Open top menu
Tuesday, June 7, 2016
अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने

२५ जेठ,विराटनगर/ मोरङ्गको विराटनगरमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि २७ गतेबाट शुरुहुने मोरङ्ग जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय कुमार थापाले जानकारी दिनुभएको छ । 

२९ गते सम्म संचालन हुने सो प्रतियोगितामा प्रत्येक विद्यालयका चार छात्र र चार छात्रा गरी जिल्लाका ८० जनाको सहभागिता हुने अध्यक्ष थापाले जानकारी दिनु भयो । प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट चार छात्र र चार छात्रालाई जिल्ला बुद्धिचाल संघले दोस्रो चरणमा आयोजना गर्ने FIDE ROUND ROBIN CHESS TOURNAMENT मा सोझै सहभागी गराउने छ । आगामी असार महिना भित्रै छनौटमा परेका खेलाडी लगायत स्थानिय खेलाडीहरुलाई समावेश गराई FIDE ROUND ROBIN CHESS TOURNAMENT गराउने पनि थापाले वताउनु भयो । आगामी दिनहरुमा विद्यार्थी लगायत स्थानिय खेलाडीहरुलाई यसै प्रकृया द्वारा प्रतियोगितामा सहभागी गराई जिल्लामा उत्कृष्ट FIDE RATED PLAYER   उत्पादन गरी SECONDARY SCHOOL LEVEL DISTRICT FIDE RATING CHESS TOURNAMENT तथा DISTRICT LEVEL OPEN FIDE RATING CHESS TOURNAMENT को आयोजना गर्ने पनि वहाले वताउनु भयो ।

 मोरङ जिल्लाका खेलाडीहरुलाई अझै सशक्त वनाउनका लागि प्रशिक्षण कार्यक्रमहरु समेत ल्याउने वहाले वताउनु भयो । प्रतियोगिता मोरङ जिल्ला खेलकुद विकास समिति, विराटनगरको कभर्ड हलमा हुनेछ ।
Read more
Monday, May 23, 2016
काठमाण्डौंको दब्दबा सकियो,झापाका भुपेन्द्र नेपाल च्याम्पियन



१० जेठ,इलाम/  बुद्धिचालमा काठमाण्डौंको एकल दब्दबा सकिएको छ । इलाममा जारी १९ औं राष्ट्रिय प्रतियोगिताको सोमबार आठौ राउण्डको खेल सकिएसँगै झापा दमकका भुपेन्द्र निरौला (निरज) एक खेल अगावै नेपाल च्याम्पियन भएपछि काठमाण्डौंको एकल दब्दबा समाप्त भएको हो । अहिले सम्म राजधानी बाहिरका कोहिपनि नेपाल च्याम्पियन बनेका थिएनन् । उनको ७ अंक रहेको छ । उनलाई पच्छ्याइ रहेका ओलम्पियाड ललितपुरे सजिन महर्जन पुर्व नेपाल च्याम्पियन क्यान्डिडेट माष्टर केशब श्रेष्ठसँग चित खाएपछि भुपेन्द्र एक खेल अगावै नेपाल च्याम्पियन बन्न सफल भएका हुन् । यससँगै आगामी ओलम्पियाडका लागि छनोट हुनेपनि उनी पहिलो खेलाडी भएका छन् । पहिलो बोर्डमा खेलेका भुपेन्द्रले भने आठौं राउण्डमा क्षितिज भण्डारीसँग अंक बाडेका थिए । यद्यपी उनले खेलमा एक अंकको स्पष्ट अग्रता लिएका थिए । भण्डारीको ५.५ अंक रहेको छ ।

 दोस्रो बोर्डमा पराजय भोगेका महर्जनको पनि पराजयको बाबजुद ५.५ अंक नै रहेको छ । महर्जनले श्रेष्ठलाई पराजित गरेको भए खेलको निणर्य नौं औं तथा अन्तिम राउण्डबाट मात्र आउने थियो । झापा दमककै प्रकाश नेपाल फिडे माष्टर मनिष हमाललाई बराबरीमा रोक्न सफल भए । उनले तेस्रो बोर्डमा खेलेका थिए । बराबरीपछि प्रकाश र मनिषको समान ५ अंक भएको छ । त्यस्तै चौथो बोर्डमा खेलेका फिडे माष्टर विलमलाल श्रेष्ठ र पुरुषोत्तम चौलागाईले पनि बराबरी खेलेका छन् । क्यान्डिडेट माष्टर रिजेन्द्र राजभण्डारी भने हिमाल लामासँग पराजित भए । जित हासिल गरेका लामाको ५.५ अंक भएको छ । यो सँगै अजरबैजानमा हुने आगामी ओलम्पियाडमा सहभागि हुने बाँकी चार खेलाडीको टुङगो अन्तिम राउण्डबाट मात्र लाग्ने भएको छ । अन्तिम राउण्डका टप ५ बोर्डमा रहने खेलाडी गर या मरको अवस्था रहने छन् । उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा पुर्व च्याम्पियन विना जैसवाल पराजित हुदै ओलम्पियाडका लागि छनोट हुने सम्भाबनाबाट टाढा भएकी छन् । उनको चार अंक मात्र रहेको छ । शिर्ष स्थानमा  रहेकी सिन्दीरा जोशीको ६.५,दोस्रो स्थानमा रहेकी मोनालिसा खम्बुको ६,तेस्रो स्थानमा रहेकी शान्ता थापाको ६,चौथा स्थानमा रहेकी सुजना लोहनीको ५.५ पाँचौ स्थानमा रहेकी संगिता जैसवालको र छैटौ स्थानमा रहेकी विसेखा जैसवालको समान ४.५ अंक रहेको छ । त्यस्तै सुरुचि थिङको ४ अंक रहेको छ । अन्तिम राउण्ड मंलबार विहान ७ बजेबाट शुरुहुनेछ ।

Read more
हिमाल लामालाई पराजित गरेसँगै झापाका भुपेन्द्र निरौला उपाधि नजिक


१० जेठ,इलाम/  ईलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला (निरज) उपाधि नजिक पुगेका छन् । आज चौथो दिनको पहिलो राउण्डको खेलमा हिमाल लामालाई पराजित गरेपछि उनि उपाधी नजिक पुगेका हुन् । लामाले ३१ औं चालमा गरेको ड्र अफरलाई ठाडै अस्विकार गरेका उनले ८५ औं चालमा लामालाई हार स्विकार्न बाध्य बनाएका थिए । जितसँगै भुपेन्द्रको ६.५ अंक भएको छ । पराजित हिमलको भने ४.५ अंक रहेको छ ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेका ओलम्पियाड सजिन महर्जनले पुरुषोत्तम चौलागाईलाई पराजित गरेका छन् । महर्जनको ५.५ अंक पुगेको छ । त्यस्तै पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाई क्षितिज भण्डारीले पाखा लगाए । जितसँगै उनको ५ अंक भएको छ । तेस्रो बोर्डमा खेलेका फिडे माष्टर मनिष हमाल र क्यान्डिडेट माष्टर केशब श्रेष्ठले बराबरी खेल्दा झापा दमककै प्रकाश नेपालले रबिन्द्र शाक्यलाई चित ख्वाए ।

प्रतियोगितामा यि तीनै जनाको समान ४.५ अंक रहेको छ । अन्य खेलमा फिडे माष्टर बिलमलाल श्रेष्ठ,विजय डंगोल,क्यान्डिडेट माष्टर प्रचण्डमान मालाकार र बाबुराजा महर्जनले आ–आफ्नो खेलमा जित निकाल्दै थप एक÷एक अंक बटुलेका छन् । उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा सातौ राउण्डको बराबरीसँगै सिन्दीरा जोशी आफ्नो अग्रतालाई कायमै राख्न सफल भएकी छन् । उनको ५.५ अंक रहेको छ । उनले पहिलो बोर्डमा सुजना लोहनीसँग बराबरी खेलेकी हुन् ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेकी शान्ता थापाले मोनालिसा खम्बुसँग बराबरी गर्न सफल भइन् । खम्बु,लोहनी र थापाको समान ४.५ अंक रहेको छ । उनीहरुलाई अनिसा न्यौपाने,अस्मिता अधिकारी,विनिता कपाली र विना जैसवालले पच्छ्याइ रहेका छन् । 

Read more
भुपेन्द्रको अग्रता कायमै


९ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल
प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला (निरज)को अग्रता कायमै रहेको छ । आइतबार दोस्रो राउण्डमा पहिलो बोर्डमा ब्लाकबाट खेलेका उनले पुरुषोत्तम चौलागाईसँग बराबरी खेलेपनि एक अंकको अग्रता कायमै रहेको छ । उनको ५.५ अंक रहेको छ । पहिलो राउण्डमा ओलम्पियाड सजिन महर्जनलाई माथ दिएका निरौलाले चौलागाईसँग भने आशातित प्रदर्शन गर्न सकेनन् । चौलागाईले निरौलालाई कडा चुनौति दिएका थिए । निरौलासँग बराबरी खेलेका  चौलागाई र हिमाल लामाको ,तथा सजिन महर्जनको समान ४.५ अंक रहेको छ ।

 दोस्रो राउण्डमा तेस्रो बोर्डमा खेलेका महर्जनले रिजेन्द्र राजभण्डारीलाई पराजित गरेका हुन् । तीनै जनाले निरौलालाई पच्छ्याइ रहेका छन् । दोस्रो बोर्डमा खेलेका लामाले पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाइ पराजित गरेका थिए । पराजय भोगे पनि तण्डुकारको ४ अंक रहेको छ । उनीसँगै फिडे माष्टर मनिष हमाल र राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितिज भण्डारीको पनि ४ अंक रहेको छ । त्यस्तै फिडे माष्टर बिलमलाल श्रेष्ठ र सुमित पन्त समान ३.५ अंकका साथ उनीहरुलाई पच्छ्याइ रहेका छन् । यता अर्का फिडे माष्टर सुजेन्द्र प्रसाद श्रेष्ठ भने झापा दमककै प्रकाश नेपालसँग चित खाएका छन् । यो सँगै एकल अग्रता कायम गरेका भुपेन्द्र माथी च्याम्पियन बन्नका लागि बाँकी तीन खेलमा कम्तिमा एक जित र एक बराबरी गर्नु पर्ने छ । 

प्रतियोगितामा आश गरिएका खेलाडी गणेशमान दुवाल,प्रचण्डमान मालाकार र जनार्दन श्रेष्ठ भने सोचे अनुसारको खेल देखाउन सकेका छैनन् । उता चौथो महिला राष्ट्रिय बुद्धिचालमा भने पुर्व नेपाल चयाम्पियन विना जैसवाल अन रेटेड सुजना लोहनीसँग स्तब्ध भएसँगै यस बर्ष पनि च्याम्पियन बन्ने उनको सपना अधुरै हुने भएको छ । उनको ३ अंक छ भने लोहनीको ४ तथा शिर्ष स्थानमा रहेकी सिन्दिरा जोशीको ५ तथा मोनालिसा खम्बु र शान्ता थापाको समान ४.५ अंक रहेको छ । 

 त्यस्तै संगिता जैसवालको ३.५ तथा विनिता जैसवाल,सुरुचि थिङ र अभा पुडासैनिको समान ३ अंक रहेको छ । पुरुष तथा महिला तर्फ अन्तिम पाँचमा रहने खेलाडी अजरबैजानमा हुने ओलम्पियाडका लागि छनोट हुनेछन् । प्रतियोगिता शिवानी एयरको मुख्य प्रायोजन तथा नेपाल निर्माण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह–प्रायोजनमा भइरहेको छ । होटल समिटको हलमा भइरहेको प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन् । 

Read more
Saturday, May 21, 2016
नेपाल च्याम्पियनलाई हराएसँगै भुपेन्द्रको एकल अग्रता



८ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला निरजले एकल अग्रता कायम गरेका छन् । शनिबार दोस्रो दिनको खेल सकिदा सम्म उनले लगातार जित निकाल्दै चार अंक सहित एकल अग्रता कायम गरेका हुन् । 

पहिलो बोर्डमा ब्लाक बाट खेल खेलेका उनले नेपाल च्याम्पियन केशब श्रेष्ठलाई ६३ मुभमा हार स्विकार्न बाध्य बनाएका थिए । पराजित श्रेष्ठलाई पुरै समय सम्म कडा चुनौति दिएका उनको यो अग्रतासँगै च्याम्पियनको सम्भाबना झन बढेको छ । यसअघि शनिबार नै  तेस्रो बोर्डमा खेलेका निरौलाले १८ सय ८५ रेटेड कमल श्रेष्ठलाई घुँडा टेकाएका थिए ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेका बिलमलाल श्रेष्ठ र फिडे माष्टर मनिष हमालले बराबरीमै चित्त बुझाए । तेस्रो बोर्डमा खेलेका सजिन महर्जनले क्षितिज भण्डारीलाई पाखा लगाउँदा चौथो बोर्डमा खेलेका हिमाल लामाले पनि जित निकाले । उनले कमल श्रेष्ठ विरुद्ध सहज जित हात पारेका थिए । त्यस्तै पाँचौ बोर्डमा खेलेका पुरुषोत्तम चौलागाईले बाबुराजा महर्जनलाई चित ख्वुवाउँदा पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारले अबिरल राईलाई पाखा लगाए । अन्य खेलमा सुजेन्द्र प्रसाद श्रेष्ठले विकाश कुलुजुलाई,जनार्दन श्रेष्ठले मदन रायामाझीलाई,रविन्द्र शाक्यले विजय जातिलाई,प्रचण्डमान मालाकारले रुद्र खनियालाई,विक्रम जातिले दिपक महर्जनलाई   पराजित गरेका छन् । प्रतियोगितामा सजिन महर्जन ३.५ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । छ खेलाडी तीन अंकका साथ उपाधी होडमा कायमै रहेका छन् ।

 उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा अस्मिता अधिकारी र मोनालिसा खुम्बु समान ३.५ अंकका साथ अग्र स्थानमा रहेका छन् । यस अघि अपराजित रहदै शिर्ष स्थानमा रहेकी सिन्दीरा जोशी अस्मितासँगको पराजयसँगै ३ अंकका साथ दोस्रो स्थानमा झरेकी छन् । उनीसँगै सुरुची थिङपनि बिसेखा जैसवाललाई पराजित गर्दै ३ अंक बनाउँन सफल भएकी छन् । त्यस्तै शनिबार सम्पन्न अन्य खेलमा संगिता जैसवाल,शान्ता थापा,अन्जु शाहा र पुनम प्रसाइले आ–आफ्नो खेलमा जित हातपार्दै थप एक अंक बटुलेका छन् । आइतबार पनि दुई खेल हुनेछन् । 

Read more
Friday, May 20, 2016
राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आज दोस्रो दिनका खेलहरु जारी


      



८ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल
प्रतियोगितामा आज दोस्रो दिनका खेलहरु हुदैछन् । अहिले पहिलो राउण्डको खेल भइरहेको छ । आज पहिलो बोर्डमा नेपाल च्याम्पियन २१ रेटेड सय ४७ क्यानिडेट माष्टर केशब श्रेष्ठ र १९ सय ६५ रेटेड क्षितिज भण्डारी प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यस्तै दोस्रो बोर्डमा रहेर फिडे माष्टर मनिष हमाल र १९ सय ७८ रेटेड सजिन महर्जन ,तेस्रो बोर्डमा क्यानिडेट माष्टर २ हजार ३७ रेटेड भुपेन्द्र निरौला निरज र १८ सय ८५ रेटेड कमल श्रेष्ठ,चौथो बोर्डमा फिडे माष्टर १९ सय ५ रेटेड सुजेन्द्र प्रसाद श्रेष्ठ र २ हजार ६९ रेटेड हिमाल लामा,पाँचौ बोर्डमा १९ सय ९७ रेटेड फिडे माष्टर बिलमलाल श्रेष्ठ र १९ सय ९२ रेटेड रिजेन्द्र राजभण्डारी प्रतिस्पर्धा गरिरहेका छन् ।

उता चौथो महिला राष्ट्रिय प्रतियोगिता तर्फ भने पहिलो बोर्डमा १६ सय ४४ रेटेड अस्मिता अधिकारी र १५ सय ९१ रेटेड बिना जैसवाल,दोस्रो बोर्डमा १६ सय २५ रेटेड शान्ता थापा र १५ सय २४ रेटेड सिन्दीरा जोशी , तेस्रो बोर्डमा १७ सय ४९ रेटेड मोनालिसा खम्बु र अन रेटेड आभा पुडासैनी प्रतिस्र्धा गरिरहेका छन् । 
Read more
   श्रेष्ठ द्धारा तण्डुकार पराजित


    



७ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल च्याम्पियन केशब श्रेष्ठले लगातार जित हात पारेका छन । पहिलो राउण्डमा भगवती प्रसाद शर्मालाई पहिलो बोर्डमा चित खुवाएका उनले दोस्रो राउण्डमा पहिलो बोर्डमै पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारमाथि जित हासिल गदै लगातार दुई खेलमा जित निकाल्दै पुन नेपाल च्याम्पियनको संकेत दिएका छन् । 

उता दोस्रो बोर्डमा खेलेका फिडे माष्टर मनिष हमालले १९ सय ३९ रेटेड पुरुषोत्तम चौलागाईलाई माथ दिदै लगातार दुई खेलमा जित निकालेका छन् । त्यस्तै तेस्रो बोर्डमा खेलेका भुपेन्द्र निरौला निरजले १९ सय २२ रेटेड गणेशमान दुवाललाई पराजित गरेका छन् । जितसँगै भुपेन्द्रले पनि लगातार दुई खेलमा जित हासिल गर्दै आफ्नो पनि दाबेदारी प्रस्तुत गरेका छन् । त्यस्तै १९ सय ७८ रेटेड सजिन महर्जनले पनि पहिलो दिनको दुबै खेलमा जित हात पारेका छन् । दोस्रो राउण्डमा पाँचौ बोर्डमा खेलेका उनले १७ सय ९१ रेटेड कृष्ण शाहालाई माथ दिदा फिडे माष्टर द्धोय बिलमलाल श्रेष्ठ सुजेन्द्र प्रसाद श्रेष्ठले बराबरीमा चित्त बुझाए । दुबैको समान एक दशमलव ५ अंक रहेको छ । 

अन्य खेलमा क्यानिडेट माष्टर रिजेन्द्र राजभण्डारी,रविन्द्र शाक्य,भगवती प्रसाद शर्मा,बाबुराजा महर्जन ,सुमित पन्त र अविरल राईले जित हात पारेका छन् । उता महिलातर्फ भने अस्मिता अधिकारी,विना जैसवाल,सिन्दीरा जोशीले दुबै राउण्डमा जित हात पारेका छन् । शनिबार दोस्रो दिन पनि दुई राउण्का खेल हुनेछन् ।


Read more
Thursday, May 19, 2016
Ashish Nehra out of IPL with hamstring injury

Sunrisers have to win at least one of their two remaining matches - against Delhi Daredevils and Kolkata Knight Riders - to make the playoffs. Losing Nehra, who has swung the new ball and picked up early wickets, will affect their first-choice XI.
A press release from the franchise said Nehra "sustained a significant hamstring tendon injury during the match against Kings XI Punjab on May 15.
"Ashish Nehra is now in consultation with a specialist orthopedic surgeon for the most appropriate course of treatment to ensure a successful return to competitive cricket. Unfortunately he will play no further part in the ninth edition of the Indian Premier League for Sunrisers Hyderabad."
It is the second time he has broken down this season. Nehra had missed four matches with a groin strain that he picked up in early April. In terms of replacements, Sunrisers may opt for another left-arm quick Barinder Sran, who has picked up nine wickets from nine matches.
Read more