Open top menu
Tuesday, December 20, 2016
जडेजा एक्लैले ७ विकेट लिएपछि इङ्गल्याण्ड विरुद्धको पाँचौ टेष्टमा पनि इण्डीया विजयी

५ पुस,२०७३   स्पिनर रविन्द्र जडेजा एक्लैले ७ विकेट लिएपछि इण्डीयाले इङ्गल्याण्ड विरुद्धको पाँचौ तथा अन्तिम टेष्ट पनि जितेको छ । उसले एक इनिङ र ७५ रनले खेल जितेको हो ।पहिलो इनिङ्गमा २ सय ८२ रनले पछि परेको इङ्गल्याण्डले दोश्रो इनिङ्गमा २ सय ७ रन मात्र बनाएपछि इण्डीया विजयी भएको हो । इङ्गल्याण्डलाई सस्तैमा समेट्ने क्रममा इसान्त शर्मा, उमेश यादव र अमित मिश्राले पनि एक एक विकेट लिए ।
engइङ्गल्याण्डका लागि केटोन जेनिङ्सले ५४, कप्तान एलेष्टर कुकले ४९ तथा मोइन अलिले ४४ रन बनाउनुबाहके अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । इङ्गल्याण्डका ७ ब्याट्समेन दोहोरो अंकको रन नजोड्दै पेवेलियन फर्किएका थिए।
India's captain Virat Kohli, right, and Umesh Yadav celebrate the dismissal of England's Adil Rashid during their fifth day of the fifth cricket test match in Chennai, India, Tuesday, Dec. 20, 2016. (AP Photo/Tsering Topgyal)
घरेलु टोली इण्डीयाले भने पहिलो इनिङ्गमा करुण नायरको अविजित ३ सय ३ , ओपनर लोकेश राहुलको १ सय ९९ तथा विकेटकिपर पार्थिब पटेलको ७१ रनको मद्दतमा ७ सय ५९ रन बनाएसँगै इनिङ्ग समाप्तीको घोषणा गरेको थियो । यो जितसँगै पाँच टेष्ट म्याचको श्रृंखला घरेलु टोलि इण्डीयाले चार शुन्यले जितेको छ । पहिलो टेष्ट बराबरी भएको थियो ।
Read more
Monday, December 19, 2016
पाकिस्तान विरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया विजयी

४ पुस,२०७३   पाकिस्तान विरुद्धको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया ३९ रनले विजयी भएको छ । व्रिसबर्नमा ४ सय ८० रनको लक्ष्य लिएर जबाफी ब्याटिङ्ग गरेको पाहुना टोली एक सय ४५ ओभरमा ४ सय ५० रनमा समेटिएसँगै घरेलु टोली विजयी भएको हो ।
पाकिस्तानका लागी म्यान अफ दी म्याच असाद सफिकले सतक बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन् । उनले २ सय ७ बलको सामना गर्दै १३ चौका र एक छक्काको सहायताले एक सय ३७ रन बनाए । त्यस्तै ओपनर अजहर अलीले ७१,पुर्व कप्तान युनिस खानले ६५ तथा मोहम्मद अमिरले ४८ रन बनाएका थिए ।
पहिलो इनिङ्गमा खराब प्रदर्शन गरेको पाहुना टोली मात्र एक सय ४२ रनमा समेटिएको थियो । उता पहिलो इनिङ्गमा ४ सय २९ रनमा समेटिएको घरेलु टोली अष्ट्रेलियाले दोस्रो इनिङ्गमा ५ विकेट गुमाएर २ सय २ रन बनाउँदा इनिङ्ग समाप्तीको घोषणा गरेको थियो । जीतसँगै तीन टेष्ट म्याचको श्रृंखलामा घरेलु टोलीले एक शुन्यको अग्रता लिएको छ ।  
Read more
महिला फुटबलमा आर्मी र पुलिसको दोश्रो जित


४ पुस,२०७३  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा सेनाको त्रिभूवन आर्मी  र नेपाल पुलिस क्लवले  लगातार दोश्रो जित निकालेका छन् । 
सुनसरीको दुहबीमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ३-० ले हरायो । आर्मीका लागि सुष्मिता तामाङ्गले १५ औं मिनटमा गोल गरिन् गरिन भने  खेलको ५४ औं र ७० औं मिनटमा ईन्दिरा राईले गोल गर्दै आर्मीको जित पक्का गरिन् । आर्मीकी ईन्दिरा राई वुमन अफ द म्याच चुनिइन् । अर्को खेलमा प्रहरीले पश्चिमाञ्चललाई ४- ० ले पाखा लगायो । 
विजयी टिमका लागि वुमन अफ दि म्याच यशोदा लामाले खेलको १९ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि २९ औं मिनटमा निरु थापाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारिन् । यस्तै श्रृजना खड्काले खेलको ४६ औं मिनटमा गोल थपिन् । त्यसपछि ५७ औं मिनटमा मञ्जु गुरुङ्गले गोल  गरिन् । जितसँगै दुबै टोलिले उपाधि दाबेदारी प्रस्तुत गरेका छन् ।
Read more
आर्मी र पुलिस विजयी


३ पुस,२०७३  ।  विभागीय टोली सेनाको  त्रिभुवन आर्मी क्लब  नेपाल पुलिस क्लबले सुनसरीको दुहबीमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा  जित हासिल गरेका छन्। प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा समूह ‘ख’ अन्तर्गत भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले मध्य पश्चिमाञ्चललाई ३-०  ले  निराश पार्‍यो।
पुजा रानाले तेस्रो मिनेटमा अग्रता दिलाएको आर्मीका लागि भुजंगा राईले २४ औं मिनेटमा दोस्रो गोल गरिन। पहिलो हाफमा दुई गोलको अग्रता लिएको आर्मीका लागि ६८ औं मिनेटमा वैकल्पिक खेलाडी क्रान्ती आलेले अर्को गोल गर्दै जित पक्का पारिन। मध्यान्तरपछि सुस्मिता तामाङलाई स्थानान्तरण गर्दै क्रान्ती मैदान प्रवेश गरेकी थिइन। आर्मीकी मनिषा राउत उत्कृष्ट खेलाडी घोषित भइन। 
army-girls
त्यस्तै समूह ‘क’ मा पुलिसले  सुदूर पश्चिमाञ्चलमाथि ३-० को नतिजा निकाल्यो। पूरा समय खेलमा नियन्त्रण राखेको पुलिसका लागि पाँचौं मिनेटमै नीरु थापाले अग्रता दिलाएकी थिइन। यशोदा लामाले ३१ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० ले अघि बढाइन। दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै रुपा मगरले तेस्रो गोल गर्दै पुलिसको जित पक्का गरिन।
पुलिसका लागि पहिलो गोल गरेकी निरु थापा खेलको उत्कृष्ट खेलाडी घोषित भइन। समूह ‘क’ मा अघिल्लो दिन अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुआत गरिसकेको थियो। आइतबारको नतिजापछि पुलिस र एपिएफ समान तीन अंकका साथ सेमिफाइनलको बलियो हकदारका रुपमा प्रस्तुत भएका छन्। प्रतियोगितामा सोमबार समूह ‘क’ मा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबसँग खेल्नेछ भने समूह ‘ख’ मा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
Read more
अन्तिम टेष्टको पहिलो इनिङ्गमा पनि इण्डीयाको उत्कृष्ट प्रदर्शन


उत्तम रिजाल, ३ पुस,२०७३ /    इङ्गल्याण्ड विरुद्धको पाँचौ तथा अन्तिम टेष्ट क्रिकेटमा पनि घरेलु टोली इण्डीयाले उत्कृष्ट प्रदर्शन गरेको छ । चेन्नईमा पाहुना टोलीलाई ४ सय ७७ रनमा समेट्दै आफ्नो इनिङ्ग शुरु गरेको उसले तेस्रो दिनको खेल सकिंदा सम्म चार विकेटको क्षतिमा ३ सय ९१ रन जोडेको छ ।
घरेलु टोलीका लागी ओपनर लोकेश राहुलले सर्बाधिक एक सय ९९ तथा विकेट किपर पार्थिब पटेलले ७१ रनको योगदान दिए । क्रिजमा करुन नाएर ७१ तथा मुरली विजय १७ रन बनाएर खेलिरहेका छन् । यसअघि टस जितेर ब्याटिङ्ग गरेको पाहुना टोली इङ्गल्याण्डले पहिलो इनिङ्गमा एक सय ५७ दशमलव २ ओभर खेल्दै ४ सय ७७ रन जोडेको थियो ।engउसका लागी मोइन अलिले एक सय ४६,जोइ रुटले ८८ तथा लिएम डावसनले अविजित ६६ र आदिल रसिदले ६० रनको योगदान दिएका थिए । पाँच टेष्टको श्रृंखला घरेलु टोली इण्डीयाले तीन शुन्यले जितिसकेको छ ।
Read more
पाकिस्तान विरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया जित नजिक


उत्तम रिजाल, ३ पुस,२०७३      पाहुना टोलि पाकिस्तान विरुद्धको पहिलो टेष्टमा घरेलु टोलि अष्ट्रेलिया जितको नजिक पुगेको छ । ब्रिसवर्नमा जारी पहिलो टेष्टको चौथो दिनको खेल सकिंदा सम्म ४ सय ९० रनको लक्ष्य पाएको पाहुना टोलिले आठ विकेट गुमाएर ३ सय ८२ रन जोडेको छ ।
घरेलु टोलिले भने पहिलो इनिङ्गमा कप्तान स्टेभन स्मिथको एक सय ३० तथा पिटर ह्याण्डसकोम्बको एक सय ५ रनको मद्दतमा ४ सय २९ रन बनाएको थियो भने दोस्रो इनिङ्ग ३९ ओभरमा पाँच विकेटको क्षतिमा २०२ रनमा डिक्लियर गरेको थियो । पाकिस्तानलाई जितका लागि अझै एक सय ८ रनको आवश्यकता रहेको छ । पाकिस्तानले भोली पाँचौ तथा अन्तिम दिनको खेल तीन सय ८२ रनबाट खेल्न शुरु गर्नेछ । भोलिको पहिलो बलको सामना असाद सफिकले गर्नेछन् ।
david-warner
पहिलो इनिङ्गमा ५५ ओभरमा एक सय ४२ रनमा समेटिएको उसका लागि ओपनर अजहर अलिले ७१ तथा पुर्व कप्तान युनिस खानले ६५ तथा मोहम्मद अमीरले ४८ रनको योगदान दिए । क्रिजमा असाद सफिक एक सय ४० बलको सामना गर्दै दश चौका र एक छक्काको सहायताले एक सय रनमा छन् भने यासिर शाहा तीन बलको सामनामा चार रनमा छन् ।
Read more
मलेशिया विरुद्ध नेपालको कठिन जित



कोलम्बोमा टस हारेर ब्याटिङ्ग गरेको मलेशियाले ४४ दशमलव ४ ओभरमा एक सय ५३ रन बनाएको थियो । उसका लागि कप्तान विरन्दिप सिंहले सर्वाधिक ७५,मोहम्मद हासिफले २१ र सैफ उल्लाह मल्लिकले ११ रनको योगदान दिन बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । आठ रनमा पहिलो विकेट गुमाएको मलेशियाले दोस्रो विकेट पनि आठ रनमै गुमाएको थियो । ४८ मा तेस्रो,५७ मा चौथो,७३ मा पाँचौ,७९ मा छैटौ,८५ मा सातौ,एक सय २० मा आठौ र एक सय ३७ मा नौ औं विकेट गुमाएको थियो । मलेशियालाई सस्तैमा समेट्ने क्रममा बलिङ्गतर्फ नेपालका आदिल खानले तीन तथा कप्तान संन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए ।nepal-u19-team2जबाफमा एक सय ५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ओपनर आसिफ सेखलाई एक तथा अर्का आक्रामक ब्याट्समेन आदिल खानलाई विना कुनै रनमा गुमाएको थियो । टिमको स्कोर ६ रन भएको अबस्थामा दुई विकेट गुमाएको नेपालले ३९ रनमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि दबाबमा रहेको नेपालले ६२ मा चौथो विकेट गुमायो । ओपनर अभिनास कर्ण २९ रन जोड्दै आउट भए । त्यसपछि आस गरिएका दिपेन्द्रसिंह ऐरी पनि २२ रन जोड्दै आउट हुँदा नेपालले मात्र ८० रन जोडेको थियो । त्यसपछि विकेट किपर प्रकाश केसी दोस्रो बलको सामना गर्ने क्रममा विरन्दिप सिंहको बलमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८० रनमै छैटौ विकेट गुमाएको थियो । त्यसपछि पराजय उन्मुख रहेको नेपालका लागी रोहित कुमार पौडेलले केहि सम्माले पनि उनीपनि १२ रन जोड्दै मोहम्मद अमिरको बलमा बोल्ड आउट भए ।nepal-2016त्यपछि झन दबाबमा रहेको नेपालले एक सय ८ रनमा आठौ विकेट गुमाएको थियो । आठौ विकेट झरेसँगै समुह चरणको अन्तिम खेलमा मात्र भएपनि जित निकाल्ने सोचमा रहेको नेपाल पराजय नजिक पुगेको थियो । त्यसपछि अनिल शाहाले सम्मालिदै ब्याटिङ्गगर्दा टिमलाई जित नजिक पुर्याए । उनले ६६ बलको सामना गर्दै ३२ रनको योगदान दिए । उनी नौ औं विकेट स्वरुप आउट हुँदा नेपालले एक सय ४५ रन जोडेको थियो । शाहालाई पबन सराफले साथ दिएका थिए । सराफ ६७ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतमा २९ रनमा अविजित रहे । टिमलाई जित दिलाउने क्रममा अन्तिम विकेटका रुपमा क्रिजमा आएका कप्तान संन्दिप लामिछानेले तीन बलमा तीन रनको योगदान दिए । यसअघि समुह चरणका दुई खेल गुमाएसँगै प्रतियोगिताबाट बाहिरीसकेको नेपालले जितको स्वाद पाएपनि आस गरिए अनुसारको भने खेल खेल्न सकेन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले र दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो ।
Read more
Sunday, December 18, 2016
 एशिया कपमा नेपालको कम्जोर प्रदर्शन समुहको अन्तिम खेलमा पनि पराजय नजिक


उत्तम रिजाल, ३ पुस,२०७३ / श्रीलंकामा जारी अण्डर नाइन्टीन एसिया कप क्रिकेटमा नेपालले कम्जोर प्रदर्शन गरेको छ ।
लगातार दुई खेलमा पराजय भोगेसँगै प्रतियोगिताबाट बाहिरीसकेको उ मलेशिया विरुद्धको समुहको अन्तिम खेलमा पनि पराजय नजिक पुगेको छ । कोलम्बोमा टस हारेर ब्याटिङ्ग गरेको मलेशियाले प्रस्तुत गरेको एक सय ५४ रनको झिनो लक्ष्य पच्याएको नेपालले अहिले सम्म आठ विकेट गुमाइ सकेको छ । ३३ ओभर सम्मको खेल सकिंदा नेपालले आठ विकेटको क्षतिमा एक सय १६ रन जोडेको छ । यसअघि मलेशिया भने निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाइ एक सय ५३ रन बनाएको थियो । 

उसका लागि कप्तान वीरन्दीप सिंहले सर्वाधिक ७५ , मोहम्मद हसिफले २१ र सैफ उल्लाह मल्लिकले ११ रनको योगदान दिएका थिए । अन्य ब्याट्समेन भने दोहोरो अंकको रन जोड्न नसक्दै आउट भए । बलिङ्गतर्फ नेपालका आदिल खानले तीन,कप्तान संदिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले २/२ तथा रोहित कुमार पौडेल र सुभांकर उरावले एक/एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ्ग गरिरहेको छ । समुह चरणका पहिला दुबै खेलमा पराजय भोगेका दुबै टोलि पहिलो जितको खोजिमा छन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले तथा दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो । 

Read more