Open top menu
Saturday, December 26, 2015

                      
उत्तम रिजाल
११ पुस दमक/ झापाको दमकमा सम्पन्न खुला विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधी आदेश दाहाल र आष्मा थापाले जितेका छन् । दुवै उपाधी विजेता सनसाइन इङ्गलिस स्कुल उर्लाबारी मोरङ्गका खेलाडी हुन् । आदेश प्रतियोगिताकै शिर्ष स्थान हासिल गर्दैै उपाधी जित्न सफल भए भने आष्मा गल्स तर्फ प्रथम भएकी हुन् । झापा मोडल उमाविमा भएको सो प्रतियोगितामा आदेशले सात राउण्डको खेलमा अपराजित रहदै ६ दशमलव ५ अंक प्राप्त गरेका थिए । उनले पहिलो बोर्डमा आयोजक झापा मोडलका दिप्सन लिम्बु लाई पराजित गरेका थिए । उपाधी जित्नका लागि दुवै खेलाडीले जित निकाल्नुको विकल्प थिएन् । दिप्सनले जितेको भए उनी नै उपाधी जित्न सफल हुने थिए । उता समान सात राउण्ड नै खेले पनि आष्माले ४ दशमलव ५ अंक जोडेकी थिइन् । त्यस्तै प्रतियोगिताको दोस्रो स्थान आयोजक झापा मोडलका डिचेन लिम्बु भए । तेस्रो बोर्डमा खेलेका उनले सनसाइनका अमन कोइरालालाई पाखा लगाएका थिए । जितसँगै डिचेनको ६ अंक थियो । तेस्रो स्थान भने सनसाइनका सक्षम भण्डारीले हात पारे । उनले दोस्रो बोर्डमा आफ्रनै स्कुलका सैलेश दुलालसँग बराबरी खेलेका थिए । दुवैको समान ५ दशमलव ५ अंक भएपनि प्रोगेसिव प्वाइन्टको आधारमा सक्षम तेस्रो भएका हुन् । पराजित सैलेश चौथो भए । प्रतियोगितामा झापा मोडलका दिप्सन लिम्बु पाँचौ,सनसाइनका आशिष पाण्डे छैटौ,आयोजक झापा मोडलका सुरेन सुब्बा सातौ,सनसाइनका श्रृजन खड्का आठौ,झापा मोडलका लाक्पा तामाङ्ग नौं औं तथा सनसाइनका समिर खड्का दश औं भए । सोहि प्रतियोगिताको गल्सतर्फ सनसाइनकी खुसी मुखिया दोस्रो,एभरेष्ट स्कुल दमककी कृपा अधिकारी तेस्रो,एभरेष्टकै खुस्बु थापा चौथो र ग्लोबलकी दिक्षा तिम्सिनाले पाँचौ स्थान हासिल गरे । उमेर समुहको उपाधी भने पन्ध्र बर्ष मुनिमा सनसाइनका बलविक्रम कार्की,तेह्र बर्ष मुनिमा सनसाइनकै अमन कोइराला र एघार बर्ष मुनिमा एभरेष्टका प्रज्वल बस्नेतले हात पारे । प्रतियोगितामा आठ बर्षका शिवम शाहाले पनि सहभागिता जनाएका थिए । विजेतालाई प्रमुख अतिथी शिक्षाविद साजि बाबु,आयोजक झापा मोडलका प्रिन्सिपल सनम श्रेष्ठ,अतिथीहरु झापा जिल्ला बुद्धिचाल संघका कोषाध्यक्ष सुरज सुब्बा,रोटरी क्लब दमकका अध्यक्ष नविन कुमार श्रेष्ठ,नेपाल राष्ट्रिय वाणिज्य संघ दमकका अध्यक्ष भरत चौलागाई,सनसाइनका प्रिन्सिपल दिपक दंगाल,आयोजक डाइनामिक चेस एकेडेमिका भुपेन्द्र निरौला निरज,उर्लाबारी पेजका अध्यक्ष राजेन्द्र राई,कार्यक्रम संयोजक सागर श्रेष्ठ लगायतले वितरण गरेका थिए । प्रतियोगितामा झापा र मोरङ्गका गरी नौ विद्यालयका ५४ खेलाडीको सहभागिता रहेको थियो । 

Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments