Open top menu
Saturday, August 8, 2015



एसेज श्रृंखला अन्तरगतको चौथो टेस्टमा एक इनिङ्ग र ७८ रनको शानदार
अन्तरको जित हातपार्दै इङ्गल्याण्डले अष्ट्रेलिया विरुद्धको पाँच टेस्ट म्याचको श्रृंखला ३–१ ले जितेको छ ।  पहिलो इनिङ्गमा १८ दशमलव ३ ओभरमा मात्र ६० रनमा समेटिएर फलोअनपा परेको अष्ट्रेलिया दोस्रो इनिङ्गमा ७२ दशमलव ४ ओभरमा २ सय ५३ रनमै समेटिएपछि इङ्गल्याण्डले शानदार जित हातपारेको हो । पहिलो इनिङ्गमा मित्सेल जोनसनले सर्बाधिक १३ र कप्तान माइकल क्लार्कले १० रन जोडेका थिए भने अन्य ब्याट्समेनले दोहारो अंकको रन जोड्न सकेनन् । सोक्रममा अतिरिक्त रन स्वरुप अष्ट्रेलियाले १४ रन पाएको थियो ।
त्यसपछि फलोअनमा रहेर दोस्रो इनिङ्ग शुरुगरेको टोलिका लागी ओपनर डेविड वारनरले ६४,क्रिस रोजर्सले ५२ र एडम भोगेसले ५१ रन जोडेपनि अन्य ब्याट्समेनले आसातित प्रदर्शन गर्न नसक्ता टोलिले लज्जासपद हार बेहोर्यो । इङ्गल्याण्डले भने पहिलो इनिङ्गमा जोइ रुटको सर्बाधिक एक सय ३० र जोनी बैर्सटोको ७४ रनको मद्दतमा ८५ दशमलव २ ओभरमा ९ विकेट गुमाएर ३ सय ९१ रन बनाएपछि इनिङ्ग समाप्तिको घोष्णा गरेको थियो । खेलको म्यान अफ दी म्याच इङ्गल्याण्डका तिब्रगतिका बलर स्टुआर्ट ब्रोएड भए ।   
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments