३१ बैशाख,दमक / झापाको झिलझिलेमा जारी प्रथम सताक्षी गोल्डकपको उपाधीका लागी रुपन्देही ११ र नेपाल पुलिस क्लब भिड्ने निश्चित भएको छ । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा रुपन्देही विजयी भएपछि उपाधीका लागी यी दुई टिम भिड्ने निश्चित भएको हो । रुपन्देहीले एपीएफलाई सडन डेथमा पराजित गरेको हो ।
निर्धारित समय सम्म गोलरहित वरावरी भएपछि भएको टाइब्रेकरमा ५–५ को बराबरी भएपछि खेल सडन डेथ सम्म पुगेको थियो । सडन डेथमा रुपन्देहीले एपीएफलाई ८–७ गोल अन्तरले पराजित गर्यो । रुपन्देहीको जितमा गोल किपर दिलिप क्षत्री नायक बने । उनले एपीएफका रामकुमार कुमाल र रमेश दंगालको प्रहारलाई बिफल बनाएका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर १४ का भिक्टोर घोषित भए ।
चार विदेशी खेलाडी सहित मैदान उत्रिएको रुपन्देहीलाई एपीएफले कडा चुनौति दिएपनि आफुले पाएका अबसरलाई सदुपयोग गर्न सकेन् । उसका जर्सी नम्बर ११ का नबिन लामाले ३६ औं मिनेटमा प्रहार गरेको फ्रिकिक फष्टबार नजिकैबाट बाहिरीएको थियो भने ७६ औं मिनेटमा जर्सी नम्बर ५ का दंगालको हेड माथिल्लो पोल बारमा लागेर बाहिरिएको थियो । रुपन्देहीका भिक्टोर, मार्टिन तथा पुकार गहतराज गोल गर्न चुकेका थिए । उपाधी भिडन्त शनिबार हुनेछ ।

0 comments