Open top menu
Saturday, August 12, 2023
छथर सुक्रबारेमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने


तेर्हथुम। छथर गाउँपालिकाको केन्द्र छथर सुक्रबारेमा ऐतिहासिक रुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष कप प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । 

"खेलकुद र संस्कृती हाम्रो सान,समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभियान" भन्ने मुल नाराका साथ पत्रकार सम्मेलन गरी छथर गाउँपालिकाको सहयोग तथा रत्नदेवी युवा सेवा समाजको आयोजनामा कार्यक्रम हुने सार्वजानिक गरिएको छ । 

गाउँपालिका क्षेत्रलाई खेल पर्यटका साथै लोपउन्मुख कला,संस्कार,संस्कृती संरक्षण गर्ने उदेश्यका साथ चौथो गाउँपालिका अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।

मेलाको अवसरमा फुटबल,भलिबल र व्याडमिन्टन प्रतियोगिता हुनेछ । फुटबल प्रतियोगिता तर्फ प्रथम हुनेले अध्यक्ष कपको साथमा नगद १ लाख ५१ हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । 

त्यस्तै दोश्रो हुनेले नगद ७५ हजार कप,प्रमाणत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५१ हजार गाउँपालिका अध्यक्ष रनिङ कप,मेडल र दोश्रो हुनेले नगद ७५ हजार कप र प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।

 त्यस्तै व्याडमिन्टन तर्फ प्रथम हुनेले गाउँपालिका अध्यक्ष कप, नगद ४१ हजार,प्रमाणपत्र र मेडल तथा दोश्रो हुनेले नगद २५ हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्ने रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । 

प्रतियोगितालाई शव्य तथा भव्य रुपमा सपन्न गर्न विभिन्न खेलकुद तथा सांस्कृतिक व्यवस्थापन समितीहरु गठन गरिएका छन ।

Read more
Friday, December 23, 2022
एभनिर एफसी जय हुमागाई स्मृति गोल्डकपको सेमिफाईनलमा

 


उत्तम रिजाल, झापा । क्यामरुनको एभनिर एफसी झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । उसले बिवाईसी बेलडाँगीलाई पाँच शुन्यले पराजित गर्दै सेमिफाईनल प्रबेश गरेको हो । खेलको शुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको एभनिरले दोश्रो मिनेटमै अग्रता लिएको थियो ।

उसका गिनीले गोल गर्दै खाता खोलेका थिए । त्यसपछि टिम्बा टिम्बाले १७ औं मिनेटमा गोल गर्दै खेलमा एभनिरलाई दुई शुन्यको अग्रता दिलाए । टिम्बाले हेड मार्फत दर्शनीय गोल गरेका थिए । त्यसपछि झनै आक्राम देखिएको उसले २७ औं मिनेटमा स्टेफनको गोलबाट अग्रता तेब्बर बनाएको थियो ।

उता बिवाईसीका खमिर गिल्शन कन्दङ्गवा १३ औ मिनेटमा गोल गर्न चुके भने राहुल राईले ३१ औं मिनेटमा वान भर्सेस वानमा पनि गोल गर्न नसक्दा पहिलो हाफमा बिवाईसी तीन शुन्यले पछि परेको थियो । पहिलो हाफमा तीन शुन्यले पछि परेको बिवाईसीले दोश्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेपनि एभनिरका सोङ्गलाई रोक्न सकेन् ।

सोङ्गले दोश्रो हाफको ३६ औं र ३७ औं मिनेटमा गोल गर्दै एभनिर एफसीलाई पाँच शुन्यको जित दिलाए । नेपालका चर्चित खेलाडीहरु देवेन्द्र तामाङ्ग,सुनिल खड्का, पुजन उपरकोटी, रुपेश केसी, अशोक खबास, बर्तमान राई एन्जल गुरुङ्ग लगायतका खेलाडी मैदानमा उत्रिएपनि बिवाईसी एभनिर विरुद्ध निरीह देखिएको थियो ।

जितसँगै एभनिरले सिरहाको सल्हेस युवा क्लबसँगको भेट पक्का गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका जर्सी नम्बर २२ का स्टेफन भए । उनले नगद पाँच हजार हात पारे । शनिवार अन्तिम चार प्रबेशका लागि युकेएफसी दार्जेलिङ्ग र उपाधि दाबेदार बिवाईएससी मिनिसोटा अमेरिका आमनेसामने हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख हात पार्नेछ भने उपविजेताले नगद ३ लाख हात पार्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार प्राप्त गर्ने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका र क्यामरुनका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना जय हुमागाई मेमोरियल ट्रष्टले गरेको हो ।

Read more
Monday, December 19, 2022
झापाको भुटानी शरणार्थी शिविरमा गोल्डकप हुने December 19, 2022


झापा। झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा यहि पुस ६ गतेदेखि १३ गते सम्म प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिता संचालन हुने भएको छ । सो को तयारी पुरा भएको पनि आयोजकले जनाएको छ । पत्रकार मञ्च दमकमा सोमबार प्रत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । करिब ३३ लाख ५० हजार खर्च लाग्ने अनुमानसहित संचालनको तयारी गरिएको सो प्रतियोगितामा क्यामरुन, भारत, अमेरिका र नेपालका गरी ८ टिमको सहभागिता रहने आयोजक जय हुमागाई मेमोरियल ट्रष्टका अध्यक्ष शिव हुमागाईले जानकारी दिनुभयो ।    उहाँका अनुसार प्रतियोगितामा एभनीर एफसी क्यामरुन, सल्हेस युवा क्लब सिरहा, बीवाइसी बेलडाँगी, विर्तामोड युनाईटेड झापा, युकेएफसी दार्जेलिङ्ग, शान्तिनगर एफसी सुनसरी, बिवाईएससी मिनेसोटा अमेरिका र पथरी शनिश्चरे मोरङ्गको सहभागिता रहने ट्रष्टका अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । उहाँले प्रतियोगिामा नेपालका एडिभिजन क्लबका खेलाडीहरुको पनि सहभागिता रहने जानकारी दिनुभयो । कुनै एडिभिजन क्लबको सहभागिता नभए पनि ए डिभिजन राष्ट्रिय लिग नभएकाले नेपाली टिममा राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहने बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ५ लाखसँगै ट्रफी तथा उप–विजेताले नगद ३ लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद २५ हजार, सर्बाधिक गोलकर्ताले नगद ७ हजार र म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा उपाधि दाबेदार टोली सल्हेस युवा क्लब सिरहा र विर्तामोड युनाईटेड आमनेसामने हुनेछन् । खेल शिविर भित्रको बेलडाँगी खेल मैदानमा हुने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो ।

