
१० भदौ,काठमाडौं/ प्रथम साफ अन्डर नाइन्टिन च्याम्पियनसीप फुट्बल प्रतियोगिताको उपाधीका लागी नेपाल र भारत भिड्ने निश्चित भएको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलार्इ हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो भने भारतले बंगलादेशलाई सडन डेथमा पाखा लगायो। नेपालले भने अफगानिस्तान विरूद्ध ३–२ को गोल अन्तरले सेमिफाइनलमा जित दर्ता गरेको हो।

अनन्त तामाङले आत्मघाती गोल गरेका थिए भने तेस्रो गोल ५३ औं मिनेटमा सुनिल बलले गरे । अफगानिस्तानकातर्फबाट ७२ औं मिनेटमा मेहदी रेजाइले गोल गरेका थिए । भारतले भने बंगलादेशलाई सडन डेथमा ४–३ ले पराजित गरेको हो । निर्धारीत ९० मिनेट सम्म दुबैले गोलरहित बराबरी खेलेपछि खेल सडन डेथ सम्म पुगेको थियो ।
0 comments