Open top menu
Wednesday, May 18, 2016
 चार खेलाडी सम्मानित

५ जेठ, दमक/ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि
उनीहरुलाई आज दमकस्थित एभरेष्ट बोर्डिङ्ग स्कुलमा एक कार्यक्रम गरी एभरेष्ट बोर्डिङ्ग स्कुल र झापा जिल्ला बुद्धिचाल संघले संयुक्त रुपमा सम्मान गरेका हुन् । उनीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
 
स्कुलका तर्फबाट प्रिन्सिपल कोषराज प्याकुरेलले सोहि स्कुलकी छात्रा खुस्बुलाई एक हजार र अन्यलाई पाँच सयसहित सम्मान गरेका थिए । 

त्यस्तै बुद्धिचाल संघले जनही एक हजार र सम्मान पत्रसहित सम्मान गरेको थियो । भुपेन्द्र बाहेकका तीनै खेलाडी गत महिना ललितपुरमा भएको छनोट प्रतियोगिताबाट छनोट भएका हुन् । भुपेन्द्रलाई भने बुद्धिचाल संघको केन्द्रिय सदस्यमा सर्वाधिक मत ल्याइ विजयी भएको र झापाको साख बढाएको भनि सम्मान गरिएको हो । उनी राष्ट्रिय आरविटर तथा क्यानिडेट मास्टर हुन् । 

संघकोतर्फबाट सम्मानित हुनेहरुलाई झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष तथा प्रमुख अतिथि विजय बहादुर मावोहाङ्ग, उपाध्यक्ष देबराज गजमेर, सचिब झमक प्रसाद प्याकुरेल र कोषाध्यक्ष सुरज सुब्बाले सम्मान गरेका थिए । 

कार्यक्रम सोहि स्कुलका प्रिन्सिपल कोषराज प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । राष्ट्रिय प्रतियोगिता शुक्रबारबाट शुरु हुदैछ । प्रतियोगिता पुरुषतर्फ १९ औ प्रतियोगिता हो भने महिला तर्फ चौथो हो । झापाबाट छनोट भएका चार खेलाडी सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा झापा दमकका भुपेन्द्र निरौला निरज, प्रकाश नेपाल, खुस्बु थापा र काँकडभिट्टाकी पुनम प्रसाई छन् ।
Read more
Friday, May 13, 2016
उपाधीका लागी रुपन्देही र पुलिस भिड्ने


३१ बैशाख,दमक / झापाको झिलझिलेमा जारी प्रथम सताक्षी गोल्डकपको उपाधीका लागी रुपन्देही ११ र नेपाल पुलिस क्लब भिड्ने निश्चित भएको छ । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा रुपन्देही विजयी भएपछि उपाधीका लागी यी दुई टिम भिड्ने निश्चित भएको हो । रुपन्देहीले एपीएफलाई सडन डेथमा पराजित गरेको हो ।
निर्धारित समय सम्म गोलरहित वरावरी भएपछि भएको टाइब्रेकरमा ५–५ को बराबरी भएपछि खेल सडन डेथ सम्म पुगेको थियो । सडन डेथमा रुपन्देहीले एपीएफलाई ८–७ गोल अन्तरले पराजित गर्यो । रुपन्देहीको जितमा गोल किपर दिलिप क्षत्री नायक बने । उनले एपीएफका रामकुमार कुमाल र रमेश दंगालको प्रहारलाई बिफल बनाएका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर १४ का भिक्टोर घोषित भए ।

चार विदेशी खेलाडी सहित मैदान उत्रिएको रुपन्देहीलाई एपीएफले कडा चुनौति दिएपनि आफुले पाएका अबसरलाई सदुपयोग गर्न सकेन् । उसका जर्सी नम्बर ११ का नबिन लामाले ३६ औं मिनेटमा प्रहार गरेको फ्रिकिक फष्टबार नजिकैबाट बाहिरीएको थियो भने ७६ औं मिनेटमा जर्सी नम्बर ५ का दंगालको हेड माथिल्लो पोल बारमा लागेर बाहिरिएको थियो । रुपन्देहीका भिक्टोर, मार्टिन तथा पुकार गहतराज गोल गर्न चुकेका थिए । उपाधी भिडन्त शनिबार हुनेछ ।
Read more
मिडिया कप दमक रन सम्पन्न


१८ बैसाख,दमक/   झापाको दमकमा मिडिया कप दमक रन सम्पन्न भएको छ । Damak Run 2073 आज  भएको तीन किलोमिटरको सो रनमा पाथीभरा एफ.एमका दमक रिपोर्टर चिरञ्जीवी घिमिरे प्रथम, रेडियो झापाका समाचार प्रमूख तथा खेल पत्रकार उत्तम रिजाल दोस्रो तथा दिलकुमार लावती तेस्रो भए । घिमिरेले उक्त दुरी १३ मिनेटमा पार गरेका थिए भने रिजालले १४ मिनेट ८ सेकेण्ड र लावतीले १४ मिनेट ५६ सेकेण्डमा पार गरेका थिए । दमक रनले आयोजना गरेको सो रनमा ३५ पत्रकारहरुको सहभागिता रहेको थियो । रनमा प्रथम,द्धितिय र तृतियले क्रमश नगद पाँच हजार,तीन हजार र दुई हजार प्राप्त गरे । उता महिला तर्फ हिमशिखर टेलिभिजनकी लक्ष्मी नेपाल प्रथम भइन् । महिला तर्फ उनले मात्र दुरी पार गरेकी थिइन् । उनले सो दुरी २४ मिनेटमा पार गरिन् । उनले नगद एघार सय प्राप्त गरिन् । प्रत्येक शनिबार हुदै आएको रनको २२ औं हप्तामा आयोजकले पत्रकारहरुलाई स्वास्थ्य शरिरका लागि भन्दै दौडाउने निर्णय गरे बमोजिम उक्त दौड गराइएको आयोजकका सुधिर प्रधानले जानकारी दिए । यो नेपालकै पहिलो मिडिया कप दौड हो ।
Read more
Monday, March 7, 2016
India won by 8 wickets


Asia Cup - Final
India won by 8 wickets (with 7 balls remaining)
6 March 2016 - night match (20-over match)
Bangladesh innings (15 overs maximum)RMB4s6sSR
View dismissalTamim Iqballbw b Bumrah1322172076.47
View dismissalSoumya Sarkarc Pandya b Nehra1418930155.55
Sabbir Rahmannot out32552920110.34
View dismissalShakib Al Hasanc Bumrah b Ashwin21181630131.25
View dismissalMushfiqur Rahimrun out (Kohli/†Dhoni)41050080.00
View dismissalMashrafe Mortaza*c Kohli b Jadeja011000.00
Mahmudullahnot out33181322253.84
Extras(w 3)3
Total(5 wickets; 15 overs)120(8.00 runs per over)
BowlingOMRWEcon0s4s6s
View wicketR Ashwin301414.66810(1w)
View wicketA Nehra3033111.00660(1w)
View wicketJJ Bumrah301314.33800
View wicketRA Jadeja302518.33220
HH Pandya3035011.66432(1w)
India innings (target: 121 runs from 15 overs)RMB4s6sSR
View dismissalRG Sharmac Soumya Sarkar b Al-Amin Hossain1850020.00
View dismissalS Dhawanc Soumya Sarkar b Taskin Ahmed60634491136.36
V Kohlinot out41622850146.42
MS Dhoni*†not out207612333.33
Extras0
Total(2 wickets; 13.5 overs)122(8.81 runs per over)
BowlingOMRWEcon0s4s6s
View wicketTaskin Ahmed301414.66910
View wicketAl-Amin Hossain2.5030110.58622
Abu Hider1014014.00130
Shakib Al Hasan2026013.00250
Mashrafe Mortaza201608.00411
Nasir Hossain302207.33530

MATCH DETAILS


Toss - India, who chose to field
Series - India won the 2015/16 Asia Cup
Player of the match - S Dhawan (India)
Player of the series - Sabbir Rahman (Bangladesh)
Umpires - RSA Palliyaguruge (Sri Lanka) and Shozab Raza (Pakistan)TV umpire - Enamul HaqueMatch referee - JJ Crowe (New Zealand)Reserve umpire - AK Chaudhary (India)
Read more