अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राई र उनका प्रशिक्षक ध्रुव विक्रम मल्ललाई झापाको दमकमा सम्मान गरिएको छ । सगरमाथा डोजाङ बेलायतका संस्थापक प्रमुख राष्ट्र राईको पहलमा उनीहरुलाई सम्मान गरिएको हो । खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले उनलाई सम्मान गरिएको राईले बताए ।


उनीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट ,नेपाली कांग्रेसकी सभासद महेन्द्रा सुब्बा लगायतले चेक हस्तान्तरण गरेका थिए । दमक रेडक्रस भवनमा भएको सम्मान कार्यक्रममा झापाका विभिन्न खेलकुद संघ संस्थाका पदाधिकारी र खेल प्रेमीहरुको उल्लेखिय उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना सगरमाथा मल्टि मार्सल आर्ट एकेडेमी दमकले गरेको थियो ।
२१ पुस, २०७३
0 comments