९ फाल्गुन/ स्पानिस प्रिमिरा ला लिगा फुटबलमा बार्सिलोनाले ९ अंकको अग्रता लिएको छ। गएराति भएको खेलमा लास पल्मसलाई २–१ गोल अन्तरले पराजित गरेसँंगै बार्सिलोनाले ला लिगा फुटबलको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसंगको ९ अंकको अग्रता लिएको हो।
खेलको छैठौं मिनेटमै लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। तर खेलको १० औँ मिनेटमै पल्मसका लागि विलियन जोसेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको ३९ औँ मिनेटमा नेमारले गोल गर्दै बार्सिलोनालाई २–१ के अग्रता दिलाए। बार्सिलोनाले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो। तर दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि बार्सिलोना २–१ गोल अन्तरले विजयी भयो।
जितपछि बार्सिलोना २५ खेलबाट ६३ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २४ खेलबाट ५४ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको २४ खेलबाट ५३ अंक छ।
0 comments