आर्चरी खेल उदयपुरको गाईघाटमा सञ्चालन हुने
६ पुस,२०७३। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेल उदयपुरको गाईघाटमा सञ्चालन हुने भएको छ । राष्ट्रिय आर्चरी खेल ब्यवस्थापन समितिले बुधबार पत्रकार सम्मेलन गरेर आगामी ९ देखि ११ गतेसम्म सञ्चालन गर्ने गरी खेल तालिका सार्वजनिक गरेको हो ।
ब्यवस्थापन समितिका संयोजक किरण राईले आर्चरी खेल तीन विधामा सञ्चालन गरिने जानकारी दिनुभयो । प्रतियोगिताका लागि देशभरबाट २५ जना महिला र ६५ जना पुरुष खेलाडीको सहभागिता रहने र एक डाइरेकटरसहित २० जना प्राविधिक परिचालन हुने संयोजक राईले बताउनुभयो । संयोजक राईले भन्नुभयो ‘उदयपुरको निम्ति यो सुनौलो अवसर रहेको भन्दै सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको छ ।’
सदरमुकाम गाईघाटस्थित थारुहट रंगशालामा सञ्चालन हुने प्रतियोगितामा रिकर्व ओपन, कम्पाउन्ड आर्चरी र स्ट्याण्डर्ड आर्चरी जुनियर गरी तीन विधा रहनेछ ।
.png)



इङ्गल्याण्डका लागि केटोन जेनिङ्सले ५४, कप्तान एलेष्टर कुकले ४९ तथा मोइन अलिले ४४ रन बनाउनुबाहके अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । इङ्गल्याण्डका ७ ब्याट्समेन दोहोरो अंकको रन नजोड्दै पेवेलियन फर्किएका थिए।









उसका लागी मोइन अलिले एक सय ४६,जोइ रुटले ८८ तथा लिएम डावसनले अविजित ६६ र आदिल रसिदले ६० रनको योगदान दिएका थिए । पाँच टेष्टको श्रृंखला घरेलु टोली इण्डीयाले तीन शुन्यले जितिसकेको छ ।




जबाफमा एक सय ५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ओपनर आसिफ सेखलाई एक तथा अर्का आक्रामक ब्याट्समेन आदिल खानलाई विना कुनै रनमा गुमाएको थियो । टिमको स्कोर ६ रन भएको अबस्थामा दुई विकेट गुमाएको नेपालले ३९ रनमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि दबाबमा रहेको नेपालले ६२ मा चौथो विकेट गुमायो । ओपनर अभिनास कर्ण २९ रन जोड्दै आउट भए । त्यसपछि आस गरिएका दिपेन्द्रसिंह ऐरी पनि २२ रन जोड्दै आउट हुँदा नेपालले मात्र ८० रन जोडेको थियो । त्यसपछि विकेट किपर प्रकाश केसी दोस्रो बलको सामना गर्ने क्रममा विरन्दिप सिंहको बलमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८० रनमै छैटौ विकेट गुमाएको थियो । त्यसपछि पराजय उन्मुख रहेको नेपालका लागी रोहित कुमार पौडेलले केहि सम्माले पनि उनीपनि १२ रन जोड्दै मोहम्मद अमिरको बलमा बोल्ड आउट भए ।
त्यपछि झन दबाबमा रहेको नेपालले एक सय ८ रनमा आठौ विकेट गुमाएको थियो । आठौ विकेट झरेसँगै समुह चरणको अन्तिम खेलमा मात्र भएपनि जित निकाल्ने सोचमा रहेको नेपाल पराजय नजिक पुगेको थियो । त्यसपछि अनिल शाहाले सम्मालिदै ब्याटिङ्गगर्दा टिमलाई जित नजिक पुर्याए । उनले ६६ बलको सामना गर्दै ३२ रनको योगदान दिए । उनी नौ औं विकेट स्वरुप आउट हुँदा नेपालले एक सय ४५ रन जोडेको थियो । शाहालाई पबन सराफले साथ दिएका थिए । सराफ ६७ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतमा २९ रनमा अविजित रहे । टिमलाई जित दिलाउने क्रममा अन्तिम विकेटका रुपमा क्रिजमा आएका कप्तान संन्दिप लामिछानेले तीन बलमा तीन रनको योगदान दिए । यसअघि समुह चरणका दुई खेल गुमाएसँगै प्रतियोगिताबाट बाहिरीसकेको नेपालले जितको स्वाद पाएपनि आस गरिए अनुसारको भने खेल खेल्न सकेन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले र दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो ।