२४ फागुन / सेनाको त्रिभुवन आर्मी क्लब बारामा जारी सातौं सिमरा सोमबार भएको क्वार्टरफाइनलमा चिरपरिचित प्रतिस्पर्धी थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । आर्मीका लागि खेलको ४५औं मिनेटमा विमल घर्तीमगरको पासमा विकास तामाङले निर्णायकगोल गरेका हुन् ।
खेलको ८९औं मिनेटमा पिटर सेगुनले प्रहार गरेको पेनाल्टीलाई आर्मीका गोलकिपर बिकेश कुथुले बचाउँदै टिमलाई जिताए ।विमल ‘म्यान अफ द म्याच’ भए । नवजनजागृति युवा क्लबको आयोजनामा १० टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार तथा उपविजेताले साढे दुई लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।

0 comments