पाकिस्तान विरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया विजयी
४ पुस,२०७३ । पाकिस्तान विरुद्धको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया ३९ रनले विजयी भएको छ । व्रिसबर्नमा ४ सय ८० रनको लक्ष्य लिएर जबाफी ब्याटिङ्ग गरेको पाहुना टोली एक सय ४५ ओभरमा ४ सय ५० रनमा समेटिएसँगै घरेलु टोली विजयी भएको हो ।
पाकिस्तानका लागी म्यान अफ दी म्याच असाद सफिकले सतक बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन् । उनले २ सय ७ बलको सामना गर्दै १३ चौका र एक छक्काको सहायताले एक सय ३७ रन बनाए । त्यस्तै ओपनर अजहर अलीले ७१,पुर्व कप्तान युनिस खानले ६५ तथा मोहम्मद अमिरले ४८ रन बनाएका थिए ।
पहिलो इनिङ्गमा खराब प्रदर्शन गरेको पाहुना टोली मात्र एक सय ४२ रनमा समेटिएको थियो । उता पहिलो इनिङ्गमा ४ सय २९ रनमा समेटिएको घरेलु टोली अष्ट्रेलियाले दोस्रो इनिङ्गमा ५ विकेट गुमाएर २ सय २ रन बनाउँदा इनिङ्ग समाप्तीको घोषणा गरेको थियो । जीतसँगै तीन टेष्ट म्याचको श्रृंखलामा घरेलु टोलीले एक शुन्यको अग्रता लिएको छ ।
.png)








उसका लागी मोइन अलिले एक सय ४६,जोइ रुटले ८८ तथा लिएम डावसनले अविजित ६६ र आदिल रसिदले ६० रनको योगदान दिएका थिए । पाँच टेष्टको श्रृंखला घरेलु टोली इण्डीयाले तीन शुन्यले जितिसकेको छ ।




जबाफमा एक सय ५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ओपनर आसिफ सेखलाई एक तथा अर्का आक्रामक ब्याट्समेन आदिल खानलाई विना कुनै रनमा गुमाएको थियो । टिमको स्कोर ६ रन भएको अबस्थामा दुई विकेट गुमाएको नेपालले ३९ रनमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि दबाबमा रहेको नेपालले ६२ मा चौथो विकेट गुमायो । ओपनर अभिनास कर्ण २९ रन जोड्दै आउट भए । त्यसपछि आस गरिएका दिपेन्द्रसिंह ऐरी पनि २२ रन जोड्दै आउट हुँदा नेपालले मात्र ८० रन जोडेको थियो । त्यसपछि विकेट किपर प्रकाश केसी दोस्रो बलको सामना गर्ने क्रममा विरन्दिप सिंहको बलमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८० रनमै छैटौ विकेट गुमाएको थियो । त्यसपछि पराजय उन्मुख रहेको नेपालका लागी रोहित कुमार पौडेलले केहि सम्माले पनि उनीपनि १२ रन जोड्दै मोहम्मद अमिरको बलमा बोल्ड आउट भए ।
त्यपछि झन दबाबमा रहेको नेपालले एक सय ८ रनमा आठौ विकेट गुमाएको थियो । आठौ विकेट झरेसँगै समुह चरणको अन्तिम खेलमा मात्र भएपनि जित निकाल्ने सोचमा रहेको नेपाल पराजय नजिक पुगेको थियो । त्यसपछि अनिल शाहाले सम्मालिदै ब्याटिङ्गगर्दा टिमलाई जित नजिक पुर्याए । उनले ६६ बलको सामना गर्दै ३२ रनको योगदान दिए । उनी नौ औं विकेट स्वरुप आउट हुँदा नेपालले एक सय ४५ रन जोडेको थियो । शाहालाई पबन सराफले साथ दिएका थिए । सराफ ६७ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतमा २९ रनमा अविजित रहे । टिमलाई जित दिलाउने क्रममा अन्तिम विकेटका रुपमा क्रिजमा आएका कप्तान संन्दिप लामिछानेले तीन बलमा तीन रनको योगदान दिए । यसअघि समुह चरणका दुई खेल गुमाएसँगै प्रतियोगिताबाट बाहिरीसकेको नेपालले जितको स्वाद पाएपनि आस गरिए अनुसारको भने खेल खेल्न सकेन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले र दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो ।