Open top menu
Sunday, April 2, 2017
मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररलाई

पाँचौं मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । फाइनलमा चिर प्रतिद्वन्द्वी राफेल नाडाललाई हराएर फेडेररले उपाधि उचालेका हुन् ।

विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका राफेल नाडाललाई ६–३ र ६–४ को सेटमा हराएर उपाधि उचालेका हुन् । स्वीस फेडेररले निक किरिओसलाई ७–६, ६–७ र ७–६ को सेटमा हराएर फाइनलमा स्थान बनाएका थिए । 

यस्तै सातौं बरियताका स्पेनिस नाडालले सेमिफाइनलमा ४० औं बरियताका फाबियो फोग्निनीलाई ६–१ र ७–५ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका थिए । मायामी ओपनको फाइनल भेट फेडेरर र नाडालबिचको ३७ औं भेट थियो । फेडेररले गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए । 
मायामी ओपनको उपाधि तेश्रोपटक जितेका फेडेररले यसले आफूलाई फ्रेन्च ओपनमा राम्रो प्रदर्शन गर्ने हौसला मिलेको बताए । घुँडाको चोटका कारण लामो समय कोर्टमा नदेखिएका ३५ वर्षे फेडेरर मायामी ओपनको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि भएका छन् ।

Read more
लिग लिडर चेल्सीको अप्रत्यासित हार

लिग लिडर चेल्सीले अप्रत्यासित हार ब्यहोरेपछि इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । गए राति आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा उ  क्रिस्टल प्यालेससंग २–१ ले पराजित भयो । खेलको ५ औ मिनेटमा सेस फाब्रिगासको गोल मार्फत अग्रता लिएपनि त्यसको ६ मिनेटमा २ गोल खाएको थियो ।


खेलपछि चेल्सी प्रशिक्षक एन्टोनी कोन्टेले अप्रत्यासित हारले प्रिमियर लिगको उपाधि यात्रा अझ रोचक बनेको प्रतिक्रिया दिए । लिगमा ९ खेल बाँकी रहदा लण्डन क्लब, दोस्रो स्थानको टोटनह्याम भन्दा ७ अंकले अघि छ । अर्को खेलमा टोटनह्यामले वर्नलीलाई २–० ले पराजित गरेको छ । त्यस्तै, लिभरपुलले एर्भटनलाई ३–१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
शीर्ष चार भित्र पर्न संघर्षरत म्यानचेष्टर युनाईटेडले भने वेष्ट ब्रोमसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । पछिल्लो नतिजाले शीर्ष चारभित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने म्यान युको सम्भावना कम्जोर बनेको छ । ९ खेल बाँकी छदा म्यान यु चौथो स्थामा रहेको म्यान्चेष्टर सिटी भन्दा ४ अंकले पछाडी छ ।
२० चैत्र, २०७३
Read more
Friday, March 24, 2017
आयरल्याण्ड द्धारा अफगानिस्तान सामु २३० रनको लक्ष्य

उत्तम रिजाल, अफगानिस्तान विरुद्धको पाँचौ तथा निर्णायक खेलमा आयरल्याण्डले २३० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

इण्डीयाको नोयडामा टस जितेर ब्याटिङ्ग गरेको उसले उत्कृष्ट शुरुवात गरेपनि मध्य पंक्तिका ब्याट्समेन टिक्न नसक्दा उ ४८.१ ओभरमा २ सय २९ रनमै समेटिएको थियो ।


उसका लागी ओपनर पउल स्टर्लिङ्गले सर्बाधिक ५१, एड जोइसले ४२ तथा कप्तान विलियम पोटरफिल्ड र नेल ओब्रेनले समान ३४ रनको योगदान दिन बाहेक अन्यले खासै प्रदर्शन गर्न सकेनन् । बलिङ्गतर्फ रसिद खानले ४, फरिद अहमदले ३ तथा दवलत जद्रानले २ विकेट लिए । पाँच म्याचको श्रृंखला दुई–दुईको बराबरीमा रहेकोले पनि सिरीज हातपार्न आजको खेलमा दुबै टिमलाई जित्नै पर्ने दबाब रहेको छ ।
 
११ चैत्र, २
Read more
Thursday, March 23, 2017
अफगानिस्तान र आयरल्याण्डबीचको निर्णायक खेल आज

अफगानिस्तान र आयरल्याण्डबीचको पाँच एक दिवसीय क्रिकेट श्रृंखलाको निर्णायक खेल आज हुँदैछ ।

इण्डीयाको नोयडामा नेपाली समय अनुसार विहान पौने दश बजेबाट खेल शुरु हुँदैछ । पाँच म्याचको श्रृंखलामा दुबै टोलीले दुई–दुई खेल जितेका छन् ।




११ चैत्र, २०७३
Read more
Wednesday, March 22, 2017
आयरल्याण्ड ३ विकेटले विजयी

अफगानिस्तान विरुद्धको चौथो वण्डेमा आयरल्याण्ड ३ विकेटले विजयी भएको छ । अफगानिस्तानले प्रस्तुत गरेको  २ सय २१ रनको लक्ष्य उसले खेल सकिन १९ बल अगावै पुरा गर्यो ।
ओपनर ब्याट्समेन पउल स्टर्लिङ्गलाई  २८, एड जोयसलाई २४ तथा कप्तान विलियम पोटरफिल्डलाई  ६ रनमा गुमाउँदा ३ विकेटको क्ष्यतिमा आयरल्याण्डले मात्र  ५९  रन जोडेको थियो । त्यसपछि दबाबमा रहेको उसले एक सय  ३० रन जोड्दा  ६ विकेट  गुमाएर पराजयतर्फ  धकेलिएको उसका लागी विकेट किपर  गेरी विल्सल  र  केबिन ओब्रेनले  ६६ रनको साझेदारी गरेपछि टोली जितको नजिक पुगेको थियो । ६७ बलको सामना गरेका विल्सन  ३ चौकाको सहायतामा  ४१  रनमा आउट भए ।

त्यसपछि  क्रिजमा आएका जर्ज डकरेल  र ओब्रेनले टिमलाई जीत दिलाए । अविजित यात्रा तय गरेका डकरेलले १० बलको सामनामा ५ तथा ६० बलको सामना गरेका ओब्रेनले विष्फोटक ब्याटिङ्ग गर्दै ८ चौका र २ छक्काको सहायतामा ७२ रन जोडे । उनले ४७ औं ओभरको पाँचौ बलमा चौका प्रहार गरेसँगै आयरल्याण्डले २ सय २४ रन बनाएको थियो । ओब्रेन नै म्यान अफ दि म्याच घोषित भए । बलिङ्गतर्फ मोहम्मद नाबीले ४ तथा रसिद खानले २ विकेट लिए ।
यसअघि इण्डीयाको नोयडामा टस जितेर ब्याटिङ्ग गरेको अफगानिस्तानले आफ्ना आक्रामक र भरोसादार खेलाडीलाई सस्तैमा गुमाएपछि अफगानिस्तान एक सय २० रनमा समेटिएको थियो ।

उसले खेल सकिन एक बल अगाबै सबै विकेट गुमायो । अफगानिस्तानले आफ्ना ६ ब्याट्समेनलाई दोहोरो अंकको रन जोड्न नपाउँदै गुमायो । ओपनर मोहम्मद सहजाद एक रनमा आउट हुँदा उस्मान घानी तीन रनमा पेवेलियन फर्किए । त्यसपछि अर्का आक्राम ब्याट्समेन राहत शाहले खाता खोल्नै भ्याएनन् । ११ रन जोड्दा ३ विकेट गुमाएको उसले ८३ रन जोड्दा थप ४ विकेट गुमाएको थियो । त्यसपछि १४२ रन जोड्दा आठौं विकेट गुमाएको थियो । 
उसका लागी सफिकउल्लाहले सर्बाधिक ४२ तथा मोहम्मद नाबी र दौलत जद्रानले समान ४१ रनको योगदान दिए । जद्रान अविजित रहेका थिए । कप्तान अस्घर तनिकजाइले ३५ रनको योगदान दिएका थिए । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा केविन ओब्रेनले ४, जाकोब मुल्डरले ३ र एण्डी म्याकब्रेनले २ विकेट लिए ।
जितसँगै पाँच म्याचको श्रृंखला २–२ को बराबरीमा पुगेको छ । पाँचौ तथा अन्तिम म्याच पर्सी शुक्रबार नोयडामा हुनेछ ।

९ चैत्र, २०७३

Read more
अफगानिस्तानद्धारा आयरल्याण्ड सामु २२१ रनको लक्ष्य प्रस्तुत

उत्तम रिजाल,  आयरल्याण्ड विरुद्धको चौथो वण्डेमा अफगानिस्तानले २ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । इण्डीयाको नोयडामा जारी खेलमा टस जितेर ब्याटिङ्ग गरेको अफगानिस्तानले आफ्ना आक्रामक र भरोसादार खेलाडीलाई सस्तैमा गुमाएपछि कम लक्ष्य दिएको हो ।

उसले खेल सकिन एक बल अगाबै सबै विकेट गुमायो । अफगानिस्तानले आफ्ना ६ ब्याट्समेनलाई दोहोरो अंकको रन जोड्न नपाउँदै गुमायो । ओपनर मोहम्मद सहजाद एक रनमा आउट हुँदा उस्मान घानी तीन रनमा पेवेलियन फर्किए । त्यसपछि अर्का आक्राम ब्याट्समेन राहत शाहले खाता खोल्नै भ्याएनन् । ११ रन जोड्दा ३ विकेट गुमाएको उसले ८३ रन जोड्दा थप ४ विकेट गुमाएको थियो । त्यसपछि १४२ रन जोड्दा आठौं विकेट गुमाएको थियो । 

उसका लागी सफिकउल्लाहले सर्बाधिक ४२ तथा मोहम्मद नाबी र दौलत जद्रानले समान ४१ रनको योगदान दिए । जद्रान अविजित रहेका थिए । कप्तान अस्घर तनिकजाइले ३५ रनको योगदान दिएका थिए । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा केविन ओब्रेनले ४, जाकोब मुल्डरले ३ र एण्डी म्याकब्रेनले २ विकेट लिए । पाँच म्याचको श्रृंखलामा अफगानिस्तान २–१ ले अघि रहेको छ । 
 

९ चैत्र, २०७३
Read more
Tuesday, March 21, 2017
घानाका रेफ्रीलाई आजीवन प्रतिबन्ध

एजेन्सी  विश्व फुटबल महासंघ फिफाले घानाका रेफ्री जोसेप ल्याम्पटीलाई फुटबल गतिविधिबाट आजीवन प्रतिबन्ध लगाएको छ । नियोजित रुपमा खेल हेरफेर गरेको भन्दै फिफाले राष्ट्रिय र अन्तराष्ट्रिय फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
विश्वकप छनोट अन्र्तगत गत नेभेम्वरमा साउथ अफ्रिका र सेनेगलबीचको खेलको नतिजामा नियोजित हेरफेर गरेको भन्दै फिफाले प्रतिबन्ध लगाएको जनाएको छ ।  सेनेगलका खेलाडीले ह्यान्ड बल गरेको भन्दै रेफ्री जोसेफले पेनाल्टी दिएपनि रिप्लेमा त्यो घुडामा लागेको देखिएको थियो । सो खेल साउथ अफ्रिकाले २–१ ले जित्दै ४ टोली समुहको दोस्रो स्थानमा उक्लिएको थियो ।

आजिवन प्रतिबन्धको निर्णय बिरुद्ध ल्याम्पटीले फिफा र खेलकुदको सर्वोच्च अदालत कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्टसमा अपिल गर्न पाउनेछन ।
चैत्र ८, २०७३
Read more
Monday, March 20, 2017
इण्डीया र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबरी

इण्डीया र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट बराबरीमा सकिएको छ । आज पाँचौ तथा अन्तिम दिन पाहुँना टोली अष्ट्रेलियाले पुरै खेलेपछि तेस्रो टेष्ट बराबरीमा सकिएको हो । चौथो दिन ७.२ ओभरमा २ विकेट गुमाएर दबाबमा रहेको कंगारु टोलीका लागी आज थप दबाब रहेको थियो । आज ओपनर ब्याट्समेन म्याट रेन्स १५ तथा कप्तान स्टेभन स्मिथ २१ रनमा आउट भएपछि पाहुना टोली संकटमा परेको थियो । यद्यपी सन मार्स र पेटर हेन्ड्सकोम्बको साझेदारी घरेलु टोली इण्डीयाको लागी बाधक बन्यो ।

स्मिथलाई चौथो विकेटमा गुमाउँदा मात्र ६३ रन जोडेको कंगारु टोलीका लागी मार्स र हेन्ड्सकोम्बको जोडीले एक सय ८७ रन सम्म पुर्याएका थिए । आज बाँकी  ९२.४  ओभर  मात्र  खेल्नु  पर्ने  भएकोले  पाहुना  टोली संकटमा  परेसँगै पुरै ओभर टिक्न संघर्षरत थियो । मार्स रविन्द्र जडेजाको बलमा मुरली विजयद्धारा समातिएका थिए । उनले एक सय ९७ बलको सामनामा ७ चौकाको सहायताले ५३ रन जोडे । उनी ९१.२ ओभरमा आउट भएका थिए ।
त्यसपछि क्रिजमा आएका आक्रामक ब्याट्समेन ग्लेन म्याक्सवेल मात्र  २ रनमा पेवेलियन फर्किएपनि  ह्याण्ड्सकोम्ब र विकेट किपर म्याथ्यु वाडले अविजित खेलेका थिए । २०० बल खेलेका ह्याण्ड्सकोम्ब ७ चौका प्रहार गर्दै ७२ रनमा रहे भने वाडले १६ बलमा २ चौका हान्दै ९ रन जोडे । खेल सकिंदा पाहुना टोलीले एक सय ओभरमा ६ विकेटको क्ष्यतिमा २ सय ४ रन बनाएको थियो । बलिङ्गतर्फ रविन्द्र जडेजाले ४ तथा इशान्त शर्मा र रविचन्द्रन अश्विनले समान एक विकेट लिए ।
यसअघि राँचीमा टस जितेर ब्याटिङ्ग गरेको पाहुना टोली अष्ट्रेलियाले पहिलो इनिङ्गमा कप्तान स्टेभन स्मिथको सर्बाधिक अविजित एक सय ७८ तथा ग्लेन म्याक्सवेलको एक सय ४ रनको मद्दतमा १३७.३ ओभरमा ४ सय ५१ रन बनाएको थियो । 
जवाफमा घरेलु टोली इण्डीयाले उत्कृष्ट प्रदर्शन गर्दैै चेतेश्वर पुजराको २ सय २ , ऋद्धिमान शाहाको एक सय १७ तथा ओपनर मुरली विजयको ८२ र लोकेश राहुलको ६७ रनको मद्दतमा २१० ओभरमा ९ विकेटको क्ष्यतिमा ६ सय ३ रन बनाउँदै इनिङ्ग समाप्तिको घोषणा गरेको थियो । 
यो बराबरीसँगै चार टेष्ट म्याचको श्रृंखला एक / एक को बराबरीमा कायमै रहेको छ । यो खेलको म्यान अफ दि म्याच चेतेश्वर पुजरा भए । चौथो तथा अन्त्मि टेष्ट १२ गतेबाट धर्मशालामा शुरु हुनेछ ।
७ चैत्र,२०७३
Read more