९ पुस,२०७३ । सातौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जितेका छन् । इटहरी रंगशालमा शनिबार बिहान भएको १५ सय मिटर दौडमा हरिले स्वर्ण जितेका हुन् ।
नेपाली सेनाका हरिले ४ मिनेट ४ दशमलव ३८ सेकण्डमा निर्धारित दुरी पार गरे । १५ सय मिटर दौडमा सेनाकै छत्रबहादुर दाहालले रजत जिते उनले ४ मिनेट ४ दशमलव ७३ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । नेपाल पुलिसका करण खड्काले १५ सय मिटर दौडमा कास्य पदक जिते ।
महिलातर्फ सरस्वति भट्टराईलाई पहिलो स्वर्ण
यसैगरी महिलातर्फ १५ सय मिटर दौडमा सेनाकै सरस्वति भट्टराईले बाजी मारिन् । उनी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदत जित्ने पहिलो महिला हुन् । उनले निर्धारित दुरी ४ मिनेट ४३ सेकेण्डमा पार गरिन् ।
सरस्वति ५ वर्षअघि सुदूरपश्चिमाञ्चलमा भएको प्रतियोगितामा घरेलु टोलीका तर्फबाट सहभागी भएकी थिइन् । त्यतिबेला चौथो भएकी उनी तीन वर्षअघि नेपाली सेनामा भर्ना भएकी हुन् । उनी ब्राजिलको रियो द जेनेरियोमा भएको ओलम्पिकमा समेत सहभागी भइसकेकी छिन् । महिलातर्फको राजत पदक सशस्त्र प्रहरीको एपिएफ क्लबकी पुमली रानाले जितिन् भने कास्य पदक आर्मीकी लक्ष्मी पाण्डेले जितिन् ।
0 comments