Open top menu
Saturday, July 2, 2016
बेल्जियमलाई पाखा लगाउँदै वेल्स युरो कपको अन्तिम चारमा

१८ असार / बेल्जियममाथी शानदार जित निकाल्दै वेल्स युरोकप २०१६ को अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बेल्जियमलाई ३–१ गोल अन्तरले हराउँदै  वेल्स अन्तिम चार प्रवेश गरेको हो।  


शुरुवाती अग्रता भने बेल्जियमले लिएको थियो । उसले पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । बेल्जियमका राड्जा नारिनगोलान्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल गरे । उनले हेडमार्फत शानदार गोल गरेका थिए । 




त्यसपछि दुवै टिमबाट थप गोल हुन नसकेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा वेल्सले उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियम माथी हाबी भयो। ५५ औं मिनेटमा हल रोब्सन कानुले र ८५ औं मिनेटमा साम भोक्सले गोल गरेसँगै उसले युरो २०१६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।


वेल्स १९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेपछि कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइन पुगेको यो पहिलो पटक हो । अब वेल्सले आगामी बिहीबार राति पौने एक बजे अन्तिम दुई प्रबेशका लागी  पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ ।
Read more
पोल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल युरोकपको सेमिफाइनलमा


१७ असार /  पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । उसले पोल्याण्डलाई  पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । यो सँगै पोर्चुगल युरोकपको सेमिफाइनलमा चौथो पटक पुगेको छ ।  

निर्धारित समय र अतिरिक्त समय सम्म दुवै टिमले १–१ को बराबरी खेलेपछि भएको  पेनाल्टी सुटआउटमा पोल्याण्ड चुक्यो । पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टीलाई पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले रोकेका थिए । पोर्चुगलका रिकार्डो करिज्माले विजयी पेनाल्टी प्रहार गरे ।

तर खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्डका लेवान्डोस्कीले दोश्रो मिनेटमै गोल गरेर पोल्यान्डलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा यो उनको पहिलो गोल थियो। पोर्चुगलविरुद्ध पोल्यान्डले युरो इतिहासकै दोस्रो छिटो गोल गरेको छ। युरो इतिहासकै सबैभन्दा छिटो गोल भने ६७ सेकेन्डमा ग्रिसविरुद्ध रसियाका डिमिट्री किर्चेन्कोले सन् २००४ मा गरेका थिए।    

खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै बराबरी गरेपछि पोल्याण्डले पहिलो हाफ सम्म बराबरी खेल्यो। त्यसपछि दोस्रो हाफमा पनि आफ्नो उत्कृष्ट खेललाई निरन्तरता दिएको उसले थप गोल भने गर्न सकेन् । पोर्चुगलका क्रिष्टिआनो रोनाल्डो सो खेलमा निक्कै फिका देखिएका थिए । 


अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्स मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टिम शुक्रबार आमने सामने हुनेछन् । 
Read more
Wednesday, June 29, 2016
जोकोभिच र फेडेरर तेस्रो चरणमा


१६ असार, २०७३ विश्व नम्बर एक नोभाक जोकोभिच र रोजर फेडेरर, बर्षको तेस्रो ग्राण्डस्लाम ओपन टेनिस प्रतियोगिता विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

फ्रान्सका एड्रिएन मान्नारिनोलाई ६–४, ६–३ र ७–६ ले पराजित गर्दै सर्बियाली जोकोभिचले अघिल्लो चरणमा आफ्नो स्थान पक्का गरेका हुन् । यस्तै गएराती नै भएको अर्को खेलमा तेस्रो बरियाता प्राप्त स्वीट्जरल्याण्डका फेडेररले बेलायती मार्कस विल्सलाई ६–०, ६–३ र ६–४ ले पराजित गरे । 

त्यस्तै पुरुष एकल तर्फका अन्य खेलमा चेकरिपब्लिकका थोमस बर्डिच, अष्ट्रियाका डोमिनिक थिम, अष्ट्रेलियाका बर्ननार्ड टोमिक, जर्मनी अलेक्जेण्डर भेरेभ पनि आ–आफ्नो खेलमा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।


सोहि प्रतियोगिताको महिला एकल तर्फ तेस्रो बरियाताकी पोल्याण्डकी एग्निएस्का राडवान्स्काले युक्रेनकी काटेरिना कोज्लोभालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाईन् । अन्य खेलमा स्विजरल्याण्डकी बेलिन्दा बेन्किक, चेकरिपब्लिककी पेट्रा भिटोभा, बेलायती जनाथन कोन्टा, रसियन अनास्तासिया पाब्लुचेन्को र क्यानाडाकी ईग्युईन बोउचार्डले पनि आ–आफ्नो खेल जित्दै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।  
Read more
मेसीद्धारा अन्तराष्ट्रिय फुट्बलबाट सन्यासको घोषणा


१३ असार / कोपा अमेरिका कप फुट्बलको फाइनलमा टाइब्रेकरमा आफ्नो पेनाल्टी बाहिरीए सँगै अर्जेन्टिनाका कप्तान तथा स्टार लियोनल मेसीले अन्तराष्ट्रिय फुट्बल बाट सन्यासको घोषणा गरेका छन् ।

 निर्धारीत र अतिरीक्त समय सम्म गोल रहित बराबरी भएपछि भएको टाइब्रेकरको पहिलो प्रहारमै मेसी चुकेका थिए । चिलीका आरटुरो भिडालको प्रहार अर्जेन्टायन गोलकिपरले उत्कृष्ट ढंगबाट बचावट गरेपनि मेसीको पहिलो प्रहार नै दाँया साइडको माथिल्लो पोल बार बाट बाहिरीएको थियो ।

 लगातार तीन पटक फाइनलमा पुगेर पनि उपाधि दिलाउन नसकेका मेसी त्यसपछि दबाबमा रहेका थिए । त्यसपछि उनी पटक पटक रुएका थिए । चिलीको पनि पहिलो प्रहार विफल भएकोले उनको असफलता पछि पनि आसामै रहेपनि लुकास विग्लीयाको प्रहार चीलीका गोलकिपरले बचावट गरेसँगै अर्जेन्टिना निसाश भएको थियो । त्यहि कारण मेसीले आँफुले राष्ट्रको लागि धेरै गरेको र अब केहि गर्न नसक्ने भन्दै सन्यासको घोषणा गरेका थिए । 

 क्लब फुट्बलमा स्पेनिस क्लब बार्सिलोनाका लागि दर्जनौ उपाधि दिलाएका उनले आफ्नो देशका लागि उपाधी दिलाउन नसकेपछि सन्यास लिनुलाई कतिपयले स्वभाबिक नै भनेका छन् । गत बर्ष सम्पन्न विश्वकप फुट्बलको फाइनमा पनि आशा गरिएको उपाधी अन्तीम समयमा जर्मनीलाई सुम्पिएको अर्जेन्टिनाका लागि यो त्यसलाई मलम लगाउने रुपमा लिइएको थियो । 
Read more
कोपा अमेरिकाको उपाधि चिलीलाइ,अर्जेन्टिना टाइब्रेकरमा पराजित

१३ असार /   लगातार दोस्रो पटक अर्जेन्टिनालाई टाइब्रेकरमा पराजित गर्दै चिलीले कोपा अमेरिका कप फुट्बलको उपाधि जितेको छ । 


नेपाली समयअनुसार आज बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान तथा पाँच पटकका फिफा बर्ष खेलाडी लियोनल मेसी पेनान्टि प्रहारमा चुकेपछि अर्जेन्टिना पराजित भएको हो ।  र्निधारित र अतिरिक्त दुवै समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अर्जेन्टिनाका  कप्तान मेसीले प्रहार गरेको बल पोल बार भन्दा माथि बाट बाहिरीएको थियो । 


सुरुमा पेनाल्टी प्रहार गरेका चिलीका आर्टुरो भिडालको बल अर्जेन्टिनी गोल किपरले उत्कृष्ट ढंगले रोके पनि अर्जेन्टिनाको लागि पहिलो पेनाल्टी प्रहार गरेका मेसीको बल बाहिरीएपछि उ अग्रता लिनबाट चुकेको थियो । त्यसपछि दबाबमा रहेका अजेन्टिनी लुकास बिग्लियाको पेनाल्टी चिलीका गोल किपरले रोक्दा चिलीका गाटो सिल्भाले गोल गर्दै विजयी बनाए । 
Read more
Thursday, June 16, 2016
जिल्ला स्तरीय बुद्धिचाल शुरु


२ असार,दमक /  झापाको दमकमा आजबाट जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । जिल्ला बुद्धिचाल संघको आयोजना तथा डाइनामिक चेस एकेडेमीको प्राविधिक सहयोग रहेको प्रतियोगितामा जिल्लाका नाम चलेका सहित अनरेटेडको पनि सहभागिता रहेको छ । दमकको दमक नगरपालिकाको भवनमा भइरहेको प्रतियोगितामा जिल्लाका ३४ खेलाडीको सहभागिता रहेको छ । नेपाल बुद्धिचाल संघका केन्दि«य अध्यक्ष भुपेन्द्र निरौला (निरज) को प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगितामा प्रमुख अतिथी निरौला र जिल्लाका अध्यक्ष विजय सुब्बाले गोटी नालेर संयुक्त रुपमा उद्घाटन गरिएको थियो । सात राउण्ड सम्म चल्ने प्रतियोगिता चार गते सकिने छ । 

Read more
फ्रान्स युरो कपको अन्तिम १६ मा

२ असार / युरो कप फुटबल खेलमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ । समूह ए अन्तरगत बुधबार भएको खेलमा फ्रान्सले अल्बानियालाई २-० ले हराएको हो । 

खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मद्धतमा फ्रान्सले अल्बानियालाई २–० गोल अन्तरले हराउन सक्यो । 
लगातार दोस्रो जितसँगै आयोजक फ्रान्स अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ । खेलको ९० औँ मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेलमा अग्रता दिलाए । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर फ्रान्सका पयेटले गोल गरेपछि अल्बानिया २-० ले पछि पर्‍यो ।  
अल्बानियाले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन । फ्रान्सले पहिलो खेलमा रोमानियालाई हराएको थियो । अल्वानिया स्विट्जरल्याण्डसँग पराजित भएको थियो । 

Read more
Monday, June 13, 2016
झापा जिल्ला स्तरीय बुद्धिचाल हुने




३१ जेठ,दमक/ आगामी असार २ गते देखी झापाको दमकमा जिल्ला स्तरीय रेटिङ्ग बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जिल्ला बुद्धिचाल संघ झापाका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिता ४ गते सम्म चल्ने छ । सात राउण्ड सम्म चल्ने प्रतियोगिताका सबै खेल झापाको दमक नगरपालिकाको भवनमा संचालन हुने छन् । प्रतियोगितामा च्याम्पियन हुने खेलाडीले नगद पाँच हजार,ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने खेलाडीले नगद तीन हजार,ट्रफी र मेडल,तेस्रो हुने खेलाडीले नगद दुई हजार,ट्रफी र मेडल,चौथो र पाँचौ हुने खेलाडीले नगद पन्ध्र सय र मेडल तथा छैटौ देखी दशौं सम्मकाले नगद पाँच सय र मेडल प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा महिला प्रथम हुनेले नगद एक हजार,ट्रफी र मेडल,दोस्रो र तेस्रो हुनेले नगद पाँच सय र मेडल प्राप्त गर्ने छन् । उमेर समुहमा पनि प्रथम हुनेले पुरस्कार पाउने छन् । जस अन्तरगत बेष्ट अण्डर सिक्सटिन, बेष्ट अण्डर थर्टीन,बेष्ट अण्डर इलेभेन,बेष्ट भेट्रान र बेष्ट अनरेटेड रहेका छन् । उनीहरुले नगद पाँच सयसँगै मेडल प्राप्त गर्ने नेपाल च्याम्पियन तथा क्यान्डिडेट माष्टर भुपेन्द्र निरौला ( निरज ) ले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाउनका लागि असार एक गते सम्म सम्पर्क गर्न पनि जिल्ला बुद्धिचाल संघले झापाका सबै खेलाडीलाई अनुरोध गरेको छ । जिल्लामा उत्कृष्ट खेलाडी उत्पादनका लागी र बुद्धिचाल खेल प्रति विद्यार्थीहरुको लगाव बढाउन पनि यस प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए । 

Read more