५ पुस,२०७३। स्पिनर रविन्द्र जडेजा एक्लैले ७ विकेट लिएपछि इण्डीयाले इङ्गल्याण्ड विरुद्धको पाँचौ तथा अन्तिम टेष्ट पनि जितेको छ । उसले एक इनिङ र ७५ रनले खेल जितेको हो ।
पहिलो इनिङ्गमा २ सय ८२ रनले पछि परेको इङ्गल्याण्डले दोश्रो इनिङ्गमा २ सय ७ रन मात्र बनाएपछि इण्डीया विजयी भएको हो । इङ्गल्याण्डलाई सस्तैमा समेट्ने क्रममा इसान्त शर्मा, उमेश यादव र अमित मिश्राले पनि एक एक विकेट लिए ।


- घरेलु टोली इण्डीयाले भने पहिलो इनिङ्गमा करुण नायरको अविजित ३ सय ३ , ओपनर लोकेश राहुलको १ सय ९९ तथा विकेटकिपर पार्थिब पटेलको ७१ रनको मद्दतमा ७ सय ५९ रन बनाएसँगै इनिङ्ग समाप्तीको घोषणा गरेको थियो । यो जितसँगै पाँच टेष्ट म्याचको श्रृंखला घरेलु टोलि इण्डीयाले चार शुन्यले जितेको छ । पहिलो टेष्ट बराबरी भएको थियो ।
0 comments