पार ७२ को गोकर्ण गल्फ क्लवमा आज रवि खड्कालाई प्लेअफमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियन शिवरामले सूर्य नेपाल गल्फ टुर २०१५—१६ को अन्तिम प्रतियोगिता आफ्नो नाममा गराए ।
फाइनल राउण्डमा दुबैले २ अण्डर ७० को स्कोर गरेपछि समग्रमा २ अण्डर २ सय ८६ को कार्ड लेखाएका थिए । अघिल्लो दिन शीर्ष स्थानमा रहेका भुवन नगरकोटी तेस्रो स्थानमा रहे । शिवरामले ट्रफीसहित नगद १ लाख जिते । रविको नाममा ६३ हजार र भुवनले ४५ हजार रुपैयाँमा चित्त बुझाए ।
एमेच्योरतर्फ टंकबहादुर कार्कीले उपाधि जिते । समग्रमा ३ ओभर २ सय ९१ स्कोर गर्दै उनले टासी छिरिङलाई उछिने टंकले आज ३ अण्डर ६९ को कार्ड लेखाए । तेस्रो स्थानमा रहेका शुक्रबहादुर राईले आज ३ ओभर ७५ स्कोर गरे ।

विजेतलाई सूर्य नेपालका ब्राण्ड म्यानेजर रजत थापा, नेपाल प्रोफसनल गल्फर एशोसिसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका महासचिव टासी घलेले पुरस्कार वितरण गर्नुभयो ।
0 comments