Open top menu
Thursday, March 16, 2017
स्मिथ र म्याक्सवेलले बचाए अष्ट्रेलियालाई

इण्डिया विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्गमा पाहुना टोलि अष्ट्रेलियालाई कप्तान स्टेभन स्मिथ र आक्रामक ब्याट्स मेन ग्लेन म्याक्सवेलले बचाएका छन् । एक सय ४० रन जोड्दै ४ विकेट गुमाइ सकेको पाहुना टोलिलाई यि दुईको जोडीले पहिलो दिनको खेल सकिंदा सम्म ९० ओभरमा ४ विकेटको क्ष्यतिमा २ सय ९९ रनको स्थितिमा पुर्याएका छन् । 
स्मिथले २ सय ४४ बलको सामना गर्दै १३ चौकाको सहायतामा एक सय १७ तथा म्याक्सवेलले एक सय ४७ बलको सामनामा ५ चौका र २ छक्काको सहायतामा ८२ रन जोडेका छन् । यसअघि राँचिमा टस जितेर ब्याटिङ्ग थालेको पाहुना टोलिले ओपनर डेविड वारनरलाई १९ ,म्याट रेनसलाई ४४, सन मार्सलाई २ तथा पेटर हेण्ड्सकोम्बलाई १९ रनमै गुमाएको थियो । 
 वारनर आउट हुँदा पाहुना टोलिले ९.४ ओभरमा मात्र ५० रन जोडेको थियो । बलिङ्गतर्फ उमेश यादवले २ तथा रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले एक र एक विकेट लिए । भोलि दोस्रो दिनको खेल शुरुहुँदा पाहुना टोलि २ सय ९९ रनबाट खेल्न शुरु गर्नेछ । 
 भोलिको पहिलो बलको सामना म्याक्सवेलले गर्ने छन् । चार टेष्ट म्याचको श्रृंखला एक र एकको बराबरीमा छ ।
Read more
Wednesday, March 15, 2017
श्रीलंकाको खराब प्रदर्शन



बंगलादेश विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्गमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको घरेलु टोलिले पहिलो दिनको खेल सकिंदा सम्म ८३.१ ओभर खेल्दै ७ विकेटको क्ष्यतिमा २ सय ३८ रन बनाएको छ । क्रिजमा दिनेश चण्डीमाल सर्बाधिक ८६ रनमा अविजित छन् ।


उनले २ सय १० बलको सामनामा ४ चौकाको सहायताले सो रन बनाएका हुन् । उनलाई कप्तान रंगना हेराथले ६३ बलमा २ चौकाको सहायताले १८ रनमा साथ दिइरहेका छन् । यसअघि ओपनर दिमुथ करुनारत्नेलाई पहिलो विकेट स्वरुप ७ रनमा गुमाएको श्रीलंकाले कुशल मेण्डिसलाई दोस्रो विकेट स्वरुप ५ रनमा गुमाएको थियो ।


त्यसपछि अर्का ओपनर उपल थारंगा ११ तथा गनारत्ने १३ रनमा आउट हुँदा धनन्जय डे शिल्भा र निरोशन डिकवेलले समान ३४ रनको योगदान दिए । त्यसपछि दिलरुवान परेराले ९ रनमा चित्त बुझाए । बलिङ्गतर्फ मुस्तफिजुर रहमान र मेहेदि हसनमिराजले २/२ तथा सुबाशिस रोय, तैजुल स्लाम र सकिब अल हसनले समान एक विकेट लिए ।


भोलि दोस्रो दिनको खेल शुरुहुँदा घरेलु टोलिले ७ विकेटको क्ष्यतिमा २ सय ३८ रनबाट खेल्न शुरु गर्नेछ ।


२ चैत्र,२०७३
Read more
Monday, March 13, 2017
दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी

आइसिसि वल्ड क्रिकेट लिग च्याम्पियनसिपको केन्या विरुद्धको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपाल आज ७ विकेटले विजयी भएको हो । पहिलो खेलमा पराजय भोगेर दवावमा रहेको नेपालले आजको जितसँगै केहि आशा भने जगाएको छ ।
                Sharad Vesawkar of Nepal batting during the Kenya vs Nepal
किर्तिपुर स्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ्ग गरेको पाहुना टोली केन्याले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य नेपालले खेल सकिन एक सय १८ बल अगावै पुरा गरेको थियो । नेपालका लागि कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले सर्बाधिक अविजित ६४ तथा दिपेन्द्रसिंह ऐरीले ६२ रनको योगदान दिए । ९३ बलको सामना गरेका मल्लले ८ चौका र एक छक्का प्रहार गरे । उता सिनियर टोलीबाट दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता खेलेका ऐरीले ६६ बलमा ८ चौका र एक छक्का प्रहार गरेका थिए । उनको अन्तराष्ट्रिय प्रतियोगिताको दोस्रो सर्वाधिक रन हो ।
यस अघि गत बर्ष मात्र अन्डर नाइन्टिन एशिया कपको समुह चरणको खेलमा श्रीलंका विरुद्ध ९० रन बनाएका थिए । सो खेलमा उनी एलबीडब्लु धरापमा परेसँगै नेपाल एक रनले पराजित भएको थियो । त्यस्तै आज शरद भेष्वाकरले आफ्नो आक्रामक खेल देखाए । ११ बल मात्र खेलेका उनी ४ चौका र एक छक्का प्रहार गर्दै २४ रनमा अविजित रहे । उनले ३१ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दा नेपालले एक सय ६० रन जोड्यो । अर्का ओपनर सुनिल धमला एक तथा सागर पुन ५ रनमा पेवेलियन फर्किए ।
केन्याले एक वाइ,दुई लेगवाई र एक वाइड गरी चार रन अतिरिक्त दिएको थियो । यसअघि पहिले ब्याटिङ्ग गरेको केन्या ४६ दशमलव एक ओभरमा एक सय ५५ मा समेटिएको थियो । उसका लागि कोलिन्स ओमोन्दी ओवुयाले सर्बाधिक ४८ तथा ओपनर इर्फान करिमले ३८ र कप्तान राकेप पटेलले २१ रन जोड्न बाहेक अन्यले खासै प्रदर्शन गर्न सकेनन् । केन्यालाई सस्तैमा समेट्ने क्रममा अलराउण्डर शरद भेष्वाकरले ४,  मेहबुब आलम र बसन्त रेग्मीले दुई/दुई तथा संदिप लामिछाने र सागर पुनले एक/एक विकेट लिएका थिए । जितसँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायमै रहेको छ ।
३० फागुन,२०७३
Read more
Saturday, March 11, 2017
उर्लावारीमा अन्तर विद्यालय बुद्धिचाल शुरु

मोरङ्गको उर्लावारीमा जारी प्याब्सन क्षेत्र नम्बर आठ अन्तरगत अन्तर विद्यायलय बुद्धिचाल शुरु भएको छ । आजबाट शुरु प्रतियोगितामा पहिलो दिनका तीन राउण्डको खेल सकिदा सम्म छात्र र छात्रातर्फ दुई/दुई खेलाडी समान अंकका साथ अगाडी रहेका छन् ।
छात्रतर्फ सनसाइन इङ्गलिस बोर्डिङ्गका अनुस कार्की र मोदर मधुमल्लाका मन्दिप तिखत्री समान तीन अंकका साथ अगाडी रहेका छन् । पहिलो बोर्डमा खेलेका अनुसले सुनगाभाका दिपेन्द्र खनाललाई चित खुवाएका थिए । त्यस्तै तिखत्रीले विद्या ज्योतिका दिपक कार्कीलाई माथ दिए ।
आस गरिएका सनसाइनका समिर खड्का भने दोस्रो राउण्डको हारसँगै दुई अंकका साथ शिर्ष तीन भित्र पर्न संघर्षरत छन् । उनीसँगै अन्य चार खेलाडीको समान दुई अंक रहेको छ । उता छात्रातर्फ सनसाइनका खुसी मुखिया र आष्मा थापा समान २।५ अंका साथ अगाडी रहेका छन् ।

अपराजित रहेका दुवैले तेस्रो राउण्डमा बरावरी खेलेका थिए । मुखिया मोरङ्गकै पहिलो महिला रेटेड खेलाडी हुन् । दुबै उपाधी हत्याउने दाउमा रहेका छन् । दुबैले अन्तिम राउण्डको खेल जिते थापा उपाधी चुम्न सफल हुनेछिन् । यस समुहमा आयोजक सुनगाभाकी मुविहाङ्गमा वनेम फागो र मोरङ्ग मोडलकी सजना दनुवार समान दुई अंकका साथ तेस्रो स्थान हात पर्न संघर्षरत छन् । भोलि अन्तिम दिन छात्रतर्फ दुई तथा छात्रातर्फ एक राउण्ड खेल हुने चिफ आरविटर नेपाल च्याम्पियन भुपेन्द्र निरौला निरजले जानकारी दिए ।

२३ फागुन,२०७३
Read more
Wednesday, February 1, 2017
साउथअफ्रिका १२१ रनले विजयी

श्रीलंका विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा साउथअफ्रिका एक सय एक्काइस रनले विजयी भएको छ । डरवनमा टस हारेर ब्याटिङ्ग गरेको उसले प्रस्तुत गरेको ३ सय ८ रनको लक्ष्य पच्छ्याएको श्रीलंका ३७ दशमलव ५ ओभरमा मात्र एक सय ८६ रनमा समेटिएको थियो । 

उसका लागि दिनेश चण्डीमालले सर्बाधिक ३६ तथा उपल थारांगाले २६ रन जोडे। बलिङ्गतर्फ जेपी डुमिनी,वाइने परनेल र इम्रान ताहिरले समान २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको साउथअफ्रिकाले भने डेविड मिलरको अविजित एक सय १७ र फाप डु प्लेसिसको एक सय पाँच रनको मद्दतले ६ विकेटको क्ष्यतिमा ३ सय ७ रन बनाएको थियो । 

जितसँगै साउथअफ्रिकाले पाँच एक दिवसिय म्याचको श्रृंखलामा दुई शुन्यको अग्रता लिएको छ । 


२० माघ,२०७३
Read more
Friday, January 6, 2017
न्युजिल्याण्डलाई श्रृंखला


उत्तम रिजाल,  बंगलादेश विरुद्धको तीन ट्वान्टी–ट्वान्टी म्याचको श्रृंखला न्युजिल्याण्डले जितेको छ । दोस्रो ट्वान्टी–ट्वान्टी म्याचमा ४७ रनको जित हासिल गरेसँगै न्युजिल्याण्डले एक खेल अगावै श्रृंखला जितेको हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय ९६ रनको लक्ष्य पच्छ्याएको बंगलादेश १८ दशमलव एक ओभरमा एक सय ४८ रनमा समेटिएको थियो । उसका लागी सविर रहमानले ४८, सौम्य सरकारले ३९, महमदुल्लाहले १९ तथा नुरुल हसनले १० रन जोड्न बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङ्गतर्फ न्युजिल्याण्डका इण्डरवीर सिंह सोधीले ३ , कप्तान कान विलियम्सन र बेन ह्विलरले २/२ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ्ग गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्ष्यतिमा एक सय ९५ रन बनाएको थियो ।
उसका लागी म्यान अफ दि म्याच कोलिन मुन्रोले एक सय एक ,टोम ब्रुसले ५९ र कप्तान कान विलियम्सनले १२ रनको योगदान दिएका थिए भने अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

२३ पुस,२०७३

Read more
श्रीलंका विरुद्धको तीन टेष्ट म्याचको श्रृंखला साउथ अफ्रिकालाई

दोस्रो टेष्टमा पाहुना टोली श्रीलंकालाई २ सय ८२ रनले पराजित गर्दै साउथ अफ्रिकाले तीन टेष्ट म्याचको श्रृंखला एक खेल अगावै जितेको छ ।
जितका लागी ५ सय ७ रनको विशाल लक्ष्य पच्छ्याएको पाहुना टोली ६२ ओभरमा २ सय २४ रनमै समेटिएपछि घरेलु टोली विजयी भएको हो । श्रीलंकाका लागी कप्तान एंगेलो म्याथ्युजले ४९ , रंगना हेराथले अविजित ३५ , दिनेश चण्डिमालले ३० र कौशल शिल्भाले २९ रन जोड्न बाहेक अन्यले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंका यसअघि पहिलो इनिङ्गमा एक सय १० रनमा समेटिएको थियो ।
2
उता केपटाउनमा टस हारेर ब्याटिङ्ग गरेको घरेलु टोलीले भने पहिलो इनिङ्गमा ओपनर डिन एल्गरको एक सय २९ , क्विन्टोन डे कोकको एक सय एक र कप्तान फाप डु प्लेसिसको ३८ रनको मद्दतमा एक सय १६ ओभरमा ३ सय ९२ रन बनाएको थियो भने दोस्रो इनिङ्गमा ५१ दशमलव ५ ओभरमा ७ विकेटको क्ष्यतिमा २ सय २४ रन बनाउँदा इनिङ्ग समाप्तिको घोषणा गरेको थियो ।
4
खेलको म्यान अफ दि म्याच विजयी टिमका कागिसो रवाडा भए । उनले श्रीलंकाका ६ ब्याट्समेनलाई पेवेलियनको बाटो देखाएका थिए ।

२२ पुस, २०७३
Read more
अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा र उनका प्रशिक्षक मल्ल सम्मानित

अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राई र उनका प्रशिक्षक ध्रुव विक्रम मल्ललाई झापाको दमकमा सम्मान गरिएको छ । सगरमाथा डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईको पहलमा उनीहरुलाई सम्मान गरिएको हो । खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले उनलाई सम्मान गरिएको राईले बताए ।
बेलायतस्थित डोजाङका प्रमुख तथा प्रशिक्षक राईको अगुवाईमा बेलायतका अन्य चार संस्था किरात राई यायोक्खा, किरात युथ अर्गनाइजेसन, जोन मार्सल आर्ट एकेडेमी र भोजपुर समाजको सहभागितामा मिरा राईको सहयोगार्थ ३० लाख रुपैयाँ संकलन गरिएको थियो। सोहि रकमबाट आज एक कार्यक्रम आयोजना गरी राईलाई २८ लाख र प्रशिक्षक ध्रुब मल्ललाई दुईलाख रुपैयाँसहित सम्मान गरिएको हो ।
mirr
उनीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट ,नेपाली कांग्रेसकी सभासद महेन्द्रा सुब्बा लगायतले चेक हस्तान्तरण गरेका थिए । दमक रेडक्रस भवनमा भएको सम्मान कार्यक्रममा झापाका विभिन्न खेलकुद संघ संस्थाका पदाधिकारी र खेल प्रेमीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना सगरमाथा मल्टि मार्सल आर्ट एकेडेमी दमकले गरेको थियो ।
२१ पुस, २०७३
Read more