Open top menu
Thursday, July 7, 2016
जर्मनीलाई पराजित गर्दै फ्रान्स युरोकपको उपाधि नजिक


२४ असार , २०७३ / बिश्वबिजेता जर्मनीलाई पाखा लगाउँदै आयोजक फ्रान्स युरोकप फुटबलको उपाधि नजिक पुगेको छ । आज बिहान सम्पन्न दोश्रो सेमिफाईनलमा बिश्वबिजेता जर्मनीलाई २–० को हार चखाउँदै आयोजक फ्रान्स प्रतियोगीताको अन्तिम दुई प्रबेश गरेको हो । ठुला प्रतियोगीतामा फ्रान्सले सन् १९५८ यता जर्मनीलाई हराएको यो पहिलो पटक हो ।  
फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । पहिलो हाफको ईन्ज्युरी समयमा ग्रीजम्यानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सका लागि खाता खोलेका थिए । जर्मनीका कप्तान बाष्टिएन स्वाईन्स टाईगरले डिबक्समा हेण्ड गरेपछि पाएको पेनाल्टीको अबसरलाई ग्रीजम्यानले सदुपयोग गरेका थिए ।  
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको फ्रान्सका लागी खेलको ७२ औ मिनेटमा ग्रीजम्यानले दोश्रो गोल गरे । जारी प्रतियोगीतामा उनले ६ गोल गर्दैै सर्बाधिक गोलकर्ताको सुचीको शिर्ष स्थानमा छन् ।
६८ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि जर्मनी प्रतियोगितामा अघि बढ्न भने सकेन । उसका ५ प्रहार फ्रान्सका गोलरक्षक हुगो लौरिसले बचाएका थिए । 
उपाधिका लागि फ्रान्सले पर्सि आइतवार पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल यस अघिनै वेल्समाथी २–० कै जित निकाल्दै अन्तिम दुई प्रबेश गरिसकेको छ। उपाधि भिडन्त पेरिसस्थित स्टेड डि फ्रान्समा हुनेछ ।  
Read more
नेपालबिरुद्धको खेलका लागि नेदरल्याण्डसद्वारा टोलीको घोषणा




२४ असार , २०७३  / नेपालबिरुद्धको बल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका लागी नेदरल्याण्डसले आफ्नो टोलीको घोषणा गरेको छ । सन् २०१४ को ट्वान्टी २० बिश्वकपमा बिराट कोहलीपछि सर्बाधिक रन बनाएका टिम ग्रुईजर्टस नेपालबिरुद्धको खेलमा डच टोलीमा परेका छन् । अलराउण्डर ग्रुइजर्टस नेदरल्याण्ड्सका भरपर्दा बलर समेत हुन् । चोटका कारण उनी २ बर्ष मैदान बाहिर थिए । 

१६ सदस्सीय टोलीको कमानी भने नियमित कप्तान पिटर बोरेनले सम्हाल्ने छन् । त्यस्तै वेस्ले बारिसी, वेन कोपर, भिभिएन किङमा, स्टेफन मेवर्ग, मिचेल रिपोन र पिटर सेलारले पनि टोलीमा स्थान बनाएका छन् । फाष्ट बलर असान मलिक, पउल भान मिक्रेन र सिकन्दर जुल्फिकर पनि नेपालबिरुद्धको खेलमा मैदान उत्रनेछन् । 

नेपालले भने नेदरल्याण्डस बिरुद्धको खेलका लागी टोलीको औपचारिक घोषणा गरेको छैन् । यद्यपी सोही खेलको तयारीका लागी भन्दै ईङल्याण्ड भ्रमणमा जाने १५ सदस्सीय टोलीको घोषणा भइसकेको छ । नेपालले नेदरल्याण्ड्सबिरुद्ध उसकै घरेलु मैदानमा आगामी अगष्ट १३ र १५ मा दुई एक दिबसीय खेल खेल्नेछ । 

६ खेलबाट ४ मा जित निकालेको नेदरल्याण्डस् अंक तालिकाको शीर्ष स्थानमा छ । बर्षाका कारण अबरुद्ध दुई खेलमा भने उसले अंक बाँडेको थियो । नेपाल भने ६ मध्ये २ मा जित निकाल्दै ४ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।  
Read more
गल्फ च्याम्पियनसिपको उपाधि शिवरामलाई

२३ असार , २०७३ / नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल एनपीजिए टुर च्याम्पियनसिप 
गल्फको  उपाधि जितेका छन् ।

    पार ७२ को गोकर्ण गल्फ क्लवमा आज रवि खड्कालाई प्लेअफमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियन शिवरामले सूर्य नेपाल गल्फ टुर २०१५—१६ को अन्तिम प्रतियोगिता आफ्नो नाममा गराए ।  
    फाइनल राउण्डमा दुबैले २ अण्डर ७० को स्कोर गरेपछि समग्रमा २ अण्डर २ सय ८६ को कार्ड लेखाएका थिए । अघिल्लो दिन शीर्ष स्थानमा रहेका भुवन नगरकोटी तेस्रो स्थानमा रहे । शिवरामले ट्रफीसहित नगद १ लाख जिते । रविको नाममा ६३ हजार र भुवनले ४५ हजार रुपैयाँमा चित्त बुझाए ।

    एमेच्योरतर्फ टंकबहादुर कार्कीले उपाधि जिते । समग्रमा ३ ओभर २ सय ९१ स्कोर गर्दै उनले टासी छिरिङलाई उछिने टंकले आज ३ अण्डर ६९ को कार्ड लेखाए । तेस्रो स्थानमा रहेका शुक्रबहादुर राईले आज ३ ओभर ७५ स्कोर गरे ।
    विजेतलाई सूर्य नेपालका ब्राण्ड म्यानेजर रजत थापा, नेपाल प्रोफसनल गल्फर एशोसिसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका महासचिव टासी घलेले पुरस्कार वितरण गर्नुभयो ।
    Read more
    वेल्सलाई पाखा लगाउँदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा


    २३ असार , २०७३ / गारेथ वेलको वेल्सलाई पाखा लगाउँदै पोर्चुगल युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज विहानका राती सम्पन्न खेलमा वेल्समाथि २–० को जित निकाल्दै पोर्चुगल उपाधि नजिक पुगेको हो । उपाधिका लागि अब पोर्चुगलले आज राती हुने  आयोजक फ्रान्स र बिश्व बिजेता जर्मनीबीचको दोस्रो सेमिफाईनलको विजेतासँग आगामी आईतवार प्रतिस्पर्धा गर्नेछ ।
    लियोनमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि ५० औ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले हेडर मार्फत उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बेल्जियमलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको वेल्सले ५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि गोल फर्काउन सकेन । युरोकपको डेब्यु म्याचमा नै सेमिफाईनलसम्मको यात्रा तय गरेको भन्दै उपस्थित दर्शकले भने वेल्सका खेलाडिलाई तालीले सम्मान गरेका थिए ।
    पोर्चुगल विदेशी भुमीमा आयोजित कुनै पनि महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्दा वेल्स भने पहिलो पटक कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताको फाईनलमा प्रवेश गर्न चुक्यो । सन् १९५८ को बिश्वकप फुटबलको क्बाटरफाईनलमा पुगे यता वेल्स महत्वपूर्ण प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।
    ५६ प्रतिशत खेल आफ्नो नियन्त्रणमा लिए पनि वेल्सले हार भने टार्न सकेन ।  प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाईनलमा आज राती आयोजक फ्रान्स र विश्व विजेता जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । 
    Read more
    Monday, July 4, 2016
    युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा

      

    २० असार, २०७३ ,काठमाडौ / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
    युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा
    आज घोषणा गरिएको १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा खेल्नेछ ।
    कप्तान पारस खड्काको नेतृत्वको टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी, सुवास खकुरेल, करण केसी, अनिलकुमार मण्डल, सन्दीप लामिछाने, विक्रम सोब, राजु रिजाल तथा राजेश पुलामी मगर छन् ।
    नेपालले आगामी अगस्टमा नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दैछ । हाल नेपाली टोली त्यसैको तयारी रहे बमोजिम युके भ्रमणमा निस्कन लागेको हो ।क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ निलम्बनमा रहेका अवस्थामा आइसिसीले आफ्नै अग्रसरतामा नेपाली टोलीको छनोट गरेको हो । 

    छनोट समितिमा आइसिसीका प्रतिनिधि भेन्कातपाथी, नेपाली टोलीका प्रमुख  प्रशिक्षक जगत टमाटा र कप्तान खड्का थिए ।   
    रासस
    Read more
    मेसीलाई राष्ट्रिय टिममा फर्कन अनुरोध गर्दै अर्जेन्टिनामा प्रदर्शन जारी



    २० असार, २०७३ / कोपा अमेरिका फुट्बलको फाइनलमा चिलीसँग पेनाल्टि मिस गरेसँगै टिमले हार व्यहोरेपछि राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका पाँच पटकका फिफा बर्ष खेलाडी लिओनल मेसीलाई राष्ट्रिय टिममा फर्कन अनुरोध गर्दै अर्जेन्टिनाका हजारौं नागरिकले आफ्नो प्रदर्शन जारी राखेका छन् । 


    मेसीलाइ राष्ट्रिय टिममा फर्काउन राष्ट्रपति मौरिसियो माक्रीदेखि फुटबलका महान हस्ती डिएगो म्याराडोना समेतले प्रयास थालेका छन् । उनीहरुको आह्वानमै गत शनिबार साँझ ओबेलिस्को स्मारकमा मुसलधारे वर्षामा रुझ्दै हजारौं नागरिक भेला भएर प्रदर्शन गरेका थिए । त्यससँगै तातेको यो अभियान अहिले मुलुकै भर फैलिएको छ । 

    कोपा अमेरिकाको फाइनल खेलमा प्रतिद्वन्द्वी चिलीसँग हारेपछि लोकप्रिय खेलाडी मेसीले अनपेक्षित रुपमा राष्ट्रिय टिमबाट सन्यास लिएको घोषणा गरेका थिए । उनले पेनाल्टीमा गोल गर्न नसकेका कारण अर्जेन्टिनाले उक्त खेल हारेको थियो । खेलमा सफलता प्राप्त भएपछि विजय उत्सव मनाउन ओबेलिस्को स्मारकमा मानिस भेला हुने अर्जेन्टिनामा परम्परा छ । उक्त प्रदर्शनमा फहराइएका ब्यानरमा लेखिएको थियो – लिओ, तिमी नजाऊ । 


    हजारौं वर्षमा एक मेसी जन्मने हुनाले उनको खेल हेर्न पाउनु फुटबलप्रेमीका लागि ठूलो अवसर भएको प्रदर्शनमा उत्रिएका एक युवाले प्रतिक्रिया दिएका छन्  । न्यू जर्सीमा चिलीविरुद्धको खेल हारेपछि मेसी अर्जेन्टिना फर्किए र आफ्नो गृहनगर रोजारियोमा केही समय बिताए । त्यसपछि विदा मनाउन उनी बहमास गएका छन् ।

    मेसीबिना अर्जेन्टिनाको खेल फितलो हुने गरेको छ ।  अर्जेन्टिनाका फुटबलप्रेमीहरु उनी राष्ट्रिय टिममा फर्किउन भन्ने चाहन्छन् । उनी राष्ट्रिय टिममा फर्कनुपर्छ, मेरा भावनाका लागि मलाई माफ गर्नुस,’ अल्बर्टो सालसले भने, मेरा लागि उनी अपवाद हुन, एक भगवान हुन ’ ।      



                                                                                                                                  
                                                                                                                                  (द गार्डियनबाट अनुदित)
    Read more
    आइसल्याण्डमाथी प्रभाबशाली जित निकाल्दै फ्रान्स  युरोकपको अन्तिम चारमा



    २० असार , २०७३ /  आइसल्याण्डमाथी प्रभाबशाली जित निकाल्दै आयोजक फ्रान्स  युरोकप २०१६ को अन्तिम चारमा प्रवेश गरेको छ। युरोकपको अन्तिम क्वाटरफाईनलमा आइस्ल्याण्डलाई ५—२ को फराकिलो अन्तरमा पराजित गर्दै आयोजक फ्रान्सले अन्तिम चारको यात्रा तय गरेको हो। अधिकांस समय बल आफ्नो नियन्त्रणमा लिएको फ्रान्सले खेलको १२ र्औ मिनेटमा नै ओलिभर जिरउडको गोल बाट अग्रता लिएको थियो। 



    पहिलो गोल गरेको ७ मिनेट पनि बित्न नपाउँदै पाउल पोग्वाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ४२ औं मिनेटमा दिमित्रि पयेट र ४५ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए।


    त्यसपछि पहिलो हाफमा ४–० ले पछि परेको आइसल्याण्डले दोस्रो हाफको ५३ औ मिनेटमा बिर्आर्नेसनले गोल गरेर खेल ४—१ को अवस्थामा ल्याए। खेलको ५८ औ मिनेटमा जिरउडले गोल गर्दै फ्रान्सलाई ५—१ को अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको ८४ औ मिनेटमा बिर्आर्नेसनले गोल गर्दै खेललाई ५—२ को अवस्थामा ल्याएपनि टोलिको पराजय भने टार्न सकेनन्। 

    जारी युरोकपमा यो नै अहिले सम्मको फराकिलो अन्तरको जित हो । अब अन्तिम दुई प्रबेशका लागी फ्रान्सले  विश्वविजेता जर्मनीसँग प्रतिश्पर्धा गर्नेछ ।

    Read more
    Saturday, July 2, 2016
    बेल्जियमलाई पाखा लगाउँदै वेल्स युरो कपको अन्तिम चारमा

    १८ असार / बेल्जियममाथी शानदार जित निकाल्दै वेल्स युरोकप २०१६ को अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बेल्जियमलाई ३–१ गोल अन्तरले हराउँदै  वेल्स अन्तिम चार प्रवेश गरेको हो।  


    शुरुवाती अग्रता भने बेल्जियमले लिएको थियो । उसले पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । बेल्जियमका राड्जा नारिनगोलान्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल गरे । उनले हेडमार्फत शानदार गोल गरेका थिए । 




    त्यसपछि दुवै टिमबाट थप गोल हुन नसकेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा वेल्सले उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियम माथी हाबी भयो। ५५ औं मिनेटमा हल रोब्सन कानुले र ८५ औं मिनेटमा साम भोक्सले गोल गरेसँगै उसले युरो २०१६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।


    वेल्स १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेपछि कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइन पुगेको यो पहिलो पटक हो । अब वेल्सले आगामी बिहीबार राति पौने एक बजे अन्तिम दुई प्रबेशका लागी  पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।
    Read more