Open top menu
Thursday, August 27, 2015



१० भदौ,काठमाडौं/  प्रथम साफ अन्डर नाइन्टिन च्याम्पियनसीप फुट्बल प्रतियोगिताको उपाधीका लागी नेपाल र भारत भिड्ने निश्चित भएको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलार्इ हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो भने भारतले बंगलादेशलाई सडन डेथमा पाखा लगायो। नेपालले भने अफगानिस्तान विरूद्ध ३–२ को गोल अन्तरले सेमिफाइनलमा जित दर्ता गरेको हो।

खेलको ३४  मिनेटमा स्ट्राइकर अन्जन विष्टले  गोल गर्दै नेपालका लागि खाता खोलेका थिए। त्यसपछि अझ आक्रामक बनेको नेपालले अन्जनकै  ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल अन्तर दोब्बर बनाएको थियो । उता अफगानिस्तानका लागी नेपाली
अनन्त तामाङले  आत्मघाती गोल गरेका थिए भने तेस्रो गोल  ५३ औं मिनेटमा सुनिल बलले गरे । अफगानिस्तानकातर्फबाट ७२ औं मिनेटमा मेहदी रेजाइले गोल गरेका थिए । भारतले भने बंगलादेशलाई सडन डेथमा ४–३ ले पराजित गरेको हो । निर्धारीत ९० मिनेट सम्म दुबैले गोलरहित बराबरी खेलेपछि खेल सडन डेथ सम्म पुगेको थियो । 
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments