Open top menu
Sunday, June 12, 2016
सनसाइन कपको उपाधी भण्डारीलाई


२९ जेठ,दमक /  मोरङ्गको उर्लाबारी – ६ मंगलबारेमा सम्पन्न दोस्रो सनसाइन कप अन्तर विद्यालय बुद्धिचालको उपाधी आयोजक सनसाइन बोर्डिङ्ग स्कुलका सक्षम भण्डारीले जितेका छन् ।

शनिबार सातौ तथा अन्तिम राउण्डमा झापा दमकको एभरेष्ट बोर्डिङ्गकी कृपा अधिकारीलाई चित ख्वाएसँगै उनले उपाधी हात पारेका हुन् । भण्डारीलाई कडा चुनौति दिएपनि क्विन पिनमा परेको नदेख्दा उनी पराजित भएकी थिइन् । पहिलो बोर्डमा ह्वाइटबाट खेलेका भण्डारीले अपराजित रहदै प्रतियोगितामा ६.५ अंक जोडे । पराजित अधिकारीको भने ५ अंक थियो । त्यस्तै प्रतियोगिताको दोस्रो भएकी आयोजककै खुसी मुखियाले दोस्रो बोर्डमा खेलेका आयोजककै आदेश दाहाललाई चित ख्वाएकी थिइन् । दाहालले बराबरी गर्न गरेको अफर अस्वीकार गरेकी उनले अन्ततः दाहाललाई घुँडा टेकाउँदै दोस्रो स्थान हासिल गरेकी हुन् । पराजित भएपनि दाहाल तेस्रो भए । मुखियाको ६ र दाहालको ५.५ अंक थियो ।

प्रतियोगितामा आयोजक सनसाइनका सैलेस दुलाल चौथो,झापा मोडल दमकका संदेश खड्का पाँचौ र समान ५.५ अंक नै भएपनि प्रोग्रेसिव प्वाइनटका आधारमा आयोजकका श्रृजन खड्का छैटौ भए । समान पाँच अंक जोडेका सुनगाभा उर्लाबारी मोरङ्गका दिपेन्द्र खनाल ,आयोजकका आषिस पाण्डे,एभरेष्ट दमकका प्रशान्त शाहा र आयोजकका सौरभ दुलाल क्रमशः सातौ देखि दशौं भए ।

गल्सतर्फको उपाधी भने झापा दमकको एभरेष्ट बोर्डिङ्गकी कृपा अधिकारीले जितिन् । उनले प्रतियोगितामा पाँच खेल जितेकी थिइन् । गल्सतर्फ आयोजककी आष्मा थापा हुँदा एभरेष्टकै खुस्बु थापा तेस्रो भइन् । खुस्बुले झापा मोडल दमकका प्रज्वल खतिवडासँग सातौ राउण्डमा बराबरी खेलेकी थिइन् । झापा मोडलकी स्मिता सुब्बा चौथो,झापा मोडलकै रिया कार्की पाँचौ,एभरेष्टकी अस्मिता दाहाल छैटौ र झापा मोडलकी निष्मा संकर सातौ भइन् । 

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथी समाजसेवी प्रेम प्रकाश कोइराला,समापन कार्यक्रमका सभापति तथा विद्यालयका निर्देशक सुरेन्द्र सुबेदी, झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय सुब्बा,सुनगाभा उमाविका विजय श्रेष्ठ,हिमचुलीका भवानी आचार्य,झापा मोडलका जय बहादुर श्रेष्ठ,राष्ट्रिय फुट्बल खेलाडी संजिब बुढाथोकी लगायतले नगद तथा ट्रफी प्रदान गरिएको थियो ।

कार्यक्रममा चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) र आरविटर तथा संचारकर्मी उत्तम रिजाल र मोरङ्गकी पहिलो महिला रेटेड खुसी मुखियालाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा झापा र मोरङ्गका ८ विद्यालयका ६२ विद्यार्थीको सहभागिता रहेको थियो ।


Read more
Saturday, June 11, 2016
आदेश र सक्षमको अग्रता





२८ जेठ,दमक/  मोरङ्गको उर्लाबारी –६ स्थित मंगलबारेमा जारी दोस्रो सनसाइन कप विद्यालय स्तरीय खुला बुद्धिचाल प्रतियोगितामा आदेश दाहाल र सक्षम भण्डारीले संयुक्त अग्रता कायम गरेका छन् । उनीहरुको ६ राउण्डको खेल सकिदा सम्म समान ५.५ अंक रहेको छ । दुबै आयोजक सनसाइन बोर्डिङ्ग स्कुलका खेलाडी हुन् ।

शुक्रबार सम्पन्न छैटौ राउण्डमा पहिलो बोर्डमा आमने सामने भएका उनीहरुले बराबरी खेलेसँगै संयुक्त अग्रता कायम गर्न सफल भएका हुन् ।

यसअघि चौथो राउण्डमा झापा दमकको एभरेष्ट बोर्डिङ्गका एन्जल शिवालाई पराजित गरेका आदेशले पाँचौ राउण्डमा आफ्नै स्कुलकी आष्मा थापालाई चित ख्वाएका थिए । भण्डारीले भने चौथो राउण्डमा सुनगाभाका दिपेन्द्र खनाल तथा पाँचौ राउण्डमा आफ्नै स्कुलकी खुसी मुखियालाई माथ दिए ।

प्रतियोगिताका एक मात्र रेटेड खेलाडी मुखिया माथिको जितले भण्डारीको उपाधि जित्ने सम्भावना पनि बढेको छ । यद्यपी निर्णय भने अन्तिम राउण्डको खेलले मात्र तय गर्ने भएको छ । शनिबार अन्तिम राउण्डमा भण्डारीले भापा दमकको एभरेष्टकी कृपा अधिकारीसँग पहिलोे बोर्डमा खेल्ने छन् । कृपाको ५ अंक रहेको छ । सो खेलमा भण्डारीले पराजय भोगे दोस्रो बोर्डमा ब्लाकबाट खेल्ने आदेशले खुसीमाथि जित निकाले दाहालले बाजी मार्ने छन् । मुखियाको ५ अंक रहेको छ । उनले छैटौ राउण्डमा दिपेन्द्र खनाललाई माथ दिएकि थिइन् । त्यस्तै छैटौ राउण्डमा जित हासिल गरेपछि झापा दमकको झापा मोडलका संदेश खड्काले पनि टप थ्रिको संभावना बढाएका छन् । उनले छैटौ राउण्डमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका आयोजकका समिर खड्कालाई पाखा लगाएका थिए ।

त्यस्तै आयोजकका सैलेश दुलालले दमककै एभरेष्टका प्रशान्त शाहालाई पराजित गर्दै ५ अंक बनाएका छन् । उनले अन्तिम राउण्डमा जित निकाले टप थ्रीको यात्रा तय गर्ने छन् । पछिल्लो क्रममा उत्कृष्ट पुनरागमन गरेकी आयोजककै आष्मा थापाले पनि छैटौ जितसँगै छात्रा तर्फको उपाधी सम्भावना बलियो बनाएकी छन् । त्यस्तै दमककै एभरेष्टकी खुस्बु थापाले पनि छात्रा तर्फको टाइटलमा पर्ने सम्भावना बढाएकी छिन् । उनले छैटौ राउण्डमा आफ्नै स्कुलका मिसन दाहाललाई पाखा लगाएकी थिइन् ।

अन्य खेलमा प्रज्वल खतिवडाले ओत्सव अधिकारीलाई,डिचेन लिम्बुले प्रेम बराललाई,बिशाल भण्डारीले सुरेन सुब्बालाई,सिद्धार्थ राईले सुशान्त भण्डारीलाई, कबी ग्याबाले मौसम धिमाललाई,सौरभ दुलालले एन्जल शिवालाई र रोजन ढुङ्गानाले संदिप राईलराई पराजित गर्दै थप एक अंक जोडेका छन् । यिनीहरु सबैको समान ४ अंक रहेको छ । आयोजकका श्रृजन खड्का र आष्मा थापाको समान ४.५ अंक रहेको छ ।

सातौ तथा अन्तिम राउण्डमा यि दुई खेलाडी चौथो बोर्डमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा झापा र मोरङ्गका गरि ८ विद्यालयका ६२ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अन्तिम राउण्ड विहान दश बजेबाट शुरुहुने चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) ले जानकारी दिए । सनसाइनले अघिल्लो बर्ष देखी प्रत्येक बर्ष विद्यालय स्तरीय खुला बुद्धिचाल प्रतियोगिता गर्ने जनाएको थियो ।

Read more
Thursday, June 9, 2016
दोस्रो सनसाइन कप शुरु,छ खेलाडी अगाडी




२७ जेठ,उर्लाबारी/  मोरङ्गको उर्लाबारी–६ मंगलबारेमा दोस्रो सनसाइन कप
अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । आयोजक सनसाइन
बोर्डिङ्ग स्कुलमा बिहीबारबाट शुरु प्रतियोगितामा ६ खेलाडी समान तीन अंका
साथ अगाडी रहेका छन् । बिहीबार भएका तीनै राउण्डका खेलमा जित हातपार्दै
आयोजक सनसाइनकी १५ सय ३१ रेटेड खुसी मुखिया,आयोजककै सैलेस दुलाल,सक्षम भण्डारी र आदेश दाहाल तथा सुनगाभाका दिपेन्द्र खनाल र एभरेष्ट
बोर्डिङ्गका एन्जल शिवा टप थ्रि बोर्डमा पर्न सफल भएका छन् । पहिलो राउण्ड देखी नै पहिलो बोर्डमा खेलेकी खुसी लगातार पहिलो बोर्डमै रहेर खेल्न सफल भएकी छन् । पहिलो राउण्डमा सुनगाभा इङ्गलिस स्कुलकी मुविहाङ्गमा वनेम फागोलाई चित ख्वाएकी उनले दोस्रो राउण्डमा आफ्नै
स्कुलका कुस कार्की र तेस्रो राउण्डमा बालबिक्रम कार्कीलाई पाखा लगाएकी थिइन् । उनी प्रतियोगिताकै एक मात्र रेटेड खलाडी हुन् । उनले जेठ ११ गते इलाममा सम्पन्न चौथो राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताबा रेटिङ्ग प्राप्त गरेकी थिइन् । 
उनी मोरङ्ग जिल्लाकै रेटिङ्ग प्राप्त गर्ने पहिलो महिला खेलाडी समेत हुन् । त्यस्तै प्रतियोगिताका उपाधी दाबेदार मानिएका आदेश दाहालले तेस्रो राउण्डमा आफ्नै स्कुलका आशिष पाण्डेलाई पराजित गरे ।

सैलेसले प्रज्वल बस्नेत माथि जित हासिल गर्दा सक्षम भण्डारीले झापा मोडल दमकका डिचेन लिम्बुलाई चित ख्वाए । दमककै एभरेष्ट बोर्डिङ्गका एन्जल शिवाले भने रोजन ढुङ्गानामाथी अप्रत्यासित जित निकाले । अन्य खेलमा एभरेष्टकी क्रिपा अधिकारीले सनसाइनकी आष्मा थापासँग बराबरी खेल्दा प्रज्वल खतिवडाले नविन आचार्यलाई,कोशल अग्रवालले पायल राईलाई,खेमदुहाङ्ग लिम्बुले प्रेम बराललाई,बिशाल भण्डारीले रोसहाङ्ग लिम्बुलाई,मिसन दाहालले कृष्ण संग्रौलालाई,सौरभ दुलालले सौरभ सिटौलालाई , सुरेन सुब्बाले कवी ग्यावालाई,श्रृजन खड्काले विशाल ढुङ्गानालाई र समिर खड्काले रुजल कार्कीलाई पराजित गर्दै थप एक अंक जोडेर उपाधि होडलाई कायमै राखेका छन् ।

उनीहरुको दुई अंक रहेको छ । शुक्रबार पनि तीन राउण्डका खेल हुने चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला ९निरज० ले जानकारी दिएका छन् । प्रतियोगितामा झापा र मोरङ्गका आठ विद्यालयका ६२ विद्यार्थीको सहभागिता रहेको छ ।
Read more
Tuesday, June 7, 2016
अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने

२५ जेठ,विराटनगर/ मोरङ्गको विराटनगरमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि २७ गतेबाट शुरुहुने मोरङ्ग जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय कुमार थापाले जानकारी दिनुभएको छ । 

२९ गते सम्म संचालन हुने सो प्रतियोगितामा प्रत्येक विद्यालयका चार छात्र र चार छात्रा गरी जिल्लाका ८० जनाको सहभागिता हुने अध्यक्ष थापाले जानकारी दिनु भयो । प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट चार छात्र र चार छात्रालाई जिल्ला बुद्धिचाल संघले दोस्रो चरणमा आयोजना गर्ने FIDE ROUND ROBIN CHESS TOURNAMENT मा सोझै सहभागी गराउने छ । आगामी असार महिना भित्रै छनौटमा परेका खेलाडी लगायत स्थानिय खेलाडीहरुलाई समावेश गराई FIDE ROUND ROBIN CHESS TOURNAMENT गराउने पनि थापाले वताउनु भयो । आगामी दिनहरुमा विद्यार्थी लगायत स्थानिय खेलाडीहरुलाई यसै प्रकृया द्वारा प्रतियोगितामा सहभागी गराई जिल्लामा उत्कृष्ट FIDE RATED PLAYER   उत्पादन गरी SECONDARY SCHOOL LEVEL DISTRICT FIDE RATING CHESS TOURNAMENT तथा DISTRICT LEVEL OPEN FIDE RATING CHESS TOURNAMENT को आयोजना गर्ने पनि वहाले वताउनु भयो ।

 मोरङ जिल्लाका खेलाडीहरुलाई अझै सशक्त वनाउनका लागि प्रशिक्षण कार्यक्रमहरु समेत ल्याउने वहाले वताउनु भयो । प्रतियोगिता मोरङ जिल्ला खेलकुद विकास समिति, विराटनगरको कभर्ड हलमा हुनेछ ।
Read more
Monday, May 23, 2016
काठमाण्डौंको दब्दबा सकियो,झापाका भुपेन्द्र नेपाल च्याम्पियन



१० जेठ,इलाम/  बुद्धिचालमा काठमाण्डौंको एकल दब्दबा सकिएको छ । इलाममा जारी १९ औं राष्ट्रिय प्रतियोगिताको सोमबार आठौ राउण्डको खेल सकिएसँगै झापा दमकका भुपेन्द्र निरौला (निरज) एक खेल अगावै नेपाल च्याम्पियन भएपछि काठमाण्डौंको एकल दब्दबा समाप्त भएको हो । अहिले सम्म राजधानी बाहिरका कोहिपनि नेपाल च्याम्पियन बनेका थिएनन् । उनको ७ अंक रहेको छ । उनलाई पच्छ्याइ रहेका ओलम्पियाड ललितपुरे सजिन महर्जन पुर्व नेपाल च्याम्पियन क्यान्डिडेट माष्टर केशब श्रेष्ठसँग चित खाएपछि भुपेन्द्र एक खेल अगावै नेपाल च्याम्पियन बन्न सफल भएका हुन् । यससँगै आगामी ओलम्पियाडका लागि छनोट हुनेपनि उनी पहिलो खेलाडी भएका छन् । पहिलो बोर्डमा खेलेका भुपेन्द्रले भने आठौं राउण्डमा क्षितिज भण्डारीसँग अंक बाडेका थिए । यद्यपी उनले खेलमा एक अंकको स्पष्ट अग्रता लिएका थिए । भण्डारीको ५.५ अंक रहेको छ ।

 दोस्रो बोर्डमा पराजय भोगेका महर्जनको पनि पराजयको बाबजुद ५.५ अंक नै रहेको छ । महर्जनले श्रेष्ठलाई पराजित गरेको भए खेलको निणर्य नौं औं तथा अन्तिम राउण्डबाट मात्र आउने थियो । झापा दमककै प्रकाश नेपाल फिडे माष्टर मनिष हमाललाई बराबरीमा रोक्न सफल भए । उनले तेस्रो बोर्डमा खेलेका थिए । बराबरीपछि प्रकाश र मनिषको समान ५ अंक भएको छ । त्यस्तै चौथो बोर्डमा खेलेका फिडे माष्टर विलमलाल श्रेष्ठ र पुरुषोत्तम चौलागाईले पनि बराबरी खेलेका छन् । क्यान्डिडेट माष्टर रिजेन्द्र राजभण्डारी भने हिमाल लामासँग पराजित भए । जित हासिल गरेका लामाको ५.५ अंक भएको छ । यो सँगै अजरबैजानमा हुने आगामी ओलम्पियाडमा सहभागि हुने बाँकी चार खेलाडीको टुङगो अन्तिम राउण्डबाट मात्र लाग्ने भएको छ । अन्तिम राउण्डका टप ५ बोर्डमा रहने खेलाडी गर या मरको अवस्था रहने छन् । उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा पुर्व च्याम्पियन विना जैसवाल पराजित हुदै ओलम्पियाडका लागि छनोट हुने सम्भाबनाबाट टाढा भएकी छन् । उनको चार अंक मात्र रहेको छ । शिर्ष स्थानमा  रहेकी सिन्दीरा जोशीको ६.५,दोस्रो स्थानमा रहेकी मोनालिसा खम्बुको ६,तेस्रो स्थानमा रहेकी शान्ता थापाको ६,चौथा स्थानमा रहेकी सुजना लोहनीको ५.५ पाँचौ स्थानमा रहेकी संगिता जैसवालको र छैटौ स्थानमा रहेकी विसेखा जैसवालको समान ४.५ अंक रहेको छ । त्यस्तै सुरुचि थिङको ४ अंक रहेको छ । अन्तिम राउण्ड मंलबार विहान ७ बजेबाट शुरुहुनेछ ।

Read more
हिमाल लामालाई पराजित गरेसँगै झापाका भुपेन्द्र निरौला उपाधि नजिक


१० जेठ,इलाम/  ईलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला (निरज) उपाधि नजिक पुगेका छन् । आज चौथो दिनको पहिलो राउण्डको खेलमा हिमाल लामालाई पराजित गरेपछि उनि उपाधी नजिक पुगेका हुन् । लामाले ३१ औं चालमा गरेको ड्र अफरलाई ठाडै अस्विकार गरेका उनले ८५ औं चालमा लामालाई हार स्विकार्न बाध्य बनाएका थिए । जितसँगै भुपेन्द्रको ६.५ अंक भएको छ । पराजित हिमलको भने ४.५ अंक रहेको छ ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेका ओलम्पियाड सजिन महर्जनले पुरुषोत्तम चौलागाईलाई पराजित गरेका छन् । महर्जनको ५.५ अंक पुगेको छ । त्यस्तै पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाई क्षितिज भण्डारीले पाखा लगाए । जितसँगै उनको ५ अंक भएको छ । तेस्रो बोर्डमा खेलेका फिडे माष्टर मनिष हमाल र क्यान्डिडेट माष्टर केशब श्रेष्ठले बराबरी खेल्दा झापा दमककै प्रकाश नेपालले रबिन्द्र शाक्यलाई चित ख्वाए ।

प्रतियोगितामा यि तीनै जनाको समान ४.५ अंक रहेको छ । अन्य खेलमा फिडे माष्टर बिलमलाल श्रेष्ठ,विजय डंगोल,क्यान्डिडेट माष्टर प्रचण्डमान मालाकार र बाबुराजा महर्जनले आ–आफ्नो खेलमा जित निकाल्दै थप एक÷एक अंक बटुलेका छन् । उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा सातौ राउण्डको बराबरीसँगै सिन्दीरा जोशी आफ्नो अग्रतालाई कायमै राख्न सफल भएकी छन् । उनको ५.५ अंक रहेको छ । उनले पहिलो बोर्डमा सुजना लोहनीसँग बराबरी खेलेकी हुन् ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेकी शान्ता थापाले मोनालिसा खम्बुसँग बराबरी गर्न सफल भइन् । खम्बु,लोहनी र थापाको समान ४.५ अंक रहेको छ । उनीहरुलाई अनिसा न्यौपाने,अस्मिता अधिकारी,विनिता कपाली र विना जैसवालले पच्छ्याइ रहेका छन् । 

Read more
भुपेन्द्रको अग्रता कायमै


९ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल
प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला (निरज)को अग्रता कायमै रहेको छ । आइतबार दोस्रो राउण्डमा पहिलो बोर्डमा ब्लाकबाट खेलेका उनले पुरुषोत्तम चौलागाईसँग बराबरी खेलेपनि एक अंकको अग्रता कायमै रहेको छ । उनको ५.५ अंक रहेको छ । पहिलो राउण्डमा ओलम्पियाड सजिन महर्जनलाई माथ दिएका निरौलाले चौलागाईसँग भने आशातित प्रदर्शन गर्न सकेनन् । चौलागाईले निरौलालाई कडा चुनौति दिएका थिए । निरौलासँग बराबरी खेलेका  चौलागाई र हिमाल लामाको ,तथा सजिन महर्जनको समान ४.५ अंक रहेको छ ।

 दोस्रो राउण्डमा तेस्रो बोर्डमा खेलेका महर्जनले रिजेन्द्र राजभण्डारीलाई पराजित गरेका हुन् । तीनै जनाले निरौलालाई पच्छ्याइ रहेका छन् । दोस्रो बोर्डमा खेलेका लामाले पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाइ पराजित गरेका थिए । पराजय भोगे पनि तण्डुकारको ४ अंक रहेको छ । उनीसँगै फिडे माष्टर मनिष हमाल र राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितिज भण्डारीको पनि ४ अंक रहेको छ । त्यस्तै फिडे माष्टर बिलमलाल श्रेष्ठ र सुमित पन्त समान ३.५ अंकका साथ उनीहरुलाई पच्छ्याइ रहेका छन् । यता अर्का फिडे माष्टर सुजेन्द्र प्रसाद श्रेष्ठ भने झापा दमककै प्रकाश नेपालसँग चित खाएका छन् । यो सँगै एकल अग्रता कायम गरेका भुपेन्द्र माथी च्याम्पियन बन्नका लागि बाँकी तीन खेलमा कम्तिमा एक जित र एक बराबरी गर्नु पर्ने छ । 

प्रतियोगितामा आश गरिएका खेलाडी गणेशमान दुवाल,प्रचण्डमान मालाकार र जनार्दन श्रेष्ठ भने सोचे अनुसारको खेल देखाउन सकेका छैनन् । उता चौथो महिला राष्ट्रिय बुद्धिचालमा भने पुर्व नेपाल चयाम्पियन विना जैसवाल अन रेटेड सुजना लोहनीसँग स्तब्ध भएसँगै यस बर्ष पनि च्याम्पियन बन्ने उनको सपना अधुरै हुने भएको छ । उनको ३ अंक छ भने लोहनीको ४ तथा शिर्ष स्थानमा रहेकी सिन्दिरा जोशीको ५ तथा मोनालिसा खम्बु र शान्ता थापाको समान ४.५ अंक रहेको छ । 

 त्यस्तै संगिता जैसवालको ३.५ तथा विनिता जैसवाल,सुरुचि थिङ र अभा पुडासैनिको समान ३ अंक रहेको छ । पुरुष तथा महिला तर्फ अन्तिम पाँचमा रहने खेलाडी अजरबैजानमा हुने ओलम्पियाडका लागि छनोट हुनेछन् । प्रतियोगिता शिवानी एयरको मुख्य प्रायोजन तथा नेपाल निर्माण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह–प्रायोजनमा भइरहेको छ । होटल समिटको हलमा भइरहेको प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन् । 

Read more
Saturday, May 21, 2016
नेपाल च्याम्पियनलाई हराएसँगै भुपेन्द्रको एकल अग्रता



८ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला निरजले एकल अग्रता कायम गरेका छन् । शनिबार दोस्रो दिनको खेल सकिदा सम्म उनले लगातार जित निकाल्दै चार अंक सहित एकल अग्रता कायम गरेका हुन् । 

पहिलो बोर्डमा ब्लाक बाट खेल खेलेका उनले नेपाल च्याम्पियन केशब श्रेष्ठलाई ६३ मुभमा हार स्विकार्न बाध्य बनाएका थिए । पराजित श्रेष्ठलाई पुरै समय सम्म कडा चुनौति दिएका उनको यो अग्रतासँगै च्याम्पियनको सम्भाबना झन बढेको छ । यसअघि शनिबार नै  तेस्रो बोर्डमा खेलेका निरौलाले १८ सय ८५ रेटेड कमल श्रेष्ठलाई घुँडा टेकाएका थिए ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेका बिलमलाल श्रेष्ठ र फिडे माष्टर मनिष हमालले बराबरीमै चित्त बुझाए । तेस्रो बोर्डमा खेलेका सजिन महर्जनले क्षितिज भण्डारीलाई पाखा लगाउँदा चौथो बोर्डमा खेलेका हिमाल लामाले पनि जित निकाले । उनले कमल श्रेष्ठ विरुद्ध सहज जित हात पारेका थिए । त्यस्तै पाँचौ बोर्डमा खेलेका पुरुषोत्तम चौलागाईले बाबुराजा महर्जनलाई चित ख्वुवाउँदा पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारले अबिरल राईलाई पाखा लगाए । अन्य खेलमा सुजेन्द्र प्रसाद श्रेष्ठले विकाश कुलुजुलाई,जनार्दन श्रेष्ठले मदन रायामाझीलाई,रविन्द्र शाक्यले विजय जातिलाई,प्रचण्डमान मालाकारले रुद्र खनियालाई,विक्रम जातिले दिपक महर्जनलाई   पराजित गरेका छन् । प्रतियोगितामा सजिन महर्जन ३.५ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । छ खेलाडी तीन अंकका साथ उपाधी होडमा कायमै रहेका छन् ।

 उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा अस्मिता अधिकारी र मोनालिसा खुम्बु समान ३.५ अंकका साथ अग्र स्थानमा रहेका छन् । यस अघि अपराजित रहदै शिर्ष स्थानमा रहेकी सिन्दीरा जोशी अस्मितासँगको पराजयसँगै ३ अंकका साथ दोस्रो स्थानमा झरेकी छन् । उनीसँगै सुरुची थिङपनि बिसेखा जैसवाललाई पराजित गर्दै ३ अंक बनाउँन सफल भएकी छन् । त्यस्तै शनिबार सम्पन्न अन्य खेलमा संगिता जैसवाल,शान्ता थापा,अन्जु शाहा र पुनम प्रसाइले आ–आफ्नो खेलमा जित हातपार्दै थप एक अंक बटुलेका छन् । आइतबार पनि दुई खेल हुनेछन् । 

Read more