उत्तम रिजाल , झापा,११ माघ।
नेपाल खेलकुद पत्रकार मन्च झापाले फुटबलका विशाल राई र क्रिकेटकी रुबिना
क्षेत्रीलाई झापा जिल्लाको उत्कृष्ट वर्ष खेलाडी घोषित गरेको छ । विशाल
पुरुषतर्फ र रुबिना महिलातर्फ उत्कृष्ट बर्ष खेलाडी घोषित भएका हुन् ।
दुबैको प्रोफाइल भने अन्य प्रतिस्पर्धीको भन्दा कम छ । तर आयोजकले अवार्ड
घोषणा गर्दा कुनै पनि खेलाडीको प्रोफाइल अतिथि तथा उपस्थित दर्शक सामु
प्रस्तुत गरेन् ।
आयोजकले भने
२०७३ साल भरिको ब्यक्तिगत प्रदर्शनका आधारमा उनीहरुलाई २०७३ सालको उत्कृष्ट
बर्ष खेलाडी घोषित गरेको जनाएको छ । यद्यपी अन्य प्रतिस्पर्धी खेलाडीले
भने अवार्ड वितरणमा खेलाडीको प्रोफाइल दर्शक सामु नदेखाइ आँफुखुसी उत्कृष्ट
खेलाडी घोषणा गरेको गुनासो गरेका छन् । पुरुषतर्फको बर्ष खेलाडी घोषित
भएका मनाङ्ग मस्र्याङ्दी क्लबका मिडफिल्डर विशालले फुटबलकै योगेश गुरुङ र
बुद्धिचालका भूपेन्द्र निरौलालाई पछि पार्दै उपाधि जितेका हुन् । बर्षको
उत्कृष्ट खेलाडी हुन उसले बर्षभरी अन्य प्रतिस्पर्धी खेलाडीको भन्दा
उत्कृष्ट प्रदर्शन गरेको हुनु पर्दछ। तर त्यो नहेरिएको बक्सिङ्गकी सुलब मगर
र बुद्धिचालका भुपेन्द्र निरौलाले अवार्ड वितरण पछि प्रतिक्रिया दिए ।
यस्तो छ विशाल,योगेश र भुपेन्द्रको बर्ष २०७३ को प्रोफाइल ।
बर्ष २०७३ मा विशाल राई
बर्ष २०७३ मा
खेलेका सबै प्रतियोगीतामा गरि मनाङले आहा रारा,झापा गोल्डकप र धनगडी
गोल्डकप जीतेको विशालले बताए । उनीसँगको कुराकानीमा उनले भने बर्ष २०७३ भरी
दुइ तीन गोल गरे होला । उनी बर्ष २०७३ मा कुनै प्रतियोगितामा सर्बाधिक
गोलकर्ता तथा उत्कृष्ट मिडफिल्डर भएनन् ।
बर्ष २०७३ मा योगेश गुरुङ्ग
झापा ११ बाट
खेल्दै आएका योगेश गुरुङ्गले बर्ष २०७३ मा झापा ११ ले माइ भ्याली गोल्डकप,
काँकडभिट्टा गोल्डकप र मानेभञ्ज्याङ्ग गोल्डकप जीतेको बताए । उनलाई बर्ष
२०७३ भरी तपाइले कति गोल गर्नु भयो भनी सोधिएको प्रश्नमा उनले भने २०७३ भरी
सबै प्रतियोगिता गरि चार पाँच गोल गरे होला । योगेश पनि बर्ष २०७३ मा कुनै
प्रतियोगितामा सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडी घोषित भएनन् ।
बर्ष २०७३ मा भुपेन्द्र निरौला
बुद्धिचालका
भुपेन्द्र निरौलाले बर्ष २०७३ मा इलाममा सम्पन्न १९ औं राष्ट्रिय
बुद्धिचालमा एक खेल अगाबै नेपाल च्याम्पियन बन्दै उपत्यका बाहिरको पहिलो
नेपाल च्याम्पियन बन्ने पहिलो खेलाडीको रुपमा आँफुलाई दर्ज गरेका थिए ।
त्यस्तै उनले अजरबैजानको बाकुमा भएको विश्वका एक सय ८० देश का खेलाडी
सहभागी ओलम्पियाड ( चेस ओलम्पिक ) मा नेपालको प्रतिनिधित्व गरेका थिए ।
सोहि प्रतियोगितामा उनले बुद्धिचालका २५१० रेटिङ्गका कोलम्बियन
ग्राण्डमास्टर लाई पराजीत गरे । २५०० रेटिङ्ग माथीको ग्राण्डमास्टरलाई
पराजीत गर्ने उनी नै पहिलो नेपाली खेलाडी समेत हुन् । त्यस्तै २०७३ मै
स्याङ्गजामा भएको धनबहादुर प्रधान स्मृती राष्ट्र व्यापी बुद्धिचालमा
अपराजीत रहदै दोश्रो भएका थिए । सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल
आर्मी क्लब बाट सहभागी ( उपत्यका बाहिर बाट विभागीय टोलीबाट खेल्ने पहिलो
बुद्धिचाल खेलाडी ) ।
के भने उपाधि जितेपछि स्टेजबाट विशालले
उपाधि
जितेपछि स्टेजबाट सम्बोधन गर्दै विशालले भने– म मनाङ्गको खेलाडी हुँ । मलाई
झापा बाट खेल्ने मन छ । अहिले सम्म झापा बाट खेल्न पाएको छुइन । अब चाँहि
पुरा हुन्छ होला, भगिरथ आले मामा यहिँ हुनुन्छ, जेके सर यहि हुनुन्छ । मलाई
झापा बाट खेलाउनु हुन्छ होला । म झापा बाट खेल्न चाहान्छु ।
उता
उत्कृष्ट महिला वर्ष खेलाडी भएकी रुबिनाको बर्ष २०७३ राम्रो थिएन् । उनले
खेलेका ११ खेलमा कुनैमा पनि अर्ध सतक बनाउन त सकिनन् नै उनले १३ रन भन्दा
बढी रन जोड्न सकिनन् । यद्यपी उनले बक्सिङकी सुलब मगर र कराँतेकी एस्तर
राईलाई उछिन्दै उपाधि जीतेकी थिइन् ।
यस्तो छ बर्ष २०७३ मा रुबिना क्षेत्रीको प्रदर्शन
उनको
नेतृत्वमा हङ्गकङ्गमा भएको विश्वकप क्रिकेटको लागी एशिया क्षेत्रको छनोट
प्रतियोगिताका ६ खेल मध्ये ३ मा जीत,३ मा हार,उनले प्रतियोगितामा खेलेका ६
खेलमा सबै भन्दा बढी चीन विरुद्ध १३ रन जोडेकी थिइन् ।
पहिलो खेल ९ अक्टोबर २०१६ – आयोजक हङ्गकङ्गसँग ६ विकेटले पराजित, नेपाल १९.२ ओभरमा ७७ रनमा अल आउट । रुबिना १२ रनमा आउट, बलिङ्गतर्फ ३ ओभर ११ रन ।
दोश्रो खेल १० अक्टोबर २०१६ – थाइल्याण्डसँग
३ विकेटले पराजित, नेपालले २० ओभरमा ८ विकेट गुमाएर ७६ रन बनाउँदा १५ बल
खेलेकी रुबिना ७ रनमा अविजित, बलिङ्गतर्फ ३ ओभर १४ रन एक विकेट ।
तेश्रो खेल ११ अक्टोबर २०१६ – नेपाल
२० रनले विजयी, नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन जोड्दा ७ बल खेलेकी
रुबिना ४ रनमै आउट । बलिङ्गतर्फ ४ ओभर १० रन १ विकेट ।
चौथो खेल १३ अक्टोबर २०१६ – नेपाल
हङ्गकङ्ग विरुद्ध ६ रनले विजयी, नेपालले २० ओभरमा ८ विकेट गुमाएर ७५ रन
जोड्दा ४ बल खेलेकी रुबिना ४ रनमै आउट । बलिङ्गतर्फ ३ ओभरमा १५ रन खर्चेर
एक विकेट ।
पाँचौ खेल १४ अक्टोबर २०१६ – नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित, नेपालले २० ओभरमा ४ विकेटको क्ष्यतिमा एक सय ८ रन जोड्दा रुबिना १० रनमा अविजित ।
छैटौ खेल १५ अक्टोबर २०१६ –
चीन विरुद्ध नेपाल ४ विकेटले विजयी, ९ बल खेलेकी रुबिना १३ रनमा अविजित,
बलिङ्गतर्फ ४ ओभरमा १० रन खर्चेर २ विकेट लिन सफल । सो खेलमा मात्र प्लेयर
अफ दि म्याच ।
त्यस्तै उनको नेतृत्वमा
थाइल्याण्डको बैंककमा भएको ट्वान्टी–ट्वान्टी एशिया कप क्रिकेट प्रतियोगिता
खेलेको नेपालले प्रतियोगिताका कुनै पनि खेलमा जीत निकाल्न सकेन् । उनले
प्रतियोगितामा खेलेका ५ खेलमा सबै भन्दा बढी पाकिस्तान विरुद्ध ११ रन
जोडेकी थिइन् ।एशिया कपको पहिलो खेल २६ नोभेम्बर २०१६ – नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित, नेपाल १८.१ ओभरमा ४७ रनमा अल आउट, ३३ बल खेलेकी रुबिना ११ रन जोड्दै विस्माह मारुफको बलमा क्लिन बोल्ड, बलिङ्गतर्फ उनले २ ओभरमा ११ रन दिइन् ।
दोश्रो खेल २८ नोभेम्बर २०१६– नेपाल
श्रीलंकासँग ८ विकेटले पराजित,१६.३ ओभरमा २३ रनमै सिमित, रुबिना १४ बलमा
एक रन जोड्दै आउट । बलिङ्गतर्फ २ ओभरमा १७ रन खर्चेर एक विकेट ।
तेश्रो खेल २९ नोभेम्बर २०१६ – बंगलादेशसँग
९२ रनले पराजित, नेपाल १७.३ ओभरमा ४१ रनमै अल आउट, रुबिना १९ बलमा ७ रन
जोड्दै जहनरा आलमको बलमा बोल्ड । बलिङ्गतर्फ ४ ओभरमा एक मेडन राख्दै एक
विकेट ।
चौथो खेल १ डिसेम्बर २०१६ – थाइल्याण्डसँग ८ विकेटले पराजित, नेपाल १९.५ ओभरमा ६३ रनमै प्याक । १५ बल खेलेकी रुबिना ८ रनमा आउट, बलिङ्गतर्फ ४ ओभर १६ रन ।
पाँचौ खेल २ डिसेम्बर २०१६ – इण्डीयासँग
९९ रनले पराजित, नेपाल १६.३ ओभरमा २१ रनमै अल आउट । १६ बल खेलेकी रुबिना २
रनमै पुनम यादवको बलमा स्टम्पिङ आउट । बलिङ्गतर्फ ४ ओभर २१ रन २ विकेट ।
बर्ष २०७३ मा सुलब मगर
क्षेत्रिय
प्रतियोगितामा स्वर्ण पदक, सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण
पदक, भारतमा सम्पन्न दिल्ली सुपर लिग बक्सिङ्ग प्रतियोगिताको लागी भारत
उत्तर प्रदेश सरकार द्धारा दुइ बर्षे अनुबन्ध गरिएकी नेपालकी एक मात्र
महिला खेलाडी, सो प्रतियोगिताका लागी उनलाई प्रति खेल ७०० अमेरिकी डलरमा
अनुबन्ध गरिएको थियो । प्रति खेल ७०० अमेरिकी डलर पाउने उनी नेपालकै पहिलो
तथा एक मात्र खेलाडी । १७ बर्षे उमेरमा दिल्ली सुपर लिग खेल्ने विश्वकै
पहिलो खेलाडी ।
बर्ष २०७३ मा एस्तर राई
क्षेत्रिय प्रतियोगितामा स्वर्ण पदक,राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक
खेलाडीको गुनासो
बक्सिङ्गकी
सुलब मगरले आँफुलाई अवार्ड घोषणा गर्ने अघिल्लो दिन मात्र फोन गरेर तपाई
पनि मनोनयनमा पर्नु भएको छ । आउनु होला, निर्णायक र दर्शकले भोट गरेर
उत्कृष्ट खेलाडी घोषर्णा गर्ने हो भनेर बोलाएको भएपनि त्यस्तो नभएको भन्दै
सहि निर्णय नभएको गुनासो गरिन् ।
उनले
आयोजकले आफ्नो भिडियो समेत नबनाएको बताईन् । उनले खान बस्नको ब्यबस्था छ
भनेर आयोजकले अरुलाई पनि ल्याएर आउनुस भनेको र आँफुले गुरुलाई लिएर गएको तर
राती अबेर त्यतिकै हिड्नु परेको गुनासो समेत गरिन् । उनले भनिन– भने जस्तो
केहि रहेनछ धन्न साथीहरुलाई लिएर गइनछु , नत्र बेइजत नै हुने रहेछ ।
त्यस्तै
कराँतेकी एस्तरले फुट्बल र क्रिकेटलाई मात्र खेल देख्नेहरुले बक्सिङ्ग र
कराँते के बुझ्थे भन्दै प्रतिक्रिया दिएकी थिइन् भने बुद्धिचालका
भुपेन्द्रले खेलाडीको ब्यक्तिगत प्रदर्शनका आधारमा आयोजकले अवार्ड घोषणा
नगरेको प्रतिक्रिया दिए ।
उनले
खेलाडीको व्यक्तिगत प्रदर्शन हेरेर मुल्यांकन गर्नुको सट्टा आयोजकले आफ्नो
नजिककोलाई अवार्ड दिएको आरोप लगाउँदै खेलाडीको प्रोफाइल अतिथि तथा उपश्थित
दर्शक,पत्रकार सामु नदेखाउनु नै कमजोर प्रोफाइल भएकालाई उत्कृष्ट खेलाडी
घोषणा गर्न सजिलो भएको प्रतिक्रिया दिए ।
त्यस्तै
पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्षका
उत्कृष्ट प्रशिक्षक बने । मनोजसँगै उत्कृष्ट प्रशिक्षकमा झापा ११ का सञ्जय
राई र कराँतेकी सीता राई मनोनयनमा परेका थिए । अवार्डमा फुटबलले वर्ष
खेलाडीसहित तीन विधामा पुरस्कार जित्यो । युवा वर्ष खेलाडीको उपाधि झापा
११ का डिफेन्डर देवेन्द्र तामाङले पाए भने रमपम झापा ११ पिपुल्स च्वाइजतर्फ
उत्कृष्ट टोली बन्यो । विजेता सबैले समान १५ हजार रुपैयाँ प्राप्त गरेका
थिए ।
अवार्ड
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव
केशव कुमार विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, एन्फा
पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति झापाका
अध्यक्ष शंकर थापा,जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आलेलगायतले
पुरस्कृत गरेका थिए । नगद पुरस्कार एन्फा सदस्य नेम्वाङले दिवंगत भाइ
फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा प्रदान गरेका थिए ।
0 comments