Open top menu
Friday, December 30, 2016
एपिएफले खेल्न नमान्दा महिला क्रिकेटको स्वर्ण पुर्वाञ्चललाई

सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला क्रिकेटको स्वर्ण पदक पुर्वाञ्चलले जितेको छ । विभागीय टोली एपिएफले चौका भएको तर नदिएको भन्दै घुर्र्की देखाउँदै खेल परित्याग गर्दा स्वर्ण पदकको नजिक पुगेर पनि रजतमा चित्त बुझाउनु पर्यो । चौका विवादमा एपिएफले खेल त्यागेको थियो। उसको त्याग पछि पूर्वाञ्चललाई विजेता घोषित गरिएको थियो। २ विकेट हातमा रहँदा एपिएफलाई ६४ रनको लक्ष्य पूरा गर्न ९ बलमा ९ रन चाहिएको थियो। पूर्वाञ्चलकी कविता गौतमको बलमा रितु कनौजियाको सटले विवाद निम्त्यायो।
उनको प्रहार बाउन्ड्रीमा रहेकी फिल्डर अप्सरी बेगमले डाइभ गरेर चौका जोगाइन्। भलादमीको खेल मानिने क्रिकेटमा अम्पायरले प्रष्ट नदेख्दा वा थर्ड अम्पायर नहुँदा अम्पायरले सम्बन्धित फिल्डरलाई सोध्ने चलन छ। क्रिकेटमा फिल्डरले ढाँटदैन भन्ने विश्वास लिइन्छ। विपक्षी टोली र अम्पायरले पनि त्यसलाई मान्ने गर्छन।

अम्पायर अधिप प्रधानले फिल्डरलाई सोधे। फिल्डरले चौका नभएको बताएपछि एपिएफले त्यो बलमा दुई रनमात्र जोड्न सक्यो। त्यसपछिका दुई बल कविताले वाइड फालिन । अब एपिएफलाई जितका लागि ८ बलमा ५ रन जोडे पुग्ने भयो । प्लेयर बक्सबाट छोड्न दबाब आएपछि खेलाडीले मैदान छाडे र पूर्वाञ्चल स्वर्ण पदकको हकदार बन्यो। चौकाको विवादमा एपिएफले खेल परित्याग गरेको बताए पनि त्यसपछि टोलीले दुई बल खेलेको थियो। खेल परित्याग गरे पनि एपिएफले उपविजेताको पदक भने थापेको थियो। त्यसअघि पूर्वाञ्चलले १८.४ ओभरमा ६३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । एपिएफले खेल परित्याग गर्दा पनि खेल १८.४ ओभर सकिएको थियो।
Read more
Tuesday, December 27, 2016
१० हजार मिटर दौडमा कान्छिमायालाई स्वर्ण

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिलातर्फ दश हजार मिटर दौडमा एपिएफकी कान्छिमाया कोजूले स्वर्णपदक जितेकी छिन् । इटहरीमा भएको प्रतियोगितामा निर्धारित दूरी ३७ मिनेट १६ दशमलव ९० सेकेण्डमा पूरा गर्दै कान्छीमायाले स्वर्ण जितेकी हुन् । 

त्यस्तै ३८ मिनेट ३६ दशमलव ६० सकेण्डमा पूरा गर्दै सेनाकी विश्वरुपा बुढाले रजत र सेनाकै लक्ष्मी पाण्डेले ३९ मिनेट ३२ दशमलव ५५ सेकेण्डमा दौड पूरा गर्दै काश्य पदक जिते । 
त्यस्तै एथलेटिक्सको ४ गुणा एकसय मिटर रिलेको पुरुष र महिला दुबैमा सेनाका खेलाडीले स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ सेनाको टीमले ४३ दशमलव ४६ सकेकेण्डमा दूरी पूरा गर्यो भने मध्यमाञ्चलले ४४ दशमलव ७६ सेकेण्डमा र एपिएफको टीमले ४४ दशमलव ८५ मा काश्य पदक जितेको हो । 
त्यस्तै यही स्पर्धाको महिलातर्फ सेनाको टोलीले ५२ मिनेट २० सेकेण्डमा दौड पूरा गर्यो भने रजत पदक जितेको मध्यपश्चिमले ५३ दशमलव ८३ र काश्य जितेको सशस्त्रको एपिएफले ५३ दशमलव ८८ सकेण्डमा दौड पूरा गर्यो । यससँगै एथलेटिक्सका सबै स्पर्धाको खेल सकिएको छ । 
Read more
Monday, December 26, 2016
विभागीय टोलीको बर्चश्व कायमै

१० पुस,२०७३ ।   पुर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा विभागीय टोलीको बर्चश्व कायमै रहेको छ । महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादेले आज कीर्तिमानी प्रदर्शन गरेकी छन् । ४३ दशमलब ९४ मिटर दूरी थ्रो गर्दै उनले आफ्नै नाममा रहेको ४३ दशमलव ९० मिटरको कीर्तिमानमा सुधार गरेकी हुन् । जारी प्रतियोगितामा चन्द्रकलाको यो दोश्रो कीर्तिमान हो ।उनले हिजो ११ दशमलब ५६ मिटर फाल्दै सुटपुटमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी थिइन् ।सो स्पर्धामा नेपाल आर्मी क्लबकी लक्ष्मी थाक दोश्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सीमा थारु तेश्रो भए ।
पुरुष ज्याभ्लिनमा आर्मीका रामबहादुर कुमालले स्वर्ण पदक हात पारे । ५६ दशमलब ८८ मिटर टाढा फाल्दै उनले स्वर्ण जितेका हुन् । सो स्पर्धामा पुलिसका नरेन्द्रजंग शाहीले रजत र एपीएफका प्रेमप्रकाश खड्काले कास्य जिते ।
पुरुष लङजम्मा आर्मीका डिल्ली खत्रीले स्वर्ण जिते । उनले ६.९१ मिटर नाघ्दै स्वर्ण हात पारे । प्रहरीका गोपाल चौधरीले रजत तथा प्रहरीकै चन्द्रदेव जोशीले कांस्य पदक हात पारे । महिलातर्फको स्वर्ण भने पुलिसकी केशरी चौधरीले जितिन् । आर्मीकी कृष्णा चौधरीले रजत र एपीएफकी शिला चौधरीले कास्य पदक हात पारे । पुरुष १ सय १० मिटर हर्डल्समा आर्मीका विशेष महतोले स्वर्ण पदक हात पार्दा आर्मीकै रामप्रसाद थारुले रजत तथा पुलिसका चन्द्रदेव जोशीले कास्य पदक जिते ।
१ सय मिटर हर्डल्समा एपिएफकी सविता चौधरीले स्वर्ण जितिन् । मध्यमाञ्चलकी प्रमिला थारु र पुलिसकी केशरी चौधरीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन् । पुरुष ५ हजार मिटर दौडमा एपीएफका गोपीचन्द्र कार्की पहिलो, आर्मीका हरिकुमार रिमाल दोश्रो पुलिशका भूमिराज राई तेस्रो भए । महिलातर्फ एपीएफकी कान्छीमाया कोजु पहिलो भइन् । आर्मीकी सानुमाया कार्की दोश्रो तथा आर्मीकै विश्वरुपा बुढाले तेस्रो स्थान हात पारिन् । महिला ४ गुणा ४ सय मिटर रिलेमा आर्मी पहिलो, एपीएफ दोश्रो र मध्यपश्चिमाञ्चल तेश्रो भए । त्यसै सोहि स्पर्धाको पुरुषतर्फ पनि आर्मी, एपीएफ र मध्यमाञ्चल क्रमशस् पहिलो दोस्रो र तेस्रो भए ।
इन्डोर खेल
टेबुल टेनिसमा महिला डबल्सको उपाधि आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङ्गको जोडीले जितेका छन् । उनीहरुले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पुरुष जोडीतर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी माथि ११–९, ११–९, ३–११ र ११–९ को जित हात पार्दै स्वर्ण पदक जिते । महिला टिम ईभेन्टस्मा भने पुलिसले बाजी मार्‍यो । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । सोहि विधाको पुरुष तर्फको स्वर्णपनि पुलिसले जित हात पार्यो । पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै स्वर्ण जितेको हो ।
आईटिएफ तेक्बान्दो
उता झापाको दमकमा जारी आइटीएफ तेक्वान्दो प्रतियोगीताको दोश्रो दिन सम्ममा ४२ पदकको टुंगो लागेको छ । पुरुष स्पाईरीङ् अन्तर्गत ४५ देखी ५० केजी तौलमा नेपाली सेनाका पूर्णबहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतमले रजत तथा पूर्वाञ्चलका प्रभाव कार्की र मध्यमाञ्चलका सुनिल महत्तोले कास्य जितेका छन् । यस्तै ५१ देखी ५५ केजी तौल समुहमा एपिएफका योगेन्द्र धिमालले स्वर्ण, पश्चिमाञ्चलका विकल पौडेलले रजत तथा मध्यमाञ्चलका तारा तामाङ् र मध्यपश्चिमाञ्चलका हिमाल लामाले कास्य पदक जिते । ५६देखी ६० केजी तौलमा पश्चिमाञ्चलका दिनेश बुढाले स्वर्ण हात पार्दा , मध्यपश्चिमाञ्चलका शंकर यादवले रजत तथा नेपाली सेनाका सचिन्द्र तामाङ् र पूर्वाञ्चलका बशन्त बुढाथोकीले कास्य पदक हात पारे ।
प्याटन महिला ब्लु बेल्टमा आर्मीकी उसेना श्रेष्ठले स्वर्ण जितिन् । रेड बेल्टमाको स्वर्णपनि आर्मीकै कल्पना राईले जितिन् । ब्लाक बेलट पहिलो डानमा मध्यमाञ्चलकी रन्जू पुलामीले स्वर्ण जितिन् । सोहि स्पर्धाको दोश्रो डानमा आर्मीकी आश्मा श्रेष्ठले स्वर्ण पदक हात पारिन् । तेस्रो डानमा आर्मीकै तुलसा राजथलाले स्वर्ण जितिन् । प्याटन पुरुष ब्लु बेल्टमा पूर्वाञ्चलका वीरबहादुर तामाङ् पहिलो भए । रेड बेल्टमा सशष्त्रका श्यामकृष्ण श्रेष्ठले स्वर्ण जितिन् । ब्लाक बेल्ट पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण जिते । सोहि स्पर्धाको दोश्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हात पारे । तेश्रो डानमा पूर्वाञ्चलका युवराज गुरुङ्ले स्वर्ण पदक हात पारे ।
क्रिकेट
सातौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा पुरुष क्रिकेटतर्फ आज एपिएफ र पश्चिमाअञ्चल क्षेत्र बिजयी भएका छन् । एपिएफले सुदुरपश्चिमाअञ्चललाई १ सय ४४ रनको फराकिलो अन्तरले पराजित गर्यो । २ सय १ रनको चुनौती पाएको सुदुरपश्चिमाञ्चलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो । एपिएफको जितमा कप्तान पारस खड्काले नटआउट १ सय ५ रन बनाए । यस्तै सुबास खकुरेलले ६४ रन बनाए । अर्को खेलमा पश्चिमाञ्चलले मध्यामाञ्चल क्षेत्रलाई ६ रनले हरायो । १ सय २७ रनको मध्यम चुनौती पच्छ्याएको मध्यामाञ्चलले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय २१ रनमात्र जोडन सक्यो । पश्चिमाञ्चलका लागी दिपेश खत्रीले ५३ रन बनाए । जारी प्रतियोगीतामा लगातार दोस्रो जित निकालेको एपिएफ ४ अंकसहित समुह एको शीर्ष स्थानमा छ । भोलीको पहिलो खेलमा नेपाल आर्मी र मध्यपश्चिमाञ्चल तथा अर्को खेलमा पुलिस र पुर्बाअञ्चल क्षेत्र भिड्नेछन् ।
भलिबल
सातौ खेलकुद अन्र्तगत पुरुष भलिबलमा नेपाल आर्मीले पुर्वाञ्चललाई २५–२१, २५–१७ र २५–१६ को सोझो सेटमा हराएको छ । एपीएफले मध्यपश्चिमलाई २५–११, २५–१७ र २५–७ ले पराजित गर्यो । मध्यमाञ्चल भने पश्चिमाञ्चलसंग २५–१५, २५–१५ र २५–१५ को सोझो सेटमा पराजित भयो । महिलातर्फको स्पर्धामा मध्यमाञ्चलले पुर्वाञ्चललाई २५–३, २५–२०, र २५–४ को सोझो सेटमा हरायो । पुलिशले सुदुरपश्चिमाअञ्चललाई २५–६, २५–८ र २५–१० को सोझो सेटले पराजित गर्दा पश्चिमाञ्चलले मध्यपश्चिममाञ्चललाई २५–११, २५–२० र २५–८ को सेटले स्तब्ध पार्यो ।
Read more
सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण आर्मीका हरिकुमार रिमाललाई

९ पुस,२०७३   सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जितेका छन् । इटहरी रंगशालमा शनिबार बिहान भएको १५ सय मिटर दौडमा हरिले स्वर्ण जितेका हुन् ।
Hari Rimal of the Tribhuvan Army Club approaches finish line in men’s 1500m race during the 7th National Games at the Itahari Rangasala, in Sunsari, on Saturday. 
नेपाली सेनाका हरिले ४ मिनेट ४ दशमलव ३८ सेकण्डमा निर्धारित दुरी पार गरे । १५ सय मिटर दौडमा सेनाकै छत्रबहादुर दाहालले रजत जिते उनले ४ मिनेट ४ दशमलव ७३ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । नेपाल पुलिसका करण खड्काले १५ सय मिटर दौडमा कास्य पदक जिते ।

महिलातर्फ सरस्वति भट्टराईलाई पहिलो स्वर्ण

यसैगरी महिलातर्फ १५ सय मिटर दौडमा सेनाकै सरस्वति भट्टराईले बाजी मारिन् । उनी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदत जित्ने पहिलो महिला हुन् । उनले निर्धारित दुरी ४ मिनेट ४३ सेकेण्डमा पार गरिन् ।
Saraswati Bhattarai of the Tribhuvan Army Club approaches at finish line in women's 1500m race during the 7th National Games at the Itahari Rangasala in Sunsari, on Saturday, December 24, 2016. Photo: Udipt Singh Chhetry/THT
Saraswati Bhattarai of the Tribhuvan Army Club approaches at finish line in women’s 1500m race during the 7th National Games at the Itahari Rangasala in Sunsari, on Saturday, December 24, 2016.
सरस्वति ५ वर्षअघि सुदूरपश्चिमाञ्चलमा भएको प्रतियोगितामा घरेलु टोलीका तर्फबाट सहभागी भएकी थिइन् । त्यतिबेला चौथो भएकी उनी तीन वर्षअघि नेपाली सेनामा भर्ना भएकी हुन् । उनी ब्राजिलको रियो द जेनेरियोमा भएको ओलम्पिकमा समेत सहभागी भइसकेकी छिन् । महिलातर्फको राजत पदक सशस्त्र प्रहरीको एपिएफ क्लबकी पुमली रानाले जितिन् भने कास्य पदक आर्मीकी लक्ष्मी पाण्डेले जितिन् ।
Read more
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत उद्घाटन

विराटनगर, ८ पुस,२०७३   सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज विधिवत उद्घाटन गरिएको छ । मोरङ्गको विराटनगर स्थित शहीद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक उदघाटन भएको घोषणा गुर्नभयो ।
यो प्रतियोगिताले सन् २०१९ मा नेपालमा हुने तेह्रौं दक्षिण एशियाली खेलकुद सागलाई सफलतापूर्वक सम्पन्न गर्न उत्प्रेरण दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । यस्तै सन् २०१८ मा इन्डोनेशियाको जकार्तामा हुने एशियाली खेलकुद र सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकको तयारीका लागि पनि यो प्रतियोगिताले उत्प्रेरकको भूमिका खेलोस भन्ने कामना उहाँले गर्नुभयो । 
Athletes taking part in a march-past during the opening ceremony of the 7th National Games, in Biratnagar, on Friday, December 23, 2016. Photo: THT
प्रतियोगितामा ३० वटा खेलमा ३ हजार ९ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा २९४ स्वर्ण, २९४ रजत र ४ सय ४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुने छ । २०३८ सालमा सुरु भएको प्रतियोगिता २–२ वर्षमा गर्ने भनिए पनि २०४४ सालको चौथो संस्करणसम्म समयमै भएपनि त्यसयता समयमा नै हुन सकेको छैन । धनगढीमा छैठौँ संस्करण भएको ५ वर्ष पछि सातौं संस्करण सुरु भएको हो । 
national-game
उदघाटन समारोह विराटनगरमा भए पनि प्रतियोगिताका खेलहरु पूर्वाञ्चलका सप्तरी, उदयपुर, सिराहा, मोरङ्, सुनसरी, झापा, र धनकुटामा हुनेछन् । यस्तै सातौं राष्ट्रिय खेलकुदको लन टेनिस भने कास्कीको पोखरामा सुरु भएको छ । यस्तै स्क्वास ललितपुरमा र फेन्सिङ काठमाडौंमा हुने छ ।
Participants of the seventh National Games attend the opening ceremony at the Shahid Maidan Stadium in Biratnagar on Friday, December 23, 2016. Photo: Udipt Singh Chhetry/THT
Read more
एसियन सेन्ट्रल जोनमा नेपालले माल्दिभ्ससँग खेल्दै

७ पुस,२०७३ ।   एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । खेल बंगलादेशको ढाकामा बेलुका सवा ६ बजे सुरु हुनेछ ।
बंगलादेशमा भएको प्रतियोगिताको अघिल्लो संस्करणमा नेपाल माल्दिभ्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । प्रतियोगितामा नेपालले बंगलादेश, अफगानिस्तान र काजकिस्तानसँग पनि खेल्नेछ ।
राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल पुग्नेछन् । सेन्ट्रल जोनमा रहेका १२ मध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटान च्याम्पियनसिपमा सहभागी छैनन् ।
Read more
बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा



६ पुस,२०७३    स्पेनिस क्लब बार्सिलोनाले कोपा डेल रे फुटबलको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । दोस्रो लेग अन्तर्गत आज राति भएको खेलमा बार्सिलोना हर्कुलिसलाई ७–० ले हराउँदै समग्रमा ८–१ को जितसहित अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनालाई घरेलु मैदानमा भएको दोस्रो लेगमा शानदार जित दिलाउने क्रममा आर्ड तुरानले ह्याट्रिक गरे । 
स्टार खेलाडी लियोनल मेस्सी, लुइस स्वारेज र नेइमार बिना खेलेको बार्सिलोनाका लागि लुकास डिग्ने, इभान रेकिटिक, राफिन्हा र पाको एकेसरले एक एक गोल गरे ।  यस्तै राति नै भएको खेलमा फोर्मेनटिरालाई ९–१ ले हराएको सेभिल्ला समग्रमा १४–२ को जितसहित अन्तिम १६ मा पुगेको छ । यस्तै लेगानेसलाई २–१ ले हराएको भ्यालेन्सिया समग्रमा ५–२ तथा ग्रनाडालाई २–० ले हराएको ओसासुना समग्रमा २–१ को जितसहित अन्तिम १६ मा पुगेको छ । स्पोर्टिङ गिजोनलाई दोस्रो लेगमा ३–१ ले हराएको एइबर समग्रमा ५–२ तथा रियल बेटिसलाई ३–१ ले हराएको डिप्रोटिभो ला कोरुना समग्रमा ३–२ को जितसहित अन्तिम १६ मा पुगेका छन् ।
Read more
Saturday, December 24, 2016
आर्चरी खेल उदयपुरको गाईघाटमा सञ्चालन हुने

६ पुस,२०७३  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेल उदयपुरको गाईघाटमा सञ्चालन हुने भएको छ । राष्ट्रिय आर्चरी खेल ब्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरेर आगामी ९ देखि ११ गतेसम्म सञ्चालन गर्ने गरी खेल तालिका सार्वजनिक गरेको हो । 
ब्यवस्थापन समितिका संयोजक किरण राईले आर्चरी खेल तीन विधामा सञ्चालन गरिने जानकारी दिनुभयो । प्रतियोगिताका लागि देशभरबाट २५ जना महिला र ६५ जना पुरुष खेलाडीको सहभागिता रहने र एक डाइरेकटरसहित २० जना प्राविधिक परिचालन हुने संयोजक राईले बताउनुभयो । संयोजक राईले भन्नुभयो ‘उदयपुरको निम्ति यो सुनौलो अवसर रहेको भन्दै सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको छ ।’  
सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा सञ्चालन हुने प्रतियोगितामा रिकर्व ओपन, कम्पाउन्ड आर्चरी र स्ट्याण्डर्ड आर्चरी जुनियर गरी तीन विधा रहनेछ ।
Read more