Open top menu
Thursday, December 8, 2016


२३ मंसिर , २०७३ /  राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने विभागीय टिम एपीएफमा आबद्ध भएका छन् । अन्डर १९ राष्ट्रिय टिमका कप्तान समेत रहेका सन्दिपले एक बर्षका लागि एपीएफसँग सम्झौता गरेका छन ।
अनुबन्धनबारे औपचारिक जानकारी गराएपनि पारिश्रमिकको विषय गोप्य राखिएको सन्दिपले बताए ।   सातौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको एपीएफ क्लबले स्पिनर शन्दिपलाई टोलीमा अनुबन्ध गरेको हो । राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडीले भरिएको एपीएफमा आबद्ध हुन पाउनु आफ्नो लागि खुसीको कुरा रहेको बताउँदै उनले सिनियर खेलाडीसँगको सल्लाहमा क्लबमा आबद्ध भएको बताए । 

मंसिर २७ गते देखी श्रीलंकामा शुरु हुने अन्डर १९ एसिया कपको तयारीमा रहेका सन्दिपले उमेर समुहको प्रतियोगितामा प्रभावशाली प्रर्दशन गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments