शक्तिशाली भूकम्पमा करिब नौ हजार मानिसको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपाल क्रिकेट संघ क्यान–११ र विश्व–११ बीच प्रतिस्पर्धा हुनेछ । 

नेपाली टोलीमा अधिकांश खेलाडी राष्ट्रिय टोलीका छन् । यसैगरी विश्व–११ का तर्फबाट नाम चलेका टेस्ट खेलाडीसहित उत्रनेछन् । नेपाली टोलीको कप्तानी पारस खड्का र विश्व–११ को कप्तानी श्रीलंकाका अलराउण्डर तथा प्रभावशाली खेलाडी सनथ जयसूर्याले गर्नेछन् । 

नेपाली टोलीमा शरद भेषावकर, महबुब आलम, राजेश पुलामी, सोमपाल कामी, अनिल मण्डल, सिद्धान्त लोहनी, राजु रिजाल, शक्ति गौचन, भुवन कार्की, अविनाश कर्ण, करन केसी छन् । महबुब, अविनाश र भुवन भर्खरै सम्पन्न टीट्वेन्टी विश्वकप छनोटमा नेपाली टोलीमा थिएनन् । यू–१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका राजुले टोलीको विकेटकिपिङ गर्नेछन् । नेपाली क्रिकेट टोली एक महिनाभन्दा लामो समय युरोपमा सोमबारमात्र स्वदेश फर्किएको हो । युरोपमा नेपालले एक टीट्वेन्टी शृंखला, टीट्वेन्टी विश्वकप छनोटसँगै आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको पहिलो चरणको खेल खेलेर फर्किएको थियो । यी सबै प्रतियोगितामा नेपाली टोलीको प्रदर्शन कमजोर रहेको थियो ।
बंगलादेशका लागि खेलिसकेका सोहाग गाजी र अब्दुर रस्साक पनि टोलीमा छन् । अस्ट्रेलियाका स्टिभ ओकिफे र मार्कस स्टोइनिसले पनि विश्व–११ बाट खेल्नेछन् । ओकिफेले अस्ट्रेलियाका लागि टीट्वेन्टी क्रिकेटमा प्रतिनिधित्व गरेका छन् भने स्टोइनिस प्रथम श्रेणीको क्रिकेट खेल्ने खेलाडी हुन् । भारतका लागि एकदिवसीय क्रिकेटमा प्रतिनिधित्व गरेका बेनुगोपाल रावले पनि क्यान–११ विरुद्ध खेल्नेछन् । सिंगापुरका चेतन सूर्यवंशी तथा मलेसियाका सुरेश नवरतनाम र अहमद फैज पनि विश्व–११ टोलीमा छन् ।  विश्व–११ का तर्फबाट पाकिस्तानका पूर्वविकेटकिपर रसिद लतिफ पनि खेल्दैछन् ।   विश्व–११ का कप्तान जयसूर्याले एउटा खेलबाट ठूलो लक्ष्य लिएको प्रतिक्रिया दिएका छन् । नेपालका भूकम्पपीडितको सहयोगार्थ हङकङमा पनि च्यारिटी खेल आयोजना हुँदैछ । 
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments