Open top menu
Saturday, December 19, 2020

 झापा, ४ पुस/  रियल स्टार फुट्बल क्लबलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाउँदै चात्यासा फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।



निर्धारीत समय सम्म १–१ को बराबरी भएपछि भएको टाईब्रेकरमा चात्यासाले बाजी मारेको हो । उसका लागी सन्देश केसी, श्याम श्रेष्ठ, राहुल लिम्बु र प्रविन राईले गोल गरेका थिए ।

उता पराजित रियलका तर्फबाट अबिन लिम्बु, बिकास लिम्बु र बिकास माझीले गोल गरे । उसका रोशन धिमालको प्रहार भने चात्यासाका गोलरक्षक योगेश धिमालले बिफल तुल्याएसँगै चात्यासाले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यसअघि खेलको ३२ औं मिनेटमा गोल गर्दै प्रबिन राईले चात्यासालाई अग्रता दिलाएका थिए भने किस्मत लिम्बुले दोश्रो हाफको १८ औं मिनेटमा गोल गरेपछि निर्धारित समय सम्म खेल बराबरीमा सकिएको थियो ।


खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलरक्षक योगेश धिमाल भए । चात्यासाले अब अन्तिम चार प्रबेशका लागी विर्तामोड युनाईटेडसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।


भोली भुट्निज युथ क्लब र वाईएफसी पथरीबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ ।  

प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो ।



Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments