उत्तम रिजाल
२६ मंसिर,फिदिम / सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बुद्धिचालतर्फको पुर्वाञ्चल स्तरीय छनोट खेलमा चार खेलाडीले अग्रता लिएका छन् । पाँचथरको फिदिममा जारी खेलमा दोश्रो दिन तेश्रो राउण्ड सम्मको खेल सकिदा महिला तर्फ झापाकी पुनम प्रसाईले एकल अग्रता लिएकी छन् ।
उनले तेश्रो राउण्डमा झापाकै खुस्बु थापालाई पराजित गरेसँगै अग्रता लिएकी हुन् । पहिलो बोडमा ब्लाकबाट खेलेकी उनले खुस्बुलाई रिजाइन दिन बाध्य बनाएकी थिइन् । झापाकै कृपा अधिकारी र मोरङ्गकी आष्मा थापा समान २.५ अंकका साथ दोस्रो स्थानमा छन् । मोरङ्गकी खुसी मुखिया र ममता सहनी, ताप्लेजुङ्गकी शुशिला गुरुङ्ग र झापाकी खुस्बु थापा २ अंकका साथ अन्तिम पाँचमा पर्न संघर्षरत छन् ।
उता पुरुषतर्फ झापाका प्रकाश नेपाल, शुनसरीका प्रज्वल घिमिरे र धनकुटाका सुमन श्रेष्ठ समान तीन अंकका साथ अग्र स्थानमा रहेका छन् । तेस्रो राउण्डमा पहिलो बोर्डमा खेलेका प्रकाशले शुनसरीका राजन कुमार पोख्रेललाई पराजित गरेका थिए । त्यस्तै शुनसरीका प्रज्वलले उदयपुरका पर्शुराम राईलाई तथा धनकुटाका सुमन श्रेष्ठले झापाका राजन सुवेदीलाई पराजित गरेका छन् । अन्य खेलमा सप्तरीका मनोज विक र सिंहेश्वर दास,उदयपुरका महेश कुमार बस्नेत,भोजपुरका सुमन राई,मोरङ्गका राजकुमार वान्तवा,पाँचथरका हेम बहादुर जबेगु र एलिन आङ्गदेम्बेले जित निकालेका छन् । उनीहरु समान २ अंकका साथ अन्तिम सात प्रबेशका लागी संघर्ष गरिरहेका छन् । प्रतियोगितामा आज चौथो र पाँचौ राउण्डका खेल हुनेछन् ।
0 comments