Read more
Friday, November 4, 2022
आयोजक झापाको विजयी शुरुवात

   


शरणामति। झापाको झापा गाउँपालिका ६ स्थित जनता माविको खेलमैदानमा जारी प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगितामा झापाले विजयी शुरुवात गरेको छ। उसले झापाकै मेचीनगर नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको झापाले दोस्रो सेट २५-२० र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको थियोे ।  जितसँगै झापा प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । झापाका रोशन शिवाकोटी म्यान अफ द म्याच घोषित भए। शनिबार ५ खेल हुनेछन् । पहिलो खेलमा त्रियुगा नगरपालिका उदयपुर र मादी गाउँपालिका संखुवासभा आमनेसामने हुनेछन्। २२ गते सम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।



Read more
Saturday, October 22, 2022
झापा गाउँपालिकामा १८ गतेदेखि तेस्रो अध्यक्ष कप भलिवल हुने

 

झापा। झापाको झापा गाउँपालिकामा प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर -६ स्थित शरणामतीमा प्रदेश १ स्तरीय तेस्रो अध्यक्ष कप अन्तर पालिका पुरुष भलिवल प्रतियोगिता हुने भएको हो । प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गतेदेखि २२ गते संचालन हुनेछ ।

यसैविच प्रतियोगिता सञ्चालनका लागि शनिवार बसेको आमभेलाले आयोजक समिति गठन गरेको छ। भेलाले खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हुमा कार्की,सचिवमा रुपनारायण बजगाई,सह-सचिवमा भुवन कार्की,कोषाध्यक्षमा दिपक सिटौला रहेका छन् । त्यस्तै सदस्यहरुमा रुपक कार्की,गोपाल प्रसाई,नवीन कटुवाल,भुमिका भट्टराई,डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् । 

भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति पनि गठन गरेको छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयासहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै प्रतियोगिताको वेस्ट प्लेयरले ११ हजार, वेस्ट ब्लकर,वेस्ट सेटर,वेस्ट डिफेन्स,वेस्ट स्पाइकर र राइजिङ प्लेयरले जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता संचालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

Read more
Tuesday, August 30, 2022
केन्या विरुद्धको पाँच म्याचको श्रृंखला नेपाललाई

केन्या विरुद्धको पाँच म्याचको श्रृंखला नेपालले तीन दुईले जितेको छ ।  पाँचौ तथा अन्तिम टि–२० मा घरेलु टोली केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज हात पारेको हो । ओपनर तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले केन्यालाई ३१ रनले पराजित गरेको थियो । 

जितको लागि १ सय ७६ रनको विशाल लक्ष्य लिएर ब्याटिङ्ग गरेको घरेलु टोलीले ७ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । केन्याका नेहेम्याह ओधियाम्बोले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

कप्तान शेम न्गोचे १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहे । नेल्सन ५ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिम २८ र कोलिन्स ओबुयाले २३ रन बनाए । नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी र करण केसीले एक एक विकेट लिए ।

त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनमा आउट भए । ज्ञानेन्द्रले ४१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक प्रहार गरे ।

रोहित पौडेलले २५ बलमा ७ चौकासहित ४७ रनमा आउट भए । ओपनर अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए । पहिलो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ८ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

अर्जुन शेम न्गोचेको आठौं ओभरको अन्तिम बलमा विकेटकिपर इफरान करिमबाट स्टम्पिङ आउट भए । नियमित ओपनर पवन सरार्फको स्थानमा नेपालले आज ज्ञानेन्द्रलाई ओपनिङ गराएको थियो । तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रनमा आउट भए । पवन १ रन, विवेक यादव २ र आदिल अन्सारी ४ रनमा आउट भए ।

केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो । अव तीन एकदिवसिय अभ्यास खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

Read more
Friday, December 25, 2020
विर्तामोडलाई पाखा लगाउँदै बेलबारी फाईनलमा

विर्तामोड युनाईटेडलाई पाखा लगाउँदै मोरङ्गको नर्थ राधानगर फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको फाईनल प्रबेश गरेको छ । उसले विर्तामोड माथी एक शुन्यको जीत निकालेको हो । 


निक्कै नै प्रतिस्पर्धात्मक रहेको खेलमा विजयी टिमका लागि म्यान अफ दि म्याच विवेक पौडेलले निर्णायक गोल गरे । जर्सी नम्बर ७ का पौडेलले दोश्रो हाफको १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि एक शुन्यले पछि परेको विर्तामोडले खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न नसक्दा प्रतियोगिताको सेमिफाईनलबाटै बाहिरीएको छ ।

भोली अन्तिम सेमिफाईनलमा आयोजक चुलाचुली फुट्बल क्लब र फुलबारी स्पोर्टिङ्ग क्लब धरमपुर आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो ।

दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् । प्रतियोगितामा झापा र मोरङ्गका गरी १२ टिमको सहभागिता रहेको छ ।

Read more
Thursday, December 24, 2020
वाईएफसी पथरीलाई एक शुन्यले पाखा लगाउँदै आयोजक सेमिफाईनलमा

 वाईएफसी पथरीलाई एक शुन्यले पाखा लगाउँदै आयोजक चुलाचुली फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको सेमिफाईनल प्रबेश गरेको छ ।

विजयी टिमका लागि म्यान अफ दि म्याच मल्दिनो आङ्गथुपोले निर्णायक गोल गरे । उनले पहिलो हाफको ५ औं मिनेटमा पेनाल्टि मार्फत गरेको गोल नै अयोजकलाई सेमिफाईनल पुग्न पर्याप्त भयो ।

खेलको शुरुवातमै एक शुन्यले पछि परेको वाईएफसीले गोल गर्ने थुप्रै अबसर पाएपनि सदुपयोग गर्न नसक्दा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेपनि क्वाटरफाईनलबाटै घर फर्किएको छ ।

जितसँगै आयोजकले अब अन्तिम दुई प्रबेशका लागि फुलबारी स्पोर्टिङ्ग क्लब धरमपुरसँग प्रतिस्पर्धा गर्नेछ । भोली प्रतियोगिताको पहिलो सेमिफाईनलमा विर्तामोड युनाईटेड झापा र बेलबारी फुट्बल क्लब मोरङ्ग आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो ।

दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् ।

Read more
Saturday, December 19, 2020
रियललाई पाखा लगाउँदै चात्यासा क्वाटर फाईनलमा

 झापा, ४ पुस/  रियल स्टार फुट्बल क्लबलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाउँदै चात्यासा फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।



निर्धारीत समय सम्म १–१ को बराबरी भएपछि भएको टाईब्रेकरमा चात्यासाले बाजी मारेको हो । उसका लागी सन्देश केसी, श्याम श्रेष्ठ, राहुल लिम्बु र प्रविन राईले गोल गरेका थिए ।

उता पराजित रियलका तर्फबाट अबिन लिम्बु, बिकास लिम्बु र बिकास माझीले गोल गरे । उसका रोशन धिमालको प्रहार भने चात्यासाका गोलरक्षक योगेश धिमालले बिफल तुल्याएसँगै चात्यासाले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यसअघि खेलको ३२ औं मिनेटमा गोल गर्दै प्रबिन राईले चात्यासालाई अग्रता दिलाएका थिए भने किस्मत लिम्बुले दोश्रो हाफको १८ औं मिनेटमा गोल गरेपछि निर्धारित समय सम्म खेल बराबरीमा सकिएको थियो ।


खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलरक्षक योगेश धिमाल भए । चात्यासाले अब अन्तिम चार प्रबेशका लागी विर्तामोड युनाईटेडसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।


भोली भुट्निज युथ क्लब र वाईएफसी पथरीबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ ।  

प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो ।



Read more
Friday, December 18, 2020
                                         फुलबारी क्लबको विजयी शुरुवात


झापा, ३ पुस/  धरमपुरको फुलबारी स्पोर्टिङ्ग क्लबले झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । 

दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी प्रतियोगितामा उसले मोरङ्गको इष्ट स्टार स्पोर्टिङ्ग क्लब मधुमल्लालाई ३–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । 

विजयी टिमका लागि सुमन लिम्बु, अमन लिम्बु र पृतम लिम्बुले गोल गरेका थिए । जर्सी नम्बर ११ का सुमनले ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने जर्सी नम्बर १५ का अमनले २४ औं र जर्सी नम्बर ९ का पृतमले दोश्रो हाफको २१ औं मिनेटमा गोल गरेका थिए । 

पराजित टिमकातर्फबाट जर्सी नम्बर ३ का प्रबेश बस्नेतले पहिलो हाफको २३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ६ का आशिष लावती घोषित भए । जीतसँगै फुलबारी प्रतियोगिताको क्वाटर फाईनल प्रबेश गरेको छ । 

अब उसले अन्तिम चार प्रबेशका लागि मंगलबार गछिया फुट्बल क्लब मोरङ्गसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार रियल स्टार फुट्बल क्लब र चात्यासा फुट्बल क्लबबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनु भयो ।

 प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो । 


Read more
Wednesday, February 7, 2018
पथरीलाई पराजित गर्दै आयोजक फाइनलमा, उपाधिका लागि राष्ट्रिय जागृतिसँग भिड्ने

उत्तम रिजाल, झापा – पथरी फुटबल क्लब मोरङलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आयोजक गुहेश्वरी युवा क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयसम्म २–२ को बराबरी भएपछि भएको टाइब्रेकरमा आयोजकका जर्सी नम्बर–१५ का निशान लिम्बु, जर्सी नम्बर–२३ का अशोक खबास, जर्सी नम्बर–१० का तीर्थ बस्नेत र जर्सी नम्बर–४ का निरज बस्नेतले गोल गरेका थिए।

आयोजकका जर्सी नम्बर–३ का सुरेन खबासको प्रहार पथरीका गोल रक्षक अर्जुन बस्नेतले विफल तुल्याएका थिए। पथरीका तर्फबाट जर्सी नम्बर–१७ का दिपक राई, जर्सी नम्बर–११ का साइमन लिम्बु र जर्सी नम्बर–३ का कवि राईले मात्र गोल गर्न सके।

कप्तान मीन धिमालको प्रहार आयोजकका गोल रक्षक किशोर गिरीले विफल बनाएका थिए। त्यस्तै, जर्सी नम्बर–४ का सुवास तामाङको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो।

यद्यपि खेलमा अग्रता पथरीले पहिलो हाफको ३२औं मिनेटमा साइमन लिम्बुको गोलबाट लिएको थियो। उनले पेनाल्टी मार्फत गोल गरेका थिए। साइमनले नै पहिलो हाफकै इन्जुरी समयमा थप अर्को गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

तर, पहिलो हाफमा दुई शुन्यले पछि परेको आयोजकले दोश्रो हाफको छैटौ मिनेटमा जर्सी नम्बर ११ का सुनिल खड्काको गोलबाट अग्रता कम गरेको थियो। दोश्रो हाफको २४औं मिनेटमा पथरीका जर्सी नम्बर–१० का सुमन राई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

उनले आयोजकका जर्सी नम्बर–२३ का अशोक खबासमाथि हातपात गरेपछि रेफ्री लोकराज ढुङ्गानाले रातो कार्ड दिएका हुन्। त्यसपछि दश खेलाडीमा सीमित भएको पथरीविरुद्ध झनै आक्रामक देखिएको आयोजकले दोश्रो हाफको ३५औं मिनेटमा बराबरी गर्यो।

उसका निरज बस्नेतले डिबक्सभित्र निशान लिम्बुले दिएको क्रस पासमा दर्शनीय गोल गरेका थिए। यसअघि, खेल शुरु भएको ९औं मिनेटमा अयोजकका जर्सी नम्बर–१० का तीर्थ बस्नेतको प्रहार बायाँ पोलमा लागेर बाहिरिएको थियो।

दोश्रो हाफको इन्जुरी समयमा आयोजकका कप्तान सुरेन थापाको प्रहार पनि क्रसबारमा लागेर बाहिरिएको थियो। खेलको म्यान अफ दि म्याच विजयी टिमका निरज बस्नेत भए। उनले ट्रफी तथा नगद दुइ हजार प्राप्त गरे।
अब आयोजकले उपाधिका लागि सुनसरीको राष्ट्रिय जागृतिसँग आगामी शुक्रबार प्रतिस्पर्धा गर्नेछ। 

राष्ट्रिय जागृतिले यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा सयपत्री फुटबल क्बल पाँचथरलाई ३–१ ले पराजित गरेको थियो। प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार तथा उप–विजेताले पचास हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछन्।

२०७४ माघ,  २५ 
Read more
Tuesday, February 6, 2018
राष्ट्रिय जागृती क्लब स्वर्गीय विशाल खड्का स्मृति कप फुटबलकाे फाइनलमा


उत्तम रिजाल,झापा – सुनसरीको राष्ट्रिय जागृती फुट्बल क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सयपत्री फुट्बल क्लब पाँचथरलाई ३–१ ले पराजित गर्दै राष्ट्रिय जागृतीले फाइनल यात्रा तय गरेको हो। यद्यपी खेलमा अग्रता भने सयपत्री फुट्बल क्लबले लिएको थियो। पाँचथरका जर्सी नम्बर ३ का उमेश राईले पहिलो हाफको १७औं मिनेटमा शान्दार गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए।

तर, दोश्रो हाफको छैटौ मिनेटमा उमेश राई खुट्टाको चोटका कारण मैदान बाहिरिए। त्यपछि राष्ट्रिय जागृती खेलमा हावी भएको थियो। जागृतीका जर्सी नम्बर ९ का वीरेन्द्र लिम्बुले दोश्रो हाफको १२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए भने जर्सी नम्बर १४ का दिपेन तामाङ्गले २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि झनै आक्रामक खेल खेलेको उसका लागि दोश्रो हाफको ३२ औ मिनेटमा जर्सी नम्बर १० का समीर राईले तेश्रो गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ९ का वीरेन्द्र लिम्बु घोषित भए। उनले ट्रफीसँगै नगद दुइ हजार प्राप्त गरे। बुधबार दोश्रो सेमिफाइनलमा आयोजक गुहेश्वरी युवा क्लब र पथरी फुट्बल क्बल मोरङ्ग आमने–सामने हुनेछन्।
प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार तथा उप–विजेताले नगद पचास हजार पाँच सय पचपन्न रुपैयासँगै ट्रफी हात पार्ने छन्। खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ।

२०७४ माघ, २४
Read more
एपीएफलाई टाइब्रेकरमा पछि पार्दै पथरी फुटबल क्लब सेमिफाइनलमा

उत्तम रिजाल, झापा – शसस्त्र प्रहरी बलको एपीएफ क्लब झापालाई टाइब्रेकरमा ५–३ ले पछि पार्दै पथरी फुटबल क्लब मोरङ्ग झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृती कप फुट्बल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
निर्धारीत ७० मिनेट सम्म खेल गोल रहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा शसस्त्रका जर्सी नम्बर ८ का उज्वल राईको प्रहार क्रसबारमा लागेर फर्किएपछि एपीएफको अघिल्लो चरण पुग्ने सपना अधुरै भएको हो।
विजयी टिमका लागि जर्सी नम्बर १५ का सुमन राई, जर्सी नम्बर ८ का साइमन लिम्बु, जर्सी नम्बर ४ का मिन धिमाल, जर्सी नम्बर १२ का सुबास तामाङ्ग र जर्सी नम्बर ३ का कबी राईले गोल गरेका थिए ।
उता पराजित शसस्त्रको तर्फबाट भने जर्सी नम्बर १० का सुशील राई, जर्सी नम्बर ४ का अभिषेक लिम्बु र जर्सी नम्बर ५ का पवन बस्नेतको प्रहार मात्र गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर १२ का सुबास तामाङ्ग घोषित भए।
उनलाई कमल गाउँपालिकाका खेलकुद विकास समितिका सह–सम्योजक तेज कुमार राईले ट्रफी प्रदान गरे। त्यस्तै आयोजकका अध्यक्ष कृष्ण कार्कीले नगद २ हजार पुरस्कार प्रदान गरेका थिए। यो खेलसँगै प्रतियोगितको सेमिफाइनल समीकरण पनि पुरा भएको छ।
मंगलबार पहिलो सेमिफाइनलमा राष्ट्रिय लिग खेलेका खेलाडीहरुले भरिएको सयपत्री फुट्बल क्लब पाँचथर र राष्ट्रिय जागृती फुटबल क्बल सुनसरी आमने–सामने हुनेछन्। प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ११ र उप–विजेताले नगद ५० हजार पाँच सय पचपन्न रुपैयाँसँगै ट्रफी हात पार्नेछन्। खेल गुहेश्वरी युवा क्लबले आयोजना गरेको हो। 
२०७४ माघ, २३
Read more
Friday, January 26, 2018
फुटबलका विशाल राई र क्रिकेटकी रुबिना क्षेत्री झापा जिल्लाको उत्कृष्ट वर्ष खेलाडी घोषित, प्रोफाइल भने कमजोर

उत्तम रिजाल , झापा,११ माघ।  नेपाल खेलकुद पत्रकार मन्च झापाले फुटबलका विशाल राई र क्रिकेटकी रुबिना क्षेत्रीलाई झापा जिल्लाको उत्कृष्ट वर्ष खेलाडी घोषित गरेको छ । विशाल पुरुषतर्फ र रुबिना महिलातर्फ उत्कृष्ट बर्ष खेलाडी घोषित भएका हुन् । दुबैको प्रोफाइल भने अन्य प्रतिस्पर्धीको भन्दा कम छ । तर आयोजकले अवार्ड घोषणा गर्दा कुनै पनि खेलाडीको प्रोफाइल अतिथि तथा उपस्थित दर्शक सामु प्रस्तुत गरेन् ।
आयोजकले भने २०७३ साल भरिको ब्यक्तिगत प्रदर्शनका आधारमा उनीहरुलाई २०७३ सालको उत्कृष्ट बर्ष खेलाडी घोषित गरेको जनाएको छ । यद्यपी अन्य प्रतिस्पर्धी खेलाडीले भने अवार्ड वितरणमा खेलाडीको प्रोफाइल दर्शक सामु नदेखाइ आँफुखुसी उत्कृष्ट खेलाडी घोषणा गरेको गुनासो गरेका छन् । पुरुषतर्फको बर्ष खेलाडी घोषित भएका मनाङ्ग मस्र्याङ्दी क्लबका मिडफिल्डर विशालले फुटबलकै योगेश गुरुङ र बुद्धिचालका भूपेन्द्र निरौलालाई पछि पार्दै उपाधि जितेका हुन् । बर्षको उत्कृष्ट खेलाडी हुन उसले बर्षभरी अन्य प्रतिस्पर्धी खेलाडीको भन्दा उत्कृष्ट प्रदर्शन गरेको हुनु पर्दछ। तर त्यो नहेरिएको बक्सिङ्गकी सुलब मगर र बुद्धिचालका भुपेन्द्र निरौलाले अवार्ड वितरण पछि प्रतिक्रिया दिए ।

यस्तो छ विशाल,योगेश र भुपेन्द्रको बर्ष २०७३ को प्रोफाइल ।


बर्ष २०७३ मा विशाल राई

बर्ष २०७३ मा खेलेका सबै प्रतियोगीतामा गरि मनाङले आहा रारा,झापा गोल्डकप र धनगडी गोल्डकप जीतेको विशालले बताए । उनीसँगको कुराकानीमा उनले भने बर्ष २०७३ भरी दुइ तीन गोल गरे होला । उनी बर्ष २०७३ मा कुनै प्रतियोगितामा सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट मिडफिल्डर भएनन् ।

बर्ष २०७३ मा योगेश गुरुङ्ग

झापा ११ बाट खेल्दै आएका योगेश गुरुङ्गले बर्ष २०७३ मा झापा ११ ले माइ भ्याली गोल्डकप, काँकडभिट्टा गोल्डकप र मानेभञ्ज्याङ्ग गोल्डकप जीतेको बताए । उनलाई बर्ष २०७३ भरी तपाइले कति गोल गर्नु भयो भनी सोधिएको प्रश्नमा उनले भने २०७३ भरी सबै प्रतियोगिता गरि चार पाँच गोल गरे होला । योगेश पनि बर्ष २०७३ मा कुनै प्रतियोगितामा सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडी घोषित भएनन् ।

बर्ष २०७३ मा भुपेन्द्र निरौला

बुद्धिचालका भुपेन्द्र निरौलाले बर्ष २०७३ मा इलाममा सम्पन्न १९ औं राष्ट्रिय बुद्धिचालमा एक खेल अगाबै नेपाल च्याम्पियन बन्दै उपत्यका बाहिरको पहिलो नेपाल च्याम्पियन बन्ने पहिलो खेलाडीको रुपमा आँफुलाई दर्ज गरेका थिए । त्यस्तै उनले अजरबैजानको बाकुमा भएको विश्वका एक सय ८० देश का खेलाडी सहभागी ओलम्पियाड ( चेस ओलम्पिक ) मा नेपालको प्रतिनिधित्व गरेका थिए । सोहि प्रतियोगितामा उनले बुद्धिचालका २५१० रेटिङ्गका कोलम्बियन ग्राण्डमास्टर लाई पराजीत गरे । २५०० रेटिङ्ग माथीको ग्राण्डमास्टरलाई पराजीत गर्ने उनी नै पहिलो नेपाली खेलाडी समेत हुन् । त्यस्तै २०७३ मै स्याङ्गजामा भएको धनबहादुर प्रधान स्मृती राष्ट्र व्यापी बुद्धिचालमा अपराजीत रहदै दोश्रो भएका थिए । सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लब बाट सहभागी ( उपत्यका बाहिर बाट विभागीय टोलीबाट खेल्ने पहिलो बुद्धिचाल खेलाडी ) ।

के भने उपाधि जितेपछि स्टेजबाट विशालले

उपाधि जितेपछि स्टेजबाट सम्बोधन गर्दै विशालले भने– म मनाङ्गको खेलाडी हुँ । मलाई झापा बाट खेल्ने मन छ । अहिले सम्म झापा बाट खेल्न पाएको छुइन । अब चाँहि पुरा हुन्छ होला, भगिरथ आले मामा यहिँ हुनुन्छ, जेके सर यहि हुनुन्छ । मलाई झापा बाट खेलाउनु हुन्छ होला । म झापा बाट खेल्न चाहान्छु ।


उता उत्कृष्ट महिला वर्ष खेलाडी भएकी रुबिनाको बर्ष २०७३ राम्रो थिएन् । उनले खेलेका ११ खेलमा कुनैमा पनि अर्ध सतक बनाउन त सकिनन् नै उनले १३ रन भन्दा बढी रन जोड्न सकिनन् । यद्यपी उनले बक्सिङकी सुलब मगर र कराँतेकी एस्तर राईलाई उछिन्दै उपाधि जीतेकी थिइन् ।

यस्तो छ बर्ष २०७३ मा रुबिना क्षेत्रीको प्रदर्शन

उनको नेतृत्वमा हङ्गकङ्गमा भएको विश्वकप क्रिकेटको लागी एशिया क्षेत्रको छनोट प्रतियोगिताका ६ खेल मध्ये ३ मा जीत,३ मा हार,उनले प्रतियोगितामा खेलेका ६ खेलमा सबै भन्दा बढी चीन विरुद्ध १३ रन जोडेकी थिइन् ।
पहिलो खेल ९ अक्टोबर २०१६ – आयोजक हङ्गकङ्गसँग ६ विकेटले पराजित, नेपाल १९.२ ओभरमा ७७ रनमा अल आउट । रुबिना १२ रनमा आउट, बलिङ्गतर्फ ३ ओभर ११ रन ।
दोश्रो खेल १० अक्टोबर २०१६ – थाइल्याण्डसँग ३ विकेटले पराजित, नेपालले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन बनाउँदा १५ बल खेलेकी रुबिना ७ रनमा अविजित, बलिङ्गतर्फ ३ ओभर १४ रन एक विकेट ।
तेश्रो खेल ११ अक्टोबर २०१६ – नेपाल २० रनले विजयी, नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन जोड्दा ७ बल खेलेकी रुबिना ४ रनमै आउट । बलिङ्गतर्फ ४ ओभर १० रन १ विकेट ।                                               
चौथो खेल १३ अक्टोबर २०१६ – नेपाल हङ्गकङ्ग विरुद्ध ६ रनले विजयी, नेपालले २० ओभरमा ८ विकेट गुमाएर ७५ रन जोड्दा ४ बल खेलेकी रुबिना ४ रनमै आउट । बलिङ्गतर्फ ३ ओभरमा १५ रन खर्चेर एक विकेट ।
पाँचौ खेल १४ अक्टोबर २०१६ – नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित, नेपालले २० ओभरमा ४ विकेटको क्ष्यतिमा एक सय ८ रन जोड्दा रुबिना १० रनमा अविजित ।
छैटौ खेल १५ अक्टोबर २०१६ – चीन विरुद्ध नेपाल ४ विकेटले विजयी, ९ बल खेलेकी रुबिना १३ रनमा अविजित, बलिङ्गतर्फ ४ ओभरमा १० रन खर्चेर २ विकेट लिन सफल । सो खेलमा मात्र प्लेयर अफ दि म्याच ।  
त्यस्तै उनको नेतृत्वमा थाइल्याण्डको बैंककमा भएको ट्वान्टी–ट्वान्टी एशिया कप क्रिकेट प्रतियोगिता खेलेको नेपालले प्रतियोगिताका कुनै पनि खेलमा जीत निकाल्न सकेन् । उनले प्रतियोगितामा खेलेका ५ खेलमा सबै भन्दा बढी पाकिस्तान विरुद्ध ११ रन जोडेकी थिइन् ।

एशिया कपको पहिलो खेल २६ नोभेम्बर २०१६ – नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित, नेपाल १८.१ ओभरमा ४७ रनमा अल आउट, ३३ बल खेलेकी रुबिना ११ रन जोड्दै विस्माह मारुफको बलमा क्लिन बोल्ड, बलिङ्गतर्फ उनले २ ओभरमा ११ रन दिइन् ।
दोश्रो खेल २८ नोभेम्बर २०१६– नेपाल श्रीलंकासँग ८ विकेटले पराजित,१६.३ ओभरमा २३ रनमै सिमित, रुबिना १४ बलमा एक रन जोड्दै आउट । बलिङ्गतर्फ २ ओभरमा १७ रन खर्चेर एक विकेट ।
तेश्रो खेल २९ नोभेम्बर २०१६ – बंगलादेशसँग ९२ रनले पराजित, नेपाल १७.३ ओभरमा ४१ रनमै अल आउट, रुबिना १९ बलमा ७ रन जोड्दै जहनरा आलमको बलमा बोल्ड । बलिङ्गतर्फ ४ ओभरमा एक मेडन राख्दै एक विकेट ।
चौथो खेल १ डिसेम्बर २०१६ – थाइल्याण्डसँग ८ विकेटले पराजित, नेपाल १९.५ ओभरमा ६३ रनमै प्याक । १५ बल खेलेकी रुबिना ८ रनमा आउट, बलिङ्गतर्फ ४ ओभर १६ रन ।
पाँचौ खेल २ डिसेम्बर २०१६ – इण्डीयासँग ९९ रनले पराजित, नेपाल १६.३ ओभरमा २१ रनमै अल आउट । १६ बल खेलेकी रुबिना २ रनमै पुनम यादवको बलमा स्टम्पिङ आउट । बलिङ्गतर्फ ४ ओभर २१ रन २ विकेट ।


बर्ष २०७३ मा सुलब मगर

क्षेत्रिय प्रतियोगितामा स्वर्ण पदक, सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक, भारतमा सम्पन्न दिल्ली सुपर लिग बक्सिङ्ग प्रतियोगिताको लागी भारत उत्तर प्रदेश सरकार द्धारा दुइ बर्षे अनुबन्ध गरिएकी नेपालकी एक मात्र महिला खेलाडी, सो प्रतियोगिताका लागी उनलाई प्रति खेल ७०० अमेरिकी डलरमा अनुबन्ध गरिएको थियो । प्रति खेल ७०० अमेरिकी डलर पाउने उनी नेपालकै पहिलो तथा एक मात्र खेलाडी । १७ बर्षे उमेरमा दिल्ली सुपर लिग खेल्ने विश्वकै पहिलो खेलाडी ।

बर्ष २०७३ मा एस्तर राई

क्षेत्रिय प्रतियोगितामा स्वर्ण पदक,राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक   


खेलाडीको गुनासो

बक्सिङ्गकी सुलब मगरले आँफुलाई अवार्ड घोषणा गर्ने अघिल्लो दिन मात्र फोन गरेर तपाई पनि मनोनयनमा पर्नु भएको छ । आउनु होला, निर्णायक र दर्शकले भोट गरेर उत्कृष्ट खेलाडी घोषर्णा गर्ने हो भनेर बोलाएको भएपनि त्यस्तो नभएको भन्दै सहि निर्णय नभएको गुनासो गरिन् ।
उनले आयोजकले आफ्नो भिडियो समेत नबनाएको बताईन् । उनले खान बस्नको ब्यबस्था छ भनेर आयोजकले अरुलाई पनि ल्याएर आउनुस भनेको र आँफुले गुरुलाई लिएर गएको तर राती अबेर त्यतिकै हिड्नु परेको गुनासो समेत गरिन् । उनले भनिन– भने जस्तो केहि रहेनछ धन्न साथीहरुलाई लिएर गइनछु , नत्र बेइजत नै हुने रहेछ ।
त्यस्तै कराँतेकी एस्तरले फुट्बल र क्रिकेटलाई मात्र खेल देख्नेहरुले बक्सिङ्ग र कराँते के बुझ्थे भन्दै प्रतिक्रिया दिएकी थिइन् भने बुद्धिचालका भुपेन्द्रले खेलाडीको ब्यक्तिगत प्रदर्शनका आधारमा आयोजकले अवार्ड घोषणा नगरेको प्रतिक्रिया दिए ।
उनले खेलाडीको व्यक्तिगत प्रदर्शन हेरेर मुल्यांकन गर्नुको सट्टा आयोजकले आफ्नो नजिककोलाई अवार्ड दिएको आरोप लगाउँदै खेलाडीको प्रोफाइल अतिथि तथा उपश्थित दर्शक,पत्रकार सामु नदेखाउनु नै कमजोर प्रोफाइल भएकालाई उत्कृष्ट खेलाडी घोषणा गर्न सजिलो भएको प्रतिक्रिया दिए ।

त्यस्तै पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्षका उत्कृष्ट प्रशिक्षक बने । मनोजसँगै उत्कृष्ट प्रशिक्षकमा झापा ११ का सञ्जय राई र कराँतेकी सीता राई मनोनयनमा परेका थिए । अवार्डमा फुटबलले वर्ष खेलाडीसहित तीन विधामा पुरस्कार जित्यो । युवा वर्ष खेलाडीको उपाधि झापा ११ का डिफेन्डर देवेन्द्र तामाङले पाए भने रमपम झापा ११ पिपुल्स च्वाइजतर्फ उत्कृष्ट टोली बन्यो । विजेता सबैले समान १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
अवार्ड विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, एन्फा पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा,जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आलेलगायतले पुरस्कृत गरेका थिए । नगद पुरस्कार एन्फा सदस्य नेम्वाङले दिवंगत भाइ फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।
Read more
Thursday, January 25, 2018
मोरङ्गको विराटनगरमा महानगरपालिका कप बुद्धिचाल प्रतियोगिता हुने

झापा,११ माघ।  मोरङ्गको विराटनगरमा विद्यालय स्तरीय महानगरपालिका कप बुद्धिचाल प्रतियोगिता हुने भएको छ । विराटनगर महानगरपालिका भित्रका बुद्धिचालका खेलाडीहरुको खेल स्तर बृद्धिका लागि खेलको आयोजना गरिएको जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय थापाले जानकारी दिए । 


प्रतियोगिता आगामी २६ गते देखी २८ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका ७० बढी खेलाडीको सहभागिता रहने पनि अध्यक्ष थापाले जानकारी दिए ।
Read more
Monday, May 29, 2017
आषिस र खुसीलाई उपाधी

मोरङ्गको उर्लाबारीमा सम्पन्न तेस्रो सनसाइन कप विद्यालय स्तरीय खुला बुद्धिचालको उपाधी आयोजक सनसाइनका आषिस पाण्डेले जितेका छन् । पाँचौ राउण्ड सम्म उपाधी आशा नै नगरिएका उनी छैटौ र सातौ राउण्डको अप्रत्यासित नतिजासँगै च्याम्पियन बनेका हुन् ।  

पाँचौ राउण्ड सम्म अपराजित रहेका सोहि विद्यालयका आदेश दाहाल र सक्षम भण्डारीले छैटौ राउण्डमा बराबरी तथा सातौ राउण्डमा पराजय भोगेपछि पाण्डेले उपाधी उचालेका हुन् । छैटौ राउण्डको बराबरीसँगै उपाधी होड खुला भएको थियो । उनले ६ अंक जोडे । सातौ तथा अन्तिम राउण्डमा सक्षमले बराबरी मात्र खेलेको भएपनि उपाधी पाण्डेले पाउने थिएनन् ।  

आदेश सातौ राउण्डमा आफ्नै स्कुलका समिर खड्कासँग तथा सक्षम आषिससँग पराजित भए । समान ६ अंक भएपनि समिर दोस्रो तथा ५.५ अंकका साथ सक्षम तेस्रो भए । पाँचौ राउण्ड सम्म अपराजित रहेका आदेशले चौथो स्थानमा चित्त बुझाए । सोहि विद्यालयका श्रृजन खड्का पाँचौ तथा दमकको एभरेष्ट बोर्डिङ्ग स्कुलका प्रज्वल बस्नेत छैटौ भए । त्यस्तै सुनगाभाका दीपेन्द्र खनाल सातौ ,आयोजक सनसाइनकै शैलेश दुलाल आठौं,एभरेष्ट दमकका प्रशान्त शाहा नौ औं तथा पशुपति इङ्गलिस बोर्डिङ्ग स्कुल उर्लाबारीका रोशन भट्टराई दशौं भए ।

त्यस्तै गल्स तर्फको उपाधी आयोजक सनसाइनकै खुसी मुखियाले हात पारिन । उनले ५ अंक जोडेकी थिइन् । समान ५ अंक भएपनि एभरेष्ट दमकका कृपा अधिकारी दोस्रो र खुस्बु थापा तेस्रो भए । गल्सतर्फ नै आयोजककी आष्मा थापा ४.५ अंकका साथ चौथो हुँदा मोरङ्ग मोडलकी सलिना तामाङ्ग पाँचौ भइन् ।

त्यस्तै तेह्र बर्ष मुनिको उमेर समुहमा एभरेष्ट दमकका क्रिस अधिकारी प्रथम, समान ४ अंक नै भएपनि आयोजकका कुश कार्की दोस्रो र लभ कार्की तेस्रो भए । सोह्र बर्ष मुनिको उपाधी भने झापा मोडलका लाक्पा तामाङ्गले हात पारे । उनले ४ अंक जोडेका थिए । समान ४ अंक जोडेपनि प्रोगे्रसिभ प्वाइण्टका आधारमा एभरेष्ट दमकका मिसन दाहाल दोस्रो र मोदर मधुमल्लाका पंकज श्रेष्ठ तेस्रो भए । 

खुला तर्फका प्रथम देखी पाँचौ सम्मका विजेताले ट्रफी,मेडल सँगै नगद पन्ध्र सय ,एक हजार ,७ सय र पाँच। पाँच सय तथा गल्सतर्फ आठ सय , पाँच सय र तीन सय प्राप्त गरे । कार्यक्रममा चिफ आरविटर नेपाल च्याम्पियन भुपेन्द्र निरौला र आरविटर तथा संचारकर्मी उत्तम रिजाललाई सम्मान गरिएको थियो । 

विद्यालयका संस्थापक सुरेन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रम प्रिन्सिपल दीपक दंगालले संचालन गरेका थिए । प्रतियोगितामा झापा र मोरङ्गका एघार विद्यालयका ५४ विद्याथी सहभागी थिए ।

१५ जेठ,२०७४

Read more
Wednesday, April 19, 2017
हैदराबाद १५ रनले विजयी

इण्डीयन प्रिमियर लिग क्रिकेटको गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । उसले दिल्ली डेयरडेभिल्सलाई १५ रनले पराजित गरेको गर्योे ।
हैदराबादमा टस जितेर ब्याटिङ्ग गरेको सनराइजर्सले प्रस्तुत गरेको एक सय ९२ रनको लक्ष्य पच्छ्याएको दिल्लीले पुरै ओभर खेलेपनि ५ विकेट गुमाएर एक सय ७६ रन मात्र बनाउन सक्यो । उसका लागी श्रेयास इयरले सर्बाधिक अविजित ५०, ओपनर सन्जु सामसनले ४२, करुन नैरले ३३ र एंगेलो म्याथ्युजले ३१ रनको योगदान दिए ।
टस जितेर ब्याटिङ्ग गरेको सनराइजर्स हैदराबादले ४ विकेटको क्ष्यतिमा एक सय ९१ रन जोडेको थियो । उसका ओपनर तथा आक्राम ब्याट्समेन कप्तान डेविड वार्नर ४ रनमै आउट भएपनि म्यान फ दि म्याच कान विलियम्सन र शिखर धवन चम्किएपछि उच्च स्कोर बनाएको थियो । विलियम्सनले ५१ बलमा ६ चौका र ५ छक्काको सहायताले ८९ तथा धवनले ५० बलमा ७ चौका र एक छक्काको सहायताले ७० रन जोडेका थिए ।
युवराजसिंह मात्र ३ रनमा पेवेलियन फर्किदा मोइसेस हेनरीक्विस १२ तथा दीपक हुडा ९ रनमा अविजित रहे । आज किंग्स इलेभेन पन्जाब र मुम्बई इण्डीयन्सबीच प्रतिस्पर्धा हुनेछ ।

२०७४,बैसाख ७
Read more
Tuesday, April 4, 2017
पहिलो ट्वान्टी–ट्वान्टीमा बंगलादेश द्धारा श्रीलंका सामु १५६ रनको लक्ष्य प्रस्तुत

उत्तम रिजाल,   श्रीलंका विरुद्धको पहिलो टि ट्वान्टीमा बंगलादेशले एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलम्बोमा टस जितेर ब्याटिङ्ग गरेको पाहुना टोली बंगलादेशले ६ विकेटको क्ष्यतिमा एस सय ५५ रन जोडेको थियो ।


उसका लागि मोसादेक हुसेनले सर्बाधिक अविजित ३४ , महमुदुल्लाहले ३१, ओपनर सौम्य सरकारले २९ तथा सविर रहमानले १९ रनको योगदान दिए । आस गरिएका ओपनर तमिम इक्वाल विनाकुनै रनमा आउट भएपछि टिमले खाता नै नखोली पहिलो विकेट गुमाएको थियो । तर सरकार र रहमानले सम्हालिदैं ब्याटिङ्ग गरेसँगै टिमले सन्तोषजनक स्कोर बजाएको थियो ।


बलिङ्गतर्फ लासिथ मालिङ्गाले २ तथा विकुम संजय, असेला गुनारत्ने र सिक्कुज प्रसन्नाले समान एक विकेट लिए । जबाफमा एक सय ५६ रनको लक्ष्यका साथ ब्याटिङ्ग थालेको घरेलु टोलीले आक्रामक शुरुवात गरेको छ ।

२२ चैत्र, २०७३
Read more
Sunday, April 2, 2017
मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररलाई

पाँचौं मायामी ओपन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । फाइनलमा चिर प्रतिद्वन्द्वी राफेल नाडाललाई हराएर फेडेररले उपाधि उचालेका हुन् ।

विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका राफेल नाडाललाई ६–३ र ६–४ को सेटमा हराएर उपाधि उचालेका हुन् । स्वीस फेडेररले निक किरिओसलाई ७–६, ६–७ र ७–६ को सेटमा हराएर फाइनलमा स्थान बनाएका थिए । 

यस्तै सातौं बरियताका स्पेनिस नाडालले सेमिफाइनलमा ४० औं बरियताका फाबियो फोग्निनीलाई ६–१ र ७–५ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका थिए । मायामी ओपनको फाइनल भेट फेडेरर र नाडालबिचको ३७ औं भेट थियो । फेडेररले गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए । 
मायामी ओपनको उपाधि तेश्रोपटक जितेका फेडेररले यसले आफूलाई फ्रेन्च ओपनमा राम्रो प्रदर्शन गर्ने हौसला मिलेको बताए । घुँडाको चोटका कारण लामो समय कोर्टमा नदेखिएका ३५ वर्षे फेडेरर मायामी ओपनको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि भएका छन् ।

Read more
लिग लिडर चेल्सीको अप्रत्यासित हार

लिग लिडर चेल्सीले अप्रत्यासित हार ब्यहोरेपछि इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बनेको छ । गए राति आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा उ  क्रिस्टल प्यालेससंग २–१ ले पराजित भयो । खेलको ५ औ मिनेटमा सेस फाब्रिगासको गोल मार्फत अग्रता लिएपनि त्यसको ६ मिनेटमा २ गोल खाएको थियो ।


खेलपछि चेल्सी प्रशिक्षक एन्टोनी कोन्टेले अप्रत्यासित हारले प्रिमियर लिगको उपाधि यात्रा अझ रोचक बनेको प्रतिक्रिया दिए । लिगमा ९ खेल बाँकी रहदा लण्डन क्लब, दोस्रो स्थानको टोटनह्याम भन्दा ७ अंकले अघि छ । अर्को खेलमा टोटनह्यामले वर्नलीलाई २–० ले पराजित गरेको छ । त्यस्तै, लिभरपुलले एर्भटनलाई ३–१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
शीर्ष चार भित्र पर्न संघर्षरत म्यानचेष्टर युनाईटेडले भने वेष्ट ब्रोमसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ । पछिल्लो नतिजाले शीर्ष चारभित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने म्यान युको सम्भावना कम्जोर बनेको छ । ९ खेल बाँकी छदा म्यान यु चौथो स्थामा रहेको म्यान्चेष्टर सिटी भन्दा ४ अंकले पछाडी छ ।
२० चैत्र, २०७३
Read